Sajhamanch Archive

थप ३ हजार ९३ जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३ हजार ९३ जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८६१ जनाको परीक्षणमा ३०९३ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना […]

द लाखे ब्याण्डको मालश्री धुन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on द लाखे ब्याण्डको मालश्री धुन.

बडादशै सुरु भएसँगै दशैं धुनहरु गुञ्जन थालेका छन् । द लाखे ब्याण्डले पनि दशैंमा प्रचलित रहेको मालश्री धुनलाई आफ्नो ब्याण्डका सांगीतिक सदस्यमार्फत् प्रस्तुत गरेको छ । मालश्री धुनको फ्युजन ट्रयाक केही समय अघि नै ब्याण्डले तयार गरिसकेको थियो । परम्परागतरुपमै प्रचलन रहँदै आएको मालश्री धुनलाई ब्याण्डका प्रमुख नवरस श्रेष्ठले थोरै थपघट गरेका छन् । धुनको […]

बुद्धशान्तिका अध्यक्ष भुजेललाई कोरोना

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on बुद्धशान्तिका अध्यक्ष भुजेललाई कोरोना.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेललाई कोरोना संक्रमण पुष्टि भएको छ । छातीमा समस्या आएपछि उनी विराटनगरको नोवेल अस्पतालमा भर्ना भएका थिए । स्वाब परीक्षण गर्दा अध्यक्ष भुजेललाई कोरोना पोजेटिभ देखिएको बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले बताए । अध्यक्ष भुजेलको स्वास्थ्य अवस्था अहिले सामान्य छ । अध्यक्ष भुजेलसँग सम्पर्कमा आएका र बुद्धशान्तिमा […]

आईपीएल : चेन्नाईलाई राजस्थानले ७ विकेटले हरायो

Published: in खेलकुद by . Leave a Comment on आईपीएल : चेन्नाईलाई राजस्थानले ७ विकेटले हरायो.

एजेन्सी । आईपीएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नाई सुपर किंग्सलाई राजस्थान रोयल्सले ७ विकेटले हराएको छ । चेन्नाईले पेश गरेको १२६ रनको लक्ष्य राजस्थानले १८ औं ओभरमा ३ विकेट गुमाएर भेटायो । अबुधाबीमा सोमबार राति भएको खेलमा राजस्थानका लागि जोस बटलरले नटआउट ७० रन योगदान गरे । कप्तान स्टिभ स्मिथ पनि २६ रनमा नटआउट रहे […]

आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on आज दशैंको चौथो दिन कुष्माण्डा देवीको पूजा गरिँदै.

काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको लौकिक अर्थ कुभिण्डो हो । उष्ण हावापानीको […]

पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी

Published: in समाज by . Leave a Comment on पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी.

बुटवल । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा इन्धन खन्याउँदै गरेको ट्यांकरमा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा सोमबार राति पौने ८ बजे एक्कासी आगलागी भएको हो । आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार […]

झापामा स्वास्थ्यकर्मीसहित थप ४८ जनामा कोरोना

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा स्वास्थ्यकर्मीसहित थप ४८ जनामा कोरोना.

बिर्तामोड । झापामा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १९ महिला र २९ पुरुष रहेका छन् । भद्रपुरमा ६ महिला, ९ पुरुष, बिर्तामोडमा ६ महिला, ५ पुरुष, गौरादहमा ३ महिला, ३ पुरुष, मेचीनगरमा ३ महिला, ७ पुरुष थपिएका छन् । त्यस्तै, अर्जुनधारा, दमक, कमल र बुद्धशान्तिमा एक-एक पुरुष र झापा […]

सीडीओ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on सीडीओ र सुरक्षा प्रमुखलाई जिल्ला नछाड्न निर्देशन.

काठमाडौं । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवत जावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन […]

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भियतनाममा बाढीबाट ९० जनाको मृत्यु.

एजेन्सी । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको ज्यान गएको त्यहाँका प्राकृतिक प्रकोपको उद्धार सम्बन्धी अधिकारीहरुले जनाएका छन् । ती अधिकारीकाअनुसार भियतनाममा बाढीका कारण यहाँको जनजीवन कष्टकर बनेको छ । भारी वर्षासँगै आएको बाढी पहिरोबाट पछिल्लो एक हप्ताभित्र कम्तीमा ९० जनाको मृत्यु भइसकेको उनीहरुले बताएका […]

भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on भौतिक पूर्वाधार मन्त्री नेम्वाङलाई कोरोना.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री नेम्बाङले सोमबार आफ्नो कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । मन्त्री नेम्वाङले आफूसँग सम्पर्कमा रहेका सबै जनालाई आफ्नो स्वास्थ्यको ख्याल राख्न समेत अपिल गरेका छन् ।