Sajhamanch Archive

थप ४ हजार ३९२ जनामा कोरोना

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ४ हजार ३९२ जनामा कोरोना.

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५२२ संक्रमणमुक्त भएका छन् भने हालसम्म […]

नयाँ मन्त्रीले सपथ खाएकै दिन सचिवहरुको व्यापक सरुवा, कुन मन्त्रालयमा को ?

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ मन्त्रीले सपथ खाएकै दिन सचिवहरुको व्यापक सरुवा, कुन मन्त्रालयमा को ?.

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिप्रिषद बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । मन्त्रिपरिषद पुनर्गठन गरिएको भोलिपल्ट बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए । तर देशमा बढिरहेको कोरोना महामारीका विषयमा भने कुनै छलफल नभएको एक मन्त्रीले जानकारी दिए । ‘कोरोनाबारे […]

आज देशभरिकै मौसम सफा रहने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज देशभरिकै मौसम सफा रहने.

काठमाडौं ।आज देशभरिकै मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले देशभरिकै मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर स्थानीय वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली हुने महाशाखाले पूर्वानुमान गरेको छ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एक/दुई […]

आईपीएल : अन्तिम बलमा पन्जाबको जित

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on आईपीएल : अन्तिम बलमा पन्जाबको जित.

एजेन्सी । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत किङ्स इलाभेन पन्जाबले दोस्रो जित निकालेको छ । बिहीबार भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंगलोरलाई ८ विकेटले पराजित गरेको हो । शाराझा क्रिकेट स्टेडियममा बैंगलोरले पन्जाबलाई जितका लागि दिएको १७२ रनको लक्ष्य पछएको पन्जाबले निर्धाति २० ओभरमा २ विकेट गुमाउँदै १७७ रन बनाएको […]

ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना

Published: in राष्ट्रिय समाचार, स्थानीय तह by . Leave a Comment on ज्यामिरगढीमा सशस्त्र प्रहरीकोे वोडर आउट पोस्ट स्थापना.

मेचीनगर । सीमामा सुरक्षा तैनाथी बलियो बनाउँदै लगेको सशस्त्र प्रहरी बलले बिहीवार ज्यामिरगढीको कालिकाझारमा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । बीओपीका लागि नगरपालिकाले जग्गा खोज्ने प्रक्रिया चलिरहेको छ । तर जग्गाको प्रक्रिया पूरा गर्न निकै समय लाग्ने भएकोले सीमा सुरक्षाको आवश्यकतालाई दृष्टिगत गरी हाललाई सुरक्षा चौकीको स्थापनालाई प्राथमिकता दिइएको सशस्त्र प्रहरी वलको प्रदेश […]

अर्जुनधारा नगरपालिकाद्धारा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on अर्जुनधारा नगरपालिकाद्धारा अत्यावश्यक सेवाबाहेकका सेवा बन्द.

अर्जुनधारा । समुदायमा कोरोना भाइरसको संक्रमण दैनिक बढ्न थालेपछि संकट निम्तिन सक्ने भन्दै अत्यावश्यक सेवाबाहेक अर्जुनधारा नगरपालिकाले अनिश्चितकालका लागि कार्यालय बन्द गर्ने निर्णय गरेको छ । आजमात्र अर्जुनधारा नगरपालिका वडा नं.७ स्थित शंकर अस्पतालमा स्वास्थ्यकर्मी, बिरामी र कुरुवा गरी ९ जनामा संक्रमण पुष्टि भएपछि कोरोना क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी)को बैठकले अनिश्चितकालका लागि अत्यावश्यक सेवाबाहेक कार्यालय […]

के हामी आफ्नो यौन जीवनबाट सन्तुष्ट छौं ?

Published: in टिप्स/जानकारी by . Leave a Comment on के हामी आफ्नो यौन जीवनबाट सन्तुष्ट छौं ?.

दाम्पत्य जीवनमा यौनको खास भूमिका रहन्छ । श्रीमान र श्रीमतीबीच जति प्रगाढ र विश्वसनिय सम्बन्ध छ, उत्तिनै उनीहरुको यौन जीवन पनि आनन्दायक हुन्छ । तर, दम्पतीबीच गुनासो, अविश्वास, आशंका, असहयोगको स्थिति छ भने उनीहरुले यौन जीवनबाट भरपुर आनन्द लिन सक्दैनन् । यद्यपि कतिपय अवस्थामा हामीले चाहेर पनि आफ्नो यौन जीवनलाई आनन्ददायक बनाउन सक्दैनौं । यसमा […]

आउँदाआउँदै पोखरेलको प्रश्‍न – हेलो सरकार के गर्दैछ ?

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on आउँदाआउँदै पोखरेलको प्रश्‍न – हेलो सरकार के गर्दैछ ?.

काठमाडौं । उपप्रधानमन्त्री ईश्‍वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको जिम्मेवारी सम्हाल्दै हेलो सरकारबारे प्रश्‍न उठाएका छन् । बिहीबार पदभार ग्रहण गर्दै उपप्रधानमन्त्री पोखरेलले हेलो सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालय अन्तर्गत भए पनि यसले प्रभावकारी काम नगरेकोप्रति उनले पश्‍न गरेका हुन् । उनले भने, ‘हलो सरकार गर्दैछ के ? प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको हेलो सरकारका स्टाफ साथीहरु […]

यी पुरुषले किन गरे सर्पसँग बिहे ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on यी पुरुषले किन गरे सर्पसँग बिहे ?.

एजेन्सी । यो दुनियाँमा कहिलेकाहीँ निकै अनौठा कुराहरु सुन्न पाइन्छ । ठूला बडाको कुरा छाडौँ, आम मान्छेले सामान्यरुपमा बिहे गर्दा चर्चाको विषय बन्दैन । तर जबकि कुनै मानिसले सर्पसँग बिहे गर्दछ, त्यो सर्वत्र चर्चाको विषय बन्दो रहेछ । थाइल्याण्डका एकजना युवकले विषालु सर्पसँग बिहे गरेर सप्पैलाई तिनछक पारिदिएका छन् । आफ्नी भूतपूर्व प्रेमिकाको मृत्युपछि मृतक […]

होक्से कृषि सहकारीद्वारा पत्रकार तिम्सिनासहित ९ जना सम्मानित

Published: in समाज, सहकारी by . Leave a Comment on होक्से कृषि सहकारीद्वारा पत्रकार तिम्सिनासहित ९ जना सम्मानित.

बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं.१ मा रहेको होक्से कृषि सहकारी संस्थाले आफ्नु ११ औं वार्षिक साधारणसभाको अवसर पारेर बिहीबार पत्रकार, कृषक र विद्यार्थीलाई सम्मान गरेको छ । सम्मानित हुनेहरूमा वर्ष उत्कृष्ट पत्रकार तीर्थ तिम्सिना सहित उत्कृष्ट सेयर सदस्य देविप्रसाद बजगाईं, असल दूध उत्पादक कृषक शोभा समाल मगर, उत्कृष्ट बचतकर्ता यसोदा शर्मा तिम्सिना, उत्कृष्ट […]