Sajhamanch Archive

थाइल्याण्डमा हट्यो आपतकाल, राजीनामा दिन प्रधानमन्त्रीलाई तीन दिने अल्टिमेटम

Published: in विश्व समाचार by . Leave a Comment on थाइल्याण्डमा हट्यो आपतकाल, राजीनामा दिन प्रधानमन्त्रीलाई तीन दिने अल्टिमेटम.

एजेन्सी । थाइल्याण्डमा एक साताअघि लगाइएको आपतकाल हटाइएको छ । प्रधानमन्त्री र शासन व्यवस्थाको विरोध गर्दै तीन महिनादेखि जारी आन्दोलन नियन्त्रणको लागि सरकारले आपतकाल लगाउने निर्णय गरेको थियो । यद्यपि थाइल्याण्डमा आन्दोलन भने रोकिएन । बढ्दो हिंसात्मक अवस्थालाई ध्यानमा राख्दै आपतकाल हटाउने निर्णय भएको सरकारले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । थाइल्याण्डले मुलुकमा आपतकाल घोषणा […]

जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on जनता अभिभावकविहीन बनेको पीडाबोध हुँदैछ : पूर्वराजा शाह.

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ भन्ने आम […]

आईपीएल : हैदराबादको सानदार जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : हैदराबादको सानदार जित.

एजेन्सी । आईपीएलमा सनराइजर्स हैदरावादले राजस्थान रोयल्सलाई पराजित गरेको छ । बिहीबार राति भएको खेलमा हैदरावादले राजस्थानलाई ८ विकेटलले पराजित गरेको हो । राजस्थानले दिएको १५५ रनको सामन्य लक्ष्य पछ्याएको हैदरावादले १८.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै भेट्टाएको हो । हैदरावादको जितका लागि मनिस पाण्डेय र विजय शंकरले अर्धशतकीय पारी खेले । पाण्डेय र शंकरले […]

आज फूलपाती भित्र्याइँदै, दशैँकाे चहलपहल सुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज फूलपाती भित्र्याइँदै, दशैँकाे चहलपहल सुरु.

झापा । आज बडादशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार […]

शुक्रबारदेखि पाँच दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on शुक्रबारदेखि पाँच दिन कोभिड–१९ को प्रेस ब्रिफिङ नहुने.

काठमाडौं । भोलि (शुक्रबार) देखि पाँच दिन कोभिड–१९ को प्रेस बिफ्रिङ नहुने भएको छ । गएको चैतको दोस्रो हप्तादेखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्दै आएको नियमित प्रेस ब्रिफिङ दशैँ बिदा परेकाले भोलि ७ गतेदेखि ११ गतेसम्म प्रेस ब्रिफिङ रोकिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । कात्तिक १२ गतेदेखि थप परिष्कृत गरी मिडिया ब्रिफिङलाई […]

के नवरात्रमा सहवास गर्नु हुँदैन ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के नवरात्रमा सहवास गर्नु हुँदैन ?.

नवरात्रि एक संस्कृत शब्द हो, जसको अर्थ हुन्छ नौ रातहरूको समूह । हिन्दू धर्ममा मनाइने चाडपर्वहरूमध्ये सबैभन्दा पवित्र मानिने नवरात्रि वर्षमा चार पटक मनाउने प्रचलन थियो । तर अहिले केवल दुई पटकमात्रै सर्वसाधारणले मनाउने चलन छ । हिन्दू धर्मको मान्यता अनुसार यी दिनमा हरेक घरघरमा देवी दुर्गाको नाममा जप्ने गरिन्छ । अधिकांश महिलाले यस चाडमा […]

तीन देशमा राजदूत नियुक्त

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on तीन देशमा राजदूत नियुक्त.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्‍डारीले तीन देशका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिस र संसदीय सुनुवाई समितिको अनुमोदन गरेपछि राष्ट्रपति भण्डारीले बेल्जियम, पाकिस्तान र जर्मनीका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् । बेल्जियमका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीका लागि रामकाजी खड्का नियुक्त भएका हुन् ।

झापामा ६० जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ६० जनामा कोरोना.

झापा । झापामा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ८ महिला र ५२ पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा भद्रपुरमा ५ पुरुष, बिर्तामोडमा ३ महिला र १९ पुरुष गरी २२ जना,मेचीनगरमा १ महिला ८ पुरुष गरी ९ जना, अर्जुनधारामा २ महिला र ८ पुरुष गरी १० […]

रेडक्रस तदर्थ समितिको म्याद एक वर्ष थप

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on रेडक्रस तदर्थ समितिको म्याद एक वर्ष थप.

काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिको म्याद एक वर्ष थप गरेको छ । सरकारले १२ साउन २०७७ मा रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति विघटन गर्दै तदर्थ समिति बनाएको थियो । कोरोना भाइरसका कारण नयाँ कार्यसमितिको निर्वाचन गर्न नसकेको भन्दै मन्त्रिपरिषद्को पछिल्लो बैठकले एक वर्ष म्याद थपेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पर्वत गुरुङले जानकारी दिए […]

नोबेल अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on नोबेल अस्पतालको पीसीआर ल्याब दसैंमा पनि खुल्ला हुने, ५ घण्टामै रिपोर्ट.

विराटनगर । नोबेल शिक्षण अस्पतालको पीसीआर ल्याब दसैँमा पनि खुल्ला रहने भएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै दसैँ बिदामा पनि पीसीआर परीक्षण जारी राखिने नोबेल अस्पतालले जनाएको छ । कोरोनाको महामारी बढिरहेकाले नागरिकको आवश्यकता र सहजतालाई मध्यनजर गर्दै दसैँको अवधिमा पनि पीसीआर परीक्षण जारी राख्ने निर्णय भएको नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालले जानकारी दिए […]