विर्तामोड । दमकमा ८७ र विर्तामोडमा ३४ जनामा कोभिड पुष्टिसँगै झापामा शनिबार २३४ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु भएको हो । यो सँगै मृत्यु हुनेको संख्या २०१ पुगेको स्वाथ्य कार्यालय झापाले जनाएको छ । आज १०९ जना संक्रमित निको भएर डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय […]
विर्तामोड ।झापामा शुक्रबार २४५ नयाँ संक्रमित थपिएका छन् भने ६३ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार थप २ जना संक्रमितको मृत्यू भएको छ । योसँगै झापामा १९५ जना संक्रमितको मृत्यू भएको छ । आज जिल्लामा सबैभन्दा धेरै बुद्धशान्तिमा ३३, दमकमा ३१, विर्तामोडमा २७ जनामा कोभिड पुष्टि भएको छ […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गर्नुभएको छ । आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै भट्टराईले अस्वीकार गर्नुभएको हो । सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले माधव नेपालले पुरानो हस्ताक्षर दुरुपयोग गरेको भन्दै आपत्ति […]
विर्तामोड । झापामा विहीबार थप २१८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जनाले कोरोना जितर डिस्चार्ज भएको छन् । पहिलेको तुलनमा हाल आएर कोरोना जित्नेको संख्या बढ्न थालेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ संक्रमित बढी हुने स्थानीय तहमा विर्तामोड नगरपालिका परेको छ । जसमा सबैभन्दा बढी ४१, भद्रपुरमा १४ महिलासहित २८ जनामा संक्रमण पुष्टि […]
झापा । झापामा थप एक साता निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले आगामी जेठ १४ गते मध्याराति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। बैठकले खाद्यान्न, माछामासु, तरकारी, फलफूलको हकमा होम डेलिभरीको व्यवस्था मिलाउने निर्णय गरेको छ । सामानहरू […]
बुटवल । नवलपरासी (पश्चिम) को दक्षिणी सीमामा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् । प्रहरीको गोली लागेर प्रतापपुर गाउँपालिका वडा नं। ६ कठहवाका २२ वर्षीय अविनाश राय घाइते भएका हुन् । बुधबार बिहान साढे ९ बजेतिर भारतीय सीमातर्फ जाँदै गरेका तीनजना नेपाली युवालाई रोक्न खोज्दा विवाद भएपछि प्रहरीले गोली चलाएको […]
काठमाडौ । पश्चिमी न्यून चापीय प्रणालीका साथै भारतमा विकसित ‘ताउ–ते’ चक्रवातको प्रभावका कारण नेपालमा केही दिन मौसम बदली आउनुका साथै विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । अझै ३ दिनसम्म वर्षा–हिमपात जारी रहने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश–२ र प्रदेश–१ मा आंशिक तथा देशका बाँकी स्थानमा सामान्यदेखि पूर्णसम्म […]
काठमाडौ । बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५।८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ । यो भूकम्प २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले जानकारी दिएको छ । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस गरिएको थियो ।
शिवसताक्षी । झापा शिवसताक्षीमा रहेका सक्रिय संक्रमितलाई हौसला तथा औषधि वितरण गर्न शिवसताक्षी मेयर संक्रमितको घरमै पुगेरका छन् । शिवसताक्षी नगरपालिका वडा नं. १ शुक्रबारे स्थित एउटै परिवारका पाँच जना संक्रमितलाई मेयर चन्द्रकुमार सेर्मा र नगर स्वास्थ्यको टोली घरमै पुगेर संक्रमितहरुलाई स्वास्थ्यका विषयमा जानकारी लिएको हो । टोलीले दूधे आयुर्वेदबाट इम्युनिटी पावर बढाउने औषधीहरु समेत […]
काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छिन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रुपमा राख्नुपर्ने बताइन् । कृषि प्रसारणमा २० प्रतिशत र […]