Sajhamanch Archive

सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या ९२५ पुग्यो

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on सशस्‍त्र प्रहरीमा कोरोना संक्रमितको संख्या ९२५ पुग्यो.

काठमाडौं । सशस्‍त्र प्रहरी बलमा कोरोना संक्रमितको संख्या ९२५ पुगेको छ । जसमध्ये ४९२ डिस्चार्ज भएका छन् भने ४३३ सक्रिय संक्रमित छन् । सशस्‍त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालका अनुसार सबैभन्दा बढी संक्रमित वाग्मती प्रदेशमा छन् । वाग्मतीमा मात्रै २११ सक्रिय संक्रमित छन् । यस्तै प्रदेश १ मा २२,प्रदेश २ मा १३५, गण्डकी प्रदेशमा […]

इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on इजराइलद्वारा पुनः देशैभरी लकडाउनको घोषणा.

कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागि इजराइलले पुनः देशभरी लकडाउनको घोषणा गरेको छ । यहूदी नयाँ वर्षदेखि नयाँ प्रतिबन्ध लागू हुनेछ । इजराइलमा दोस्रो लकडाउन शुक्रबारदेखि सुरु हुनेछ र तीन हप्तासम्म चल्नेछ । प्रधानमन्त्री बिन्यामिन तेनन्याहूले यो कदमको आफूहरुले भारी मूल्य चुकाउनु पर्ने बताएका छन् । इजराइलमा  दैनिक चार हजारको हाराहारीमा संक्रमित भेटिएका छन् । लकडाउन […]

सिन्धुपाल्चोक पहिरो : थप दुईजनाको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक पहिरो : थप दुईजनाको शव फेला.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा पहिरोमा बेपत्तामध्ये थप दुई जनाको शव भेटिएको छ । घुम्थाङ भीरखर्कका २२ वर्षका कुमार विक र २१ वर्षकी सोनिका विकको शव भेटिएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । योसँगै ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अरु बेपत्ता १८ जनाको खोजी भइरहेको छ । शनिबार राति गएको पहिरोले बाह्रबिसे […]

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’.

काठमाडौँ । ‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको दैनिक १६ घण्टा सम्मको लोडसेडिङ हट्यो । नेपाल विद्युत् प्राधिकरणमा आएका नयाँ कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युुत् भार […]

बाग्लुङमा पहिरोले पाँच घर पुर्‍यो, एकजना बेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाग्लुङमा पहिरोले पाँच घर पुर्‍यो, एकजना बेपत्ता.

काठमाडौं । अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका वडा नं.१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएका छन् भने एक जना बेपत्ता भएका छन् । पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार परिवारका अन्य पाँच सदस्य भने सकुशल छन् । नगरप्रमुख […]

बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालबालिकाको भविष्य सुनिश्चित गर्न राष्ट्रपतिको आग्रह.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । बालबालिकाको भविष्य सुनिश्चित गर्न तीनै तहका सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, नागरिक समाज र अभिभावक संवेदनशील हुनुपर्ने राष्ट्रपति भण्डारीको आग्रह छ । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले […]

राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते

Published: in खेलकुद by . Leave a Comment on राष्ट्रिय क्रिकेटर भण्डारी मोटरसाइकल दुर्घटनामा घाइते.

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य ललितसिंह भण्डारी मोटरसाइकल दुर्घटनामा परेका छन् । कञ्चनपुरमा ट्रकले उनी सवार मोटरसाइकललाई ठक्कर दिएको हो । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका अनुसार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनी ट्रकले विपरित दिशाबाट आउँदै गरेको भण्डारी सवार म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा […]

झापामा बञ्चरो प्रहार गरी छोराले गरे आमाको हत्या

Published: (Updated: ) in समाज, स्थानीय तह by . Leave a Comment on झापामा बञ्चरो प्रहार गरी छोराले गरे आमाको हत्या.

झापा । झापाको कमल गाउँपालिकामा बञ्चरोले हानेर छोरोले आमाको हत्या गरेका छन्। कमल गाउँपालिका वडा नं.७ बाह्रघरेका २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी आफ्नी आमा ५० वषीया मीरा ऋषिदेवको हत्या गरेका हुन्। प्रहरीका अनुसार आइतबार राति ७ बजे मादक पदार्थ सेवन गरी घर पुगेका दिनेशले घरायसी वादविवादको क्रममा आमालाई बञ्चरो र ढुंगाले टाउको र […]

खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?

Published: in टिप्स/जानकारी, स्वास्थ्य by . Leave a Comment on खोपको विकास नहुँदासम्म लगाउनै पर्छ मास्क ?.

विश्व अहिले कोरोना खोपको प्रतीक्षमा छ । तर यसको खोप तयार नभएसम्म भाइरससँगै बाँच्नुपर्छ भन्ने आवाजहरू समेत आउने गरेको छ । यो रोगबाट बच्ने एउटै विकल्प छ, होसियार हुनु । अहिले विश्वभरि नै कोरोनाको खोपको परीक्षा जारी छ । तर यसको पूरा परीक्षण प्रक्रिया पूरा गर्न समय लाग्ने भएकोले त्यस्तो अवस्थामा विशेषज्ञले यसलाई रोक्न केही […]

अब २ हजारमै पीसीआर परीक्षण गरिने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अब २ हजारमै पीसीआर परीक्षण गरिने.

काठमाडौं । कोरोना संक्रमणका लागि अब दुई हजार रुपैयाँमै पीसीआर परीक्षण गरिने भएको छ । अब देशभरका सरकारी र निजी सबै ल्याबमा दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले जानकारी दिएका छन् । उनले भने, “रिएजेन्ट र अन्य सामानको मूल्य घटेको आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।” […]