Sajhamanch Archive

असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on असोज १ गते बिरामी दिवस, घरघरमा दीपावली गर्न आह्वान.

काठमाडौं । अन्तर्राष्ट्रिय बिरामी दिवस आउँदो असोज १ गते नेपालमा पनि विशेष कार्यक्रम गरी मनाइँदैछ । सन् २०१९ सेप्टेम्बर १७ देखि संयुक्त राष्ट्र संघले घोषणा गरेको बिरामी दिवस केन्द्र, प्रदेश र स्थानीयस्तरमा स्वास्थ्यकर्मीको सुरक्षा र सम्मानका लागि आह्वान गर्दै मनाइने स्वास्थ्य सेवा विभागको उपचारात्मक स्वास्थ्य महाशाखाका निर्देशक डा. तारानाथ पोखरेलले जानकारी दिए । बिरामी दिवसलाई […]

जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिको आग्रह

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जोखिमयुक्त बस्ती स्थानान्तरण गर्न राष्ट्रपतिको आग्रह.

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिएकी हुन । ‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको […]

आँचल लेख्छिन्, ‘म हाँसेको देखेर रिसाउनेलाई लभ यू’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on आँचल लेख्छिन्, ‘म हाँसेको देखेर रिसाउनेलाई लभ यू’.

नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयौ विषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको विषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको […]

विदेशमा अलपत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई निर्देशन

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा अलपत्र नेपालीको उद्धार एक महिनामा सक्न सरकारलाई निर्देशन.

काठमाडौं । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्देशन दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्र मन्त्रालयका अधिकारीसँगको छलफलपछि समितिले विदेशमा अलपत्र नेपालीको उद्धारमा ढिलाइ नगर्न निर्देशन दिएको हो । ‘अलपत्र अवस्थामा रहेका श्रमिकलाई […]

नेकपाले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपाले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने.

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण सक्ने कार्ययोजना बनाएको छ । संगठन विभागको बैठक आइतबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको थियो । आज बसेको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक, मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने गरी तीनमहिने कार्ययोजना तय गरिएको गण्डकी प्रदेशमा इन्चार्ज तथा विभागका सदस्य पृथ्वीसुब्बा […]

प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द

Published: in समाज, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on प्रमुख प्रशासकीय अधिकृतमा कोरोना देखिएपछि विराटनगर महानगरको सेवा बन्द.

विरानगर । विराटनगर महानगरपालिकाले प्रदान गर्दै आएको सेवा पाँच दिनका लागि बन्द भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणी पोखरेललाई कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयको अत्यावश्यक बाहेक अन्य सेवा पाँच दिनका लागि बन्द भएको हो । आइतबार बिहान प्रमुख प्रशासकीय अधिकृतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरेलको कन्ट्याक ट्रेसिङमा मेयर भीम पराजुली […]

प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, ७ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा थपिए ४६ कोरोना संक्रमित, ७ जना डिस्चार्ज.

विराटनगर । प्रदेश १ मा आइतबार थप ४६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४१, खोटाङ, उदयपुर र झापा एक-एक र प्रदेश १ बाहिरका दुई जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ३८ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १८ महिला र २० जना पुरुष छन । मोरङको […]

१ हजार ३९ जना कोरोना संक्रमित थपिए, १ हजार १७३ जना डिस्चार्ज

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on १ हजार ३९ जना कोरोना संक्रमित थपिए, १ हजार १७३ जना डिस्चार्ज.

झापा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार १६५ जनाको परीक्षणमा १०३९ जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ५४ हजार १५९ जना पुगेको छ […]

साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on साथीको जन्मदिन मनाएर फर्किँदा बालिका बलात्कृत.

सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नं.४ बरैचेकी १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । पञ्चपुरी –९, विद्यापुरमा साथीको जन्मदिन मनाएर घर फर्किदै गर्दा बाटोमा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जनाकारी दिए । भदौ २४ गते राति ११ बजे घटना भएको र २५ गते बिहान परिवारले इलाका प्रहरी कार्यालय बाबियाचौरमा जाहेरी […]

कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए.

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चार्टर्ड उडानमार्फत ३० देशबाट ६१ हजार ७१० नेपाली स्वदेश आइपुगेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ । कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३९६ वटा उडानबाट उनीहरू नेपाल फर्किएका […]