Sajhamanch Archive

मन्त्री बनेपछि केही बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैन: प्रदीप ज्ञवाली

Published: in विविधा, समाज by . Leave a Comment on मन्त्री बनेपछि केही बचत, घरायसी सामान र पुस्तकबाहेक मेरो अरु सम्पती थपिएको छैन: प्रदीप ज्ञवाली.

काठमाडौं । परराष्ट्र मन्त्रीबाट बिदा भएका प्रदीपकुमार ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले मन्त्री रहँदाको अवधिमा विदेश भ्रमण बापतको लेभी ३,१४,९३० र पारिश्रमिक बापतको लेभी ६,२०,००० गरी जम्मा ९,३४,९३० रुपैयाँ पार्टी खातामा जम्मा भएको बताएका छन् । त्यसमा पारिश्रमिकको कर कट्टीबापत ३,७२,४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको […]

सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन

Published: in रोचक कुरा / टिप्स, विविधा, समाज by . Leave a Comment on सरकारी गाडीमा ‘डेटिङ’ जाने आयोजना प्रमुखलाई कारबाही गर्न गृहको निर्देशन.

काठमाडौं । निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ जाने सहरी विकास विभाग अन्तर्गतको नयाँ सहर आयोजना प्रमुखलाई कारबाही गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ। निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’मा जाने आयोजना प्रमुख रोशन श्रेष्ठलाई कारबाही गर्न मन्त्रालयले निषेधाज्ञा जारी गर्ने निकाय जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई निर्देशन दिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले आयोजना प्रमुख श्रेष्ठलाई कारबाहीका […]

नागरिकता अध्यादेशबिरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा, अर्को पेसी २७ गते

Published: in विविधा, समाज by . Leave a Comment on नागरिकता अध्यादेशबिरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा, अर्को पेसी २७ गते.

काठमाडौं । सरकारले जारी गरेको नागरिकता अध्यादेशबिरुद्धको रिटको सुनुवाइ ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारबाट सो रिटमा प्रारम्भिक सुनुवाइ शुरु भए पनि बहस नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको हो । जेठ २७ मा फेरि सुनुवाई गर्ने गरी मुद्दा हेर्दाहेर्दैमा राख्ने आदेश भएको रिट निवेदक कुलबहादुर बोगटीले जानकारी दिएका छन् । अध्यादेशबिरुद्ध ६ […]

टोल टोलमै पुगेर स्वाव संकलन गर्दै इटहरी उप महानरपालिका

Published: in विविधा, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on टोल टोलमै पुगेर स्वाव संकलन गर्दै इटहरी उप महानरपालिका.

इटहरी । इटहरी उपमहानगरपालिकाले नगरका टोलवस्तिमै पुगेर कोरोना परीक्षण गरिरहेको छ । गाँउ वस्तिका जनताको सहजताका लागि टोलमा पुगी निशुल्क एन्टिजेन परीक्षण जाारी राखिएको उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । उनका अनुसार हालसम्म वडा नम्वर २,३,४,१२,१४ र १९ नम्वरका समुदायमै पुगेर परीक्षण गरिएको छ । एउटै टोलमा धेरै जना विरामी भएकाले उपमहानगरको स्वास्थ्य टोली समूदायमै […]

प्रदेश १ मा ९८२ संक्रमण मुक्त, ७६४ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा ९८२ संक्रमण मुक्त, ७६४ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ माआज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ । प्रदेश १ माआज७६४ जना संक्रमितथपिएका छन् । सुनसरीमा ३०१, […]

आइसोलेसनको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा संक्रमितको गयो ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on आइसोलेसनको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा संक्रमितको गयो ज्यान.

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एक कोरोना संक्रमितको आइसोलसन भवनको झ्यालबाट हामफालेर भाग्न खोज्दा ज्यान गएको छ । बलेफी गाउँपालिका–६ मांखाका ५३ वर्षीय रत्नबहादुर तामाङको जुगल गाउँपालिकामा रहेको रत्न राज्य माविमा रहेको आइसोलसनको तेस्रो तलाबाट हाम फाल्दा ज्यान गएको हो । जुगल गाउँपालिकाले गए राति १ः१५ मा आइसोलेसन रहेको भवनको तेस्रो तल्लाबाट हाम फालेर घाइते भएका उनको […]

झापामा ४२ जना कोरोना मुक्त, २२९ जना नयाँ संक्रमित थपिए

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा ४२ जना कोरोना मुक्त, २२९ जना नयाँ संक्रमित थपिए.

विर्तामोड । झापामा बुधबार ४२ जनाले कोरोना जितेका छन् । योसँगै झापामा डिस्चार्ज हुनेको संख्या ६२ सय ८० पुगेको छ । आजज थप २२९ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । दमकमा ६६, विर्तामोडमा २५ र भद्रपुर ३२ सहित अन्य पालिकामा २२९ जनामा कोभिड पुष्टि भएको हो । निषेधाज्ञा शुरु भएदेखी नै संक्रमण दर अझै […]

प्रदेश १ मा १,०४२ संक्रमण मुक्त, ७१८ संक्रमित थपिए

Published: in प्रदेश तह, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा १,०४२ संक्रमण मुक्त, ७१८ संक्रमित थपिए.

विराटनगर । प्रदेश १ मा आज १,०४२ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ । प्रदेश १ मा आज ७१८ […]

मेची महाकाली बुहारी समूहले सुकुम्बासी बस्तीका बालबालिकालाई दियो दिवा खाजा

Published: in विविधा, समाज by . Leave a Comment on मेची महाकाली बुहारी समूहले सुकुम्बासी बस्तीका बालबालिकालाई दियो दिवा खाजा.

भद्रपुर । मेची महाकाली बुहारी समूह भद्रपुर ७ स्थित देउनिया खोला छेउमा रहेको सुकुम्बासी बस्तीका अति विपन्न ११ परिवारका बालबालिकाका लागि दिवा खाजा सहयोग गरेको छ । बन्दाबन्दीका कारण रोजगारी गुमेका विपन्न परिवारका बालबालिका पोषणयुक्त खाद्यन्न अभावमा परेको गुनासो आएपछि बुहारी समूहले बालबालिका लक्षित दिवा खाजा प्याकेज सहयोग गरेको हो । समूहकी भद्रपुर संयोजक दिक्षा […]

किरणको दुवै मिर्गौला खराब, बचाउन परिवारको अपिल

Published: in विविधा, समाज by . Leave a Comment on किरणको दुवै मिर्गौला खराब, बचाउन परिवारको अपिल.

धुलाबारी । मेचीनगर वडा नंं. ९ का एक युवाको दुवै मिर्गौला खराब भएपछि उपचारमा आर्थिक सहयोग गरिदिन देश–विदेशमा रहेका सहयोगी मनहरुसँग परिवारले अपिल गरेको छ । सामान्य आर्थिक अवस्थाको परिवारका २७ वर्षीय किरण कटुवालको दुवै मिर्गौलाले काम गर्न छाडेको छ । अब मिर्गौला प्रत्यारोपण बाहेक उनीसँग अर्को विकल्प छैन । उपचारमा संलग्न चिकित्सकहरुले जतिसक्दो चाँडो […]