Sajhamanch Archive

सतासीधाम जेसीजद्वारा बयोबृद्धाहरुलाई सम्मान तथा गुरुकुलमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण

Published: (Updated: ) in विविधा, समाज by . Leave a Comment on सतासीधाम जेसीजद्वारा बयोबृद्धाहरुलाई सम्मान तथा गुरुकुलमका विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण.

शिवसताक्षी । सतासीधाम जेसीजले कोरोना भाइरस संक्रमणलाई मध्यनजर गर्दै रहेका साधुसन्त र श्री सताक्षी गुरुकुलमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । जेसीमाता जले बुधबार कोरोना भाइरस सम्वन्धी सचेतना गराउँदै मास्क तथा सेनिटाइजर वितरण गरेको हो । त्यसैगरी जेसीजले मंगलबार तीर्थ औंशीको दिन सतासीधाम मन्दिरमा आश्रित बयो बृद्ध माता तथा पिताहरुलाई दोसल्ला ओडाएर फल फुल […]

झापामा कोरोना संक्रमणको दर उच्च, जेठदेखि निषेधाज्ञालाई थप कडाई गरिने

Published: in मुख्य समाचार, विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on झापामा कोरोना संक्रमणको दर उच्च, जेठदेखि निषेधाज्ञालाई थप कडाई गरिने.

विर्तामोड । तिब्र गतिमा कोरोना संक्रमण बढेपछि झापामा निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने छ । बुधबार जुम मिडिङ्ग मार्फत सञ्चारकर्मीहरुसँग कुरा गर्दै झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले अब निषेधाज्ञालाई थप कडाईका साथ लागु गरिने बताए । उनका अनुसार जिल्ला कोरोना संक्रमण र मृत्यु दर बढ्दै गएको छ । कोरोनाको उपचार गर्ने अस्पतालहरु […]

गंगा नदी किनारमा भेटिए सयौं बेबारिसे शव

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on गंगा नदी किनारमा भेटिए सयौं बेबारिसे शव.

काठमाडौं । गंगा नदीले बगाएका बेवारिसे शव भारतको विभिन्न स्थानमा यत्रतत्र भेटिन थालेको छ। पहिचान नखुलेका र कहाँबाट आयो भन्नेसमेत यकिन नभएका यस्ता शवहरु भारतको उत्तरप्रदेश र बिहारको गंगा किनारमा भेटिन थालेको हो। आम रूपमा गंगामा मृत चौपायाहरु भेटिनु सामान्य जस्तै थियो। तर कोरोना महामारीको बीचमा यति धेरै बेवारिसे शव भेटिनुलाई भने चिन्ताको विषय बनेको […]

इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु

Published: in विविधा, विश्व समाचार by . Leave a Comment on इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा १३ तले भवन ध्वस्त, २८ को मृत्यु.

एजेन्सी । इजरायल र प्यालेष्टाइन बीचको हिंसात्मक गतिविधि उत्कर्षमा पुगेको छ । पछिल्लो समय इजरायली सेनाको आक्रमणबाट गाजा पट्टीमा रहको १३ तले भवन ध्वस्त भएको छ । इजरायली सेनाले भवनमा रहेका मानिसहरुलाई बाहिर निस्कन चेतावनी दिएको डेढ घण्टा पछि ३ सय भन्दा बढी हवाई र रकेट आक्रमण गरिएको बताइएको छ । प्यालेष्टाइनी लडाकु समुह हमास […]

ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्ता पछि पूर्ण नियन्त्रणमा

Published: in विविधा, समाज by . Leave a Comment on ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्ता पछि पूर्ण नियन्त्रणमा.

भद्रपुर । ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्ता पछि पूर्ण नियन्त्रणमा आएको छ । वैशाख २० गते राति ३ बजेतिर सल्किएको आगो आइतवार राति १२ वजे वाट पूर्ण नियन्त्रणमा आएको हो । शुरुमाआगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका […]

नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलको बैठक

Published: in मिडियाबाट साभार, राजनीति, विविधा by . Leave a Comment on नयाँ सरकार गठनबारे छलफल गर्न देउवाले बोलाए विपक्षी दलको बैठक.

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक राखेका छन्। नयाँ सरकार गठनका सन्दर्भका काँग्रेसका, माओवादी केन्द्र, जसपा लगायतका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको काँग्रेस नेता रमेश लेखकले जानकारी दिए । ​राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० अनुसार सरकार गठनका लागि दलहरूलाई आह्वान गरेपछि देउवा निवास बूढानीलकण्ठमा मंगलबार दिउँसो […]

मन्त्रिपरिषद बैठक सकियो, संसद अधिवेशन अन्त्यको सिफारिस

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on मन्त्रिपरिषद बैठक सकियो, संसद अधिवेशन अन्त्यको सिफारिस.

काठमाडौं । सरकारले प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरेको प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। विश्वासको मत लिनका लागि मात्रै बैठक आह्वान गरिएपनि सभामुखले अर्को बैठक यहि ३० गते दिउँसो १ बजे […]

जसले ‘विशेष दिन’लाई गरिब दुःखीको स्वास्थ्य सेवामा समर्पित गरे

Published: in विविधा, समाज by . Leave a Comment on जसले ‘विशेष दिन’लाई गरिब दुःखीको स्वास्थ्य सेवामा समर्पित गरे.

मेचीनगर । सफल डेरी उद्योगी तथा समाजसेवी राजन चिमरियाले मेचीनगरका १५ विपन्न घर परिवारका निम्ति स्वास्थ्य विमा वापतको रकम सोमबार (आज) मेचीनगर स्वास्थ्य शाखालाई हस्तान्तरण गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर नगरपालिका कार्यालय परिसरमा संक्षिप्त कार्यक्रम गरेर सो बराबरको रकम ५२ हजार ५ सय रुपैयाँ बुझाएका हुन् । समाजसेवी चिमरियाले नगर प्रमुख विमल आचार्यमार्फत स्वास्थ्य […]

अर्जुनधाराका दुई जनाको कोरोनाबाट मृत्यु

Published: in विविधा, समाज, स्वास्थ्य by . Leave a Comment on अर्जुनधाराका दुई जनाको कोरोनाबाट मृत्यु.

विर्तामोड। कोरोना भाइरसबाट अर्जुनधारामा दुई जना मृत्यु भएको छ । अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय बृद्ध रहेका छन् । उनको उपचारका क्रममा धरानमा मध्यरातमा मृत्यु भएको हो । त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ […]

कोरोनाबाट बच्न ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श

Published: in विविधा, समाज by . Leave a Comment on कोरोनाबाट बच्न ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श.

झापा । कोरोनाबाट बच्न र बचाउन ‘पत्रकारहरुका लागि विशेषज्ञ चिकित्सकको परामर्श’ विषयक भर्चुअल अन्तर संवाद नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा आइतवार सम्पन्न भएको छ । महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीको अध्यक्षता र महासंघ १ नं. प्रदेशका अध्यक्ष लीलावल्लव घिमिरेको प्रमुख आतिथ्य रहेको अन्तरसंवादमा विशेषज्ञ चिकित्सक गोविन्द कँडेलले परामर्शका साथै पत्रकारको जिज्ञासाको जवाफ दिएका […]