Sajhamanch Archive

बिर्तामोड बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट

Published: in प्रदेश तह, समाज, स्थानीय तह by . Leave a Comment on बिर्तामोड बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट.

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका बायोग्याँस जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ । नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्याँस जडान गरेको बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्याँस प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ आज एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान […]

प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण,१९ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थप ४१९ जनामा कोरोना संक्रमण,१९ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा मंगलबार ४१९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ३४४, मोरङमा ५६, झापामा ७, उदयपुरमा ६, संखुवासभामा ३, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुनसरीको धरानमा २११ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ८१ महिला र १३० […]

युवतीहरुमा अनौठो ट्रेण्ड, किन लगाउँदैछन् रगताम्य कपडा ?

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on युवतीहरुमा अनौठो ट्रेण्ड, किन लगाउँदैछन् रगताम्य कपडा ?.

एजेन्सी । जापानी समाज आधारभुत रुपमा परम्परागत समाज मानिन्छ । जापानी समाजमा परम्परागत मूल्य मान्यताहरु प्रसस्तै पाइन्छ । त्यहीँ जापानमा हालैका दिनहरुमा एउटा अनौठो फेसन ट्रेण्डिङ भैरहेको छ । जापानी युवतीहरु आजकल लतपतिएका कपडाहरु लगाएर हिड्न थालेका छन् । रगतका धब्बा भएका कपडा मात्र होइन आँखाको तलपट्टि कालो धब्बा र गलामा रगतयुक्त सिरिन्जको चित्र बनाउने […]

नारी सञ्चार गृह झापामा नयाँ नेतृत्व सर्वसम्मत

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नारी सञ्चार गृह झापामा नयाँ नेतृत्व सर्वसम्मत.

बिर्तामोड । नारी सञ्चार केन्द्र झापाको आठौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले आगामी दुई वर्षे कार्यकालका लागि भीमा शिवाकोटीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा रेजिना गौतम, सचिवमा भूमिका सुब्बा, सहसचिवमा शुसिला संग्रौला र कोषाध्यक्षमा जोस्ना श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा भारती राई, सुनिरा मैनाली, पुष्पा लिम्बू, टिका पोखरेल, […]

थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ५७७ जनाको परीक्षणमा ३५५६ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १ लाख १५ हजार ३५८ जना […]

जारको पानीको मूल्य नबढाउन व्यवसायी सहमत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जारको पानीको मूल्य नबढाउन व्यवसायी सहमत.

काठमाडौं । जारमा भरिएको प्रशोधित पिउने पानीको मूल्य बढाउने निर्णयबाट नेपाल बोटलर्स वाटर एसोसिएसन पछि हटेको छ । पानीको मूल्य बढाउने निर्णय फिर्ता नलिए पक्राउ गर्ने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको चेतावनीपछि निर्णय फिर्ता लिन व्यवसायीहरुले विभागसँग लिखित सहमति गरेको विभागका निर्देशक एवं सूचना अधिकारी रवीन्द्र आचार्यले बताए । ‘मूल्य बढेको विषयमा सोधपुछ गर्न […]

मेची प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा समातिए

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on मेची प्रादेशिक अस्पतालबाट भागेका कोरोना संक्रमित थुनुवा समातिए.

झापा । झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड–१९ उपचार केन्द्रबाट भागेका कोरोना संक्रमित थुनुवा समातिएका छन्‌। उपचार केन्द्रबाटै कोरोना संक्रमित थुनुवा फरार भएको घटना थाहा पाएसँगै झापा प्रहरीले उनलाई १४ घण्टाभित्रै पक्राउ गर्न सफल भएको हो। २७ वर्षीय ती संक्रमित थुनुवालाई प्रहरीले मंगलबार बिहान ३ बजे अर्जुनधारा नगरपालिकाको शनिश्चरेबाट पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी […]

कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति.

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबाट माधवकुमार नेपाल समूह पछाडि हटेको छ । मंगलबार भएको छलफलमा मुख्यमन्त्री शाही मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् । स्रोतका अनुसार नेपाल पक्षले थप तीन मन्त्री र संसदीय […]

प्रहरीमा कोरोना संक्रमितको संख्या ५११० पुग्‍यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रहरीमा कोरोना संक्रमितको संख्या ५११० पुग्‍यो.

काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या ५ हजार १ सय १० पुगेको छ । जसमध्ये १९ सय ५६ जना उपचाररत छन् । ३ हजार १ सय ५४ जना भने डिस्चार्ज भइसकेका छन् । तथ्याङ्‍कअनुसार प्रहरी प्रधान कार्यालयमै ३४२ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६९२ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै […]

विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा दुई कोरोना संक्रमितको मृत्यु.

विराटनगर । उपचारमा रहेका थप दुईजना कोरोना संक्रमितको विराटनगरमा मृत्यु भएको छ । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र र विराट शिक्षण अस्पतालमा उनीहरुको मंगलबार बिहान मृत्यु भएको हो । कोसीमा बिहान २:१५ बूढीगंगा गाउँपालिका वडा नं.५ का ७१ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । शनिबार कोरोना पुष्टि भएपछि उनलाई कोसी अस्पताल भर्ना गरिएको […]