Sajhamanch Archive

जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जनकपुर-जयनगर रूटमा चल्ने रेल आज नेपाल आइपुग्ने.

काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल आज नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण भारतको हाजीपुरमा रोकिएको थियो । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल शुक्रबार मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल भारतीय रेल निर्माता कम्पनीले […]

२ सयभन्दा बढी कैदी जेलबाट फरार, तीनजनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on २ सयभन्दा बढी कैदी जेलबाट फरार, तीनजनाको मृत्यु.

एजेन्सी । युगान्डाको उत्तरपूर्वी जिल्ला मोरोटोको जेलबाट कम्तीमा २१९ कैदी फरार भएको स्थानीय जेलका प्रवक्ताले बिहीबार बताएका छन् । युगान्डा कारागार सेवाका प्रवक्ता फ्रान्क बाइनका अनुसार स्थानीय समय अनुसार बुधबार जेल तोडेर भाग्ने क्रममा कम्तीमा सात बन्दीहरुलाई पुनः नियन्त्रणमा लिइएको छ र तीन जना मारिएका छन् । मारिएका तीन कैँदीले बिहीबार नै नियन्त्रणमा आएपछि पुनः […]

विराटनगरमा ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरमा ६६ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि.

विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप एक पुरुषको मृत्यु भएको छ । विराट मेडिकल कलेजमा विराटनगर– १० निल सदनका ६६ वर्षीय पुरुषको मृत्यु भएको हो । बिहीबार बेलुका करिब सवा ५ बजे मृत्यु भएका उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले बताए । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि वृद्धलाई […]

मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न कांग्रेसको माग

Published: in राजनीति, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on मृतकको कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता गर्न कांग्रेसको माग.

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले शंकास्पद व्यक्तिको मृत्यु भएमा कोरोना परीक्षण नगर्ने निर्णय फिर्ता लिन सरकारलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार शंकास्पद मृत्युमा शव व्यवस्थापन गर्दा सबै मापदण्ड पालना गर्नुपर्ने, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरु १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने तर शवबाट स्वाब निकालेर पीसीआर टेष्ट नगर्ने निर्णय गरेको थियो । यो […]

आँचलले सम्झिइन् पलसँगका पुराना दिन

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आँचलले सम्झिइन् पलसँगका पुराना दिन.

म्यूजिक भिडियोको दुनियाँमा आँचल शर्माभन्दा अगाडि पल शाहले आफ्नो उपस्थिति जनाए पनि फिल्म करिअर भने उनीहरुले एकसाथ सुरु गरेका थिए । विकासराज आचार्य निर्देशित फिल्म ‘नाईं नभन्नू ल ४’ बाट यो जोडीले अभिनेता-अभिनेत्रीको रुपमा ब्रेक पाएका थिए । यो फिल्मको सफलतापछि उनीहरुलाई लिएर फिल्म निर्माण गर्न निर्माताबीच हानाथाप भएको थियो । ‘आँप जोडी’ को रुपमा […]

सहकारीको साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on सहकारीको साधारणसभा विद्युतीय माध्यमबाट गर्न सकिने.

काठमाडौं । अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो । यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ भने साधारणसभा पनि तोकिएकै समयमा गर्नुपर्ने उल्लेख गरिएको […]

वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वामदेव गौतमले लिए राष्ट्रियसभा सदस्यको शपथ.

काठमाडौं । राष्ट्रियसभा सदस्य मनोनित भएका वामदेव गौतमले बिहीबार पद तथा गोपनियताको सपथ लिए । बिहीबार सिंहरबारमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सपथ खुवाए । राष्ट्रियसभा सदस्यको लोगो लगाइदिए । गौतमका अनुसार तिमल्सिना कुनै समय उनका कार्यकर्ता थिए । गौतमले भनेका छन्, कुनै बेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो, मैले सदस्यता प्रदान गरेको एउटा […]

संकटसँगै जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आयो : मन्त्री ज्ञवाली

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on संकटसँगै जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आयो : मन्त्री ज्ञवाली.

गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईवटा संकटलाई सामान गरेर जिन्दगीको गाडी गुडाउनु पर्ने बेला आएको बताएका छन् । नेपाल पत्रकार महासंघ गुल्मीले तम्घासमा गरेको पत्रकार भेटघाटमा मन्त्री ज्ञवालीले स्वास्थ्य संकट र आर्थिक संकटको सामना गर्दै जिन्दगीको गाडीलाई गुडाउनु पर्ने बेला आएको बताएका हुन् । व्यवसाय चलाउनु पर्ने भयो, बजार खोल्नु पर्ने भयो भनेर स्वास्थ्य जेसुकै […]

झापामा ५ महिलासहित १० जना कोरोना संक्रमित थपिए

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on झापामा ५ महिलासहित १० जना कोरोना संक्रमित थपिए.

झापा । झापामा आज १० जना कोरोना  संक्रमित थपिएका छन् । विहीबार झापामा ५ महिलासहित १० जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिका वडा नं.५, ८ र ९ का ५ महिला र १ जना पुरुष तथा मेचीनगर नगरपालिका वडा नं.११ का १ जना र ३ जना काठमाडौँ जिल्लाका छन् […]

विराटनगरमा प्रदेश १ को संसद भवन शिलान्यास, ६ महिनामा सम्पन्न गरिने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, समाज by . Leave a Comment on विराटनगरमा प्रदेश १ को संसद भवन शिलान्यास, ६ महिनामा सम्पन्न गरिने.

विराटनगर । प्रदेश १ प्रदेशसभाको भवन बिहीबार शिलान्यास भएको छ । विराटनगरमा हाल रहेकै स्थानमा भवन निर्माण थालनी भएको हो । प्रदेशसभा विराटनगर बाहिर लैजाने भन्दै नेकपाका एकथरी सांसदले लविङ गरी हस्ताक्षर अभियान चलाएका थिए । तर अब विवाद अन्त्य भएको छ । जिल्ला समन्वय समितिको भवनमा बैठक सञ्‍चालन हुँदै आएको थियो । प्रदेश सरकारले […]