Sajhamanch Archive

६२ वर्षको एक्लो अजिंगरले ७ वटा अण्डा पारेपछि…

Published: in रोचक कुरा / टिप्स by . Leave a Comment on ६२ वर्षको एक्लो अजिंगरले ७ वटा अण्डा पारेपछि….

अमेरिकाको सेन्ट लुइस चिडियाखानामा एउटा अनौठो घटना भएको छ । त्यहाँ रहेको ६२ वर्ष उमेरको एउटा पोथी अजिंगरले ७ वटा अण्डा पारेको छ । त्यो वृद्ध अजिंगरले एक्कासी फुल पार्नु अनौठो यसकारणले भयो कि उक्त पोथी अजिंगर पछिल्लो २० वर्षदेखि कुनैपनि भाले अजिंगरको सम्पर्कमा छैन । चिडियाखानाको सरिसृप विभागका व्यवस्थापक मार्क भेनरका अनुसार पोथी अजिंगरले […]

आज विश्व प्राथमिक उपचार दिवस

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on आज विश्व प्राथमिक उपचार दिवस.

काठमाडौं । ‘महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ । यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को […]

पहिरोले पुरिएर एकै परिवारका दुई बालकको मृत्यु,दुई जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिरोले पुरिएर एकै परिवारका दुई बालकको मृत्यु,दुई जना घाइते.

काठमाडौं । रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । रोल्पाको लुंग्री गाउँपालिका वडा नं.१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए ।जिल्ला प्रहरी प्रमुख डीएसपी […]

चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चामल खरिदमा हाकिमको सेटिङ धन्दा, चलखेल गर्न कर्मचारीकै सरुवा.

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ । कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका […]

कोरोना संक्रमणबाट कोसी अस्पतालमा वृद्धाको मृत्यु

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट कोसी अस्पतालमा वृद्धाको मृत्यु.

विराटनगर। कोरोना संक्रमणबाट मोरङको ग्रामथान गाउँपालिका वडा नं.२ झोराहाटकी ७० वर्षीया वद्धाको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार साँझ कोसी कोभिड अस्पतालमा मृत्यु भएको हो । उनमा श्‍वासप्रश्‍वासमा समस्या देखिएपछि उपचारको लागि कोसी अस्पतालमा भर्ना गरिएको थियो । वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख डा. दीपक सिग्देलले बताए ।

बाग्लुङका बाढी पीडितलाई पलको सहयोग

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on बाग्लुङका बाढी पीडितलाई पलको सहयोग.

कोरोना भाइरसको महामारी फैलिएपछि अभिनेता पल शाहले सामाजिक कार्यमा आफ्नो अग्रसरता देखाएका छन् । लकडाउनपछि फिल्ममा काम गर्ने प्राविधिकहरुलाई आर्थिक अभावका कारण विहान बेलुका हातमुख जोर्न पनि समस्या भएपछि पाँच लाख बराबरको खाद्यन्न सहयोग गरेका उनले गएको महिना कालिकोटका बाढी-पहिरो पीडित पनि राहत वितरण गरे । यसबीच, उनले बाग्लुङ पुगेर बाढीबाट प्रभावित घरपरिवारलाई खाद्यन्न तथा […]

एकै परिवारका तीनजना मृत फेला

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on एकै परिवारका तीनजना मृत फेला.

काठमाडौँ । भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकै घरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं.९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय […]

सताउँदैछ एक्लोपनले

Published: in टिप्स/जानकारी by . Leave a Comment on सताउँदैछ एक्लोपनले.

‘लकडाउन र निषेधाज्ञाको बेला नेपालमा मानसिक रोगको औषधि सेवन गर्ने बढे ।’ –‘लकडाउनमा औषत दिनमा १६ जनाले आत्महत्या गरे ।’ यी तथ्यांकले संकेत गर्छ, हाम्रो मनोदसा नराम्ररी बिग्रदैछ । कोरोना महामारीपछि गुमेको आयआर्जन र बढेको बेरोजगारीसँगै खलबलिएको सामाजिक समबन्ध एवं व्यवहार यसको मुल कारक हुन् । लामो समय सर्वसाधरण घरभित्रै बन्दी भए । दैनिक कामधन्दा […]

प्रदेश १ मा १२१ जना संक्रमित थपिए,६६ जना डिस्चार्ज

Published: in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १२१ जना संक्रमित थपिए,६६ जना डिस्चार्ज.

झापा । प्रदेश १ मा गएको २४ घण्टामा १२१ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको छ । विराटनगरमा शुक्रबार थप ३२ जनामा संक्रमण देखिएको छ । विराटनगरका १२ महिला र २० […]

घरबेटीको कुटाइबाट डेरावालको ज्यान गयो

Published: in समाज by . Leave a Comment on घरबेटीको कुटाइबाट डेरावालको ज्यान गयो.

काठमाडौं । काठमाडौंको कीर्तिपुरमा घरबेटीको कुटाइबाट भाडामा बस्ने एक व्यक्तिको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नंं.७ मा घरबेटी प्रेमलाल महर्जनले काठको भाटाले हिर्काउँदा भाडामा बस्ने ४० वर्षका शम्भु चौधरीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कीर्तिपुरका डीएसपी रुकेश तन्डुकारले जानकारी दिए । उनका अनुसार शुक्रबार विहान सामान्य विवादमा घरबेटी महर्जनले चौधरीमाथि कुटपिट गरेका थिए […]