Sajhamanch Archive

बाहुनडाँगीमा सर्पदंश उपचार सम्बन्धी प्रशिक्षण

Published: (Updated: ) in लोकप्रिय, समाज by . Leave a Comment on बाहुनडाँगीमा सर्पदंश उपचार सम्बन्धी प्रशिक्षण.

मेचीनगर । समुदायमा आधारित सर्पदंश सम्बन्धी एक दिने चेतनामुलक प्रशिक्षण आज बाहुनडाँगीमा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी बाहुनडाँगी उपशाखाको आयोजना तथा मेचीनगर नगरपालिका वडा नं.२ को सहयोगमा प्रशिक्षण सम्पन्न भएको हो । कोरोना महामारीका कारण न्यून उपस्थितिमा एक आपसको दुरी कायम गरी सम्पन्न गरिएको प्रशिक्षणमा स्थानीय २५ जनाको सहभागिता रहेको थियो । प्रशिक्षणमा […]

बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स

Published: (Updated: ) in अर्थतन्त्र by . Leave a Comment on बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स.

बिर्तामोड। रेडियो बिराटका सञ्चालक एवम् पत्रकार देबेन्द्र प्रसाईले दुईजना युवा व्यवसायीसँग मिलेर बिर्तामोडमा अमृतभोग स्वीट्स एन्ड स्न्याक्स नामक मिठाई पसल सञ्चालनमा ल्याएका छन् । पसलमा प्रसाईलाई साथ दिनेहरु मारवाडी युवा मञ्च बिर्तामोडका पूर्व अध्यक्ष दिपक मित्तल र पुराना मिठाई व्यवसायी राजु शर्मा पारिक रहेका छन् । बिर्तामोड नगरपालिका वडा नंं. ५ स्थित काँकरभिट्टा रोडमा राजमार्ग दक्षिणतिर […]

सांसद चापागाईँले नारी सञ्चार र सहीद प्रतिष्ठानलाई भत्ता रकम दिने घोषणा

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on सांसद चापागाईँले नारी सञ्चार र सहीद प्रतिष्ठानलाई भत्ता रकम दिने घोषणा.

बिर्तामोड । संघीय सांसद धर्मशिला चापागाईँले दशैं खर्चवापत सरकारबाट प्राप्त भत्ता झापाका दुई संस्थालाई प्रदान गर्ने घोषणा गरेकी छन् । सांसद चापागाईँले आज विज्ञप्ति निकालेर नारी सञ्चार गृह झापा र सहीद प्रतिष्ठान नेपाल बिर्तामोडलाई आधा–आधा रकम उपलब्ध गराउने जनाएकी हुन् । दशैं भत्ता बापतको रकम सबैले एक ठाउँमा जम्मा गर्नेमा एक मत हुन नसकेपछि सांसद […]

थप ३ हजार ७९० जनामा कोरोना

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३ हजार ७९० जनामा कोरोना.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ७१४ जनाको परीक्षणमा ३७९० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना […]

मेचीनगर १२ ले बाँड्यो वडावासीलाई बिउबिजन र एकल महिलालाई झुल

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मेचीनगर १२ ले बाँड्यो वडावासीलाई बिउबिजन र एकल महिलालाई झुल.

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नं.१२ ले एकल महिलालाई झुल र वडावासीलाई बिउबिजन वितरण गरेको छ । वडा कार्यालयको बजेटमार्फत २०० जना एकल महिलालाई झुल तथा २ हजार कृषकलाई तरकारीका बिउबिजन वितरण गरेको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारणले सबै वडावासीलाई वडामा बोलाएर बाँढ्दा जोखिम हुने भएकाले टोल सुधार समितिमार्फत झुल […]

‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता पाउने नेता ?’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘बिरामीको दिसा–पिसाब सोहोर्ने हामी, अनि भत्ता पाउने नेता ?’.

सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने भनेर ३ चैतमा गरेको निर्णय देशको जेठो अस्पताल वीरमा समेत लागू नभएपछि स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । कोभिड– १९ को उपचार तथा रोकथाममा खटिने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन ३ चैतमा सरकारले निर्णय गरेको थियो । […]

नवरात्रिको तेश्रो दिन, माता भगवती चन्द्रघण्टाको पूजा गरिँदै

Published: (Updated: ) in समाज by . Leave a Comment on नवरात्रिको तेश्रो दिन, माता भगवती चन्द्रघण्टाको पूजा गरिँदै.

झापा । हिन्दूहरुको महान पर्व बडादशैं अन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरि मनाइदैछ । देबी मन्दिरहरुमा पुजा गर्नेहरुको बिहानै देखि भीड लाग्ने गरेको भएतापनी कोरोनाको कारण  मन्दिरहरू सुनसान देखिन्छन् । आजको दिन चन्द्र घण्टाको पुजागर्दा सुख प्राप्ती तथा बृत्ति बिकास हुने मान्यता रहि आएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य […]

दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबको जित

Published: in खेलकुद by . Leave a Comment on दुई पटकसम्म सुपर ओभर, अन्ततः पन्जाबको जित.

एजेन्सी । यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा मुम्बईलाई हराउँदै जित हासिल गरेको छ । आइतबार भएको खेलमा पन्जाबले मुम्बईलाई दोस्रो सुपर ओभरमा पराजित गरको हो । पहिलो सुपर ओभर बराबरी भएपछि खेल दोस्रो सुपर ओभरमा पुगेको थियो । दोस्रो सुपर ओभरमा मुम्बईद्धारा १२ रनको […]

मेचीनगरमा श्रीमानद्वारा श्रीमतीको हत्या

Published: (Updated: ) in समाज by . Leave a Comment on मेचीनगरमा श्रीमानद्वारा श्रीमतीको हत्या.

झापा । झापाको मेचीनगरमा गएराति श्रीमान्ले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका वडा नं.३ का ३४ वर्षीय पर्वत राईले २७ वर्षीया श्रीमती संगीता राईको हत्या गरेको वडाध्यक्ष हर्कबहादुर बस्नेतले जानकारी दिए । श्रीमान्–श्रीमतीबीच घरायसी विषयमा विवाद हुँदा आवेशमा राईले श्रीमतीलाई ढुङ्गा प्रहार गरी हत्या गरेको वडाध्यक्ष बस्नेतले बताए ।

गाउँपालिका अध्यक्ष भूजेललाई बिर्तासिटीबाट नोबेल रेफर

Published: (Updated: ) in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on गाउँपालिका अध्यक्ष भूजेललाई बिर्तासिटीबाट नोबेल रेफर.

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेललाई छातीको संक्रमणका कारण बिर्तासिटी हस्पिटलबाट नोबेल हस्पिटल रेफर गरिएको छ । बुद्धशान्ति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईले विगत ४ दिनदेखि बिरामी रहेका उनलाई बिर्तासिटी अस्पताल भर्न गरिएको र त्यहाँ एक्सरेमार्फत छातीमा संक्रमण देखिएपछि नोबेल हस्पिटल विराटनगर रेफर गरिएको बताए । गाउँपालिका अध्यक्ष भूजेललाई कोरोना संक्रमण भएको भनेर […]