Sajhamanch Archive

होली खेल्नेक्रममा एसिडले छ्याप्दा तीन बालक घाइते

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on होली खेल्नेक्रममा एसिडले छ्याप्दा तीन बालक घाइते.

काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना बालक घाइते भएका छन्। आइतबार दिउँसो शंखरापुर नगरपालिका १ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी अशोक सिंहले जानकारी दिए। घाइते हुनेमा ९, ११ र १६ वर्षका बालक छन्। प्रहरीले घटनामा संलग्न भएको […]

भारतमा ६८ हजारभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिए

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा ६८ हजारभन्दा बढी कोरोना संक्रमित एकैदिन भेटिए.

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन ६८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा ६८ हजार २० नयाँ संक्रमित भेटिएका हुन् । भारतमा गत अक्टोबरयता एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा २९१ जनाको कोरोना संक्रमणको कारण मृत्यु […]

त्रिदेशीय फुटबल हेर्न प्रधानमन्त्री रंगशाला जाने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on त्रिदेशीय फुटबल हेर्न प्रधानमन्त्री रंगशाला जाने.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली घरेलु मैदानमा जारी त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल हेर्न जाने भएका छन् । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री फाइनल खेल हेर्न त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जाने बताएका छन् । प्रधानमन्त्री ओली साँझ ५ः३० बजे रंगशाला जाने कार्यक्रम रहेको उनले बताए । त्रिदेशीय फुटबल अन्तर्गत आज सोमबार नेपाल र बंगलादेशबीच फाइनल […]

इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on इङ्ग्ल्याण्डसँगको तेस्रो एक दिवसीय क्रिकेटको उपाधि भारतलाई.

काठमाडौं । इङ्ग्ल्याण्डसँगको तीन खेलको एक दिवसीय श्रृङ्खला भारतले जितेको छ । घरेलु मैदान पुनेमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ७ रनले पराजित गर्दै श्रृङ्खला जितेको हो। भारतले दिएको ३ सय ३० रनको लक्ष्य पछ्याएको इङ्ग्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय २२ रन मात्र बनाउन सक्यो । यसअघि भारतले निर्धारित ओभरको १० बल बाँकी […]

Air pollution deadly in the morning and evening hours

Published: (Updated: ) in English by . Leave a Comment on Air pollution deadly in the morning and evening hours.

KATHMANDU : Air pollution levels have surged to dangerous levels in  Kathmandu and other parts of the country. The pollution levels are especially fatal in the morning and evening hours. Air remains on the ground during morning and evening hours. During the day, it rises up due to which the effects of air pollution are […]

झापामा ५५३ हात्तीपाइले रोगका बिरामी

Published: in स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ५५३ हात्तीपाइले रोगका बिरामी.

झापा । जिल्लामा अझै पनि ५५३ हात्तीपाइले रोगका बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी झापा गाउँपालिकाको कुमरखोदमा ३२ जना हात्तीपाइले रोगका बिरामी छन् । हात्तीपाइले रोग निवारण कार्यक्रमका फोकल पर्सन जीवन चौलागाईँले गत वर्ष गरिएको सर्वेक्षणको तथ्याङ्कअनुसार खट्टा सुन्निएका ७२, हाइड्रोसिल भएका ३७२, हात र स्तन सुन्निएका […]

कोरोनाविरुद्धको खोप चीनबाट आइपुग्यो

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाविरुद्धको खोप चीनबाट आइपुग्यो.

काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सोमबार बिहान काठमाडौं आइपुगेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सको वाइडबडी ३३० जहाजबाट कोरोनाविरुद्धको खोप काठमाडौं ल्याइएको हो । त्रिभुवन विमानस्थल परिसरमै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप हस्तान्तरण गरिन् । नेपाल एयरलाइन्सको जहाज खोप लिन […]

८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on ८ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक.

काठमाण्डौ । ८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नेपाल राष्ट्र बैंकले आज बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोलको प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको हो । बैंकका अनुसार २८ दिने अवधिका लागि झण्डै पाँच अर्बको ट्रेजरी बिल बिक्री गर्न लागिएको छ । यो बिल आउँदो वैशाख १४ गते परिपक्व हुनेछ । […]

भारतमा २४ घण्टामा २९५ जनाको मृत्यु, ६८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा २४ घण्टामा २९५ जनाको मृत्यु, ६८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण.

झापा । भारतमा कोरोना भाइरसको सङ्क्रमण संख्या थप बढ्दै गएको छ । गएको २४ घण्टामा ६८ हजारभन्दा धेरै नयाँ सङ्क्रमित थपिएका छन् भने यही अवधिमा २९५ जनाको ज्यान गएको छ । भारतमा ५ लाख २३ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । होलीका कारण त्यहाँ कोरोनाको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ । सम्भावित […]

होली खेल्ने क्रममा झगडा हुँदा, दुई जनाको मृत्यु

Published: (Updated: ) in समाज by . Leave a Comment on होली खेल्ने क्रममा झगडा हुँदा, दुई जनाको मृत्यु.

बाग्लुङ । फागु (होली) खेल्ने क्रममा विवाद बढ्दै गएपछि भएको झगडामा बाग्लुङमा दुई युवकको मृत्यु गएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो फागु खेल्ने क्रममा दुई समूहबीच झगडा भएको बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिए। घटनामा बाग्लुङको निसीखोला गाउँपालिका ७ का प्रकाश कुँवर र दीपक दमाईको ज्यान गएको […]