Sajhamanch Archive

अनियमित विद्युत् कटौती रोक्न उर्जामन्त्रीको ध्यानाकर्षण

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on अनियमित विद्युत् कटौती रोक्न उर्जामन्त्रीको ध्यानाकर्षण.

विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले मोरङ–सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरुले विद्युत् आपूर्तिमा भोगिरहेका समस्याप्रति उर्जा मन्त्री पम्फा भुषालको ध्यानाकर्षण गराएका छन् । समस्याको निराकरण गर्न आवश्यक कदम चाल्न भनिएको छ । संघका अध्यक्ष प्रकाश मुन्दडासहितको टोलीले मन्त्री भुषालसँग भेटघाट गरी औद्योगिक कोरिडोर अन्तरगत कटहरी गाउँपालिका सहित आसपासका क्षेत्रहरुमा ३३ केभिए लाइन जडान गरे पनि विद्युत् आपूर्तिमा […]

२० कम्पनीको पौने ८ करोड कित्ता आईपीओ खुल्दै

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on २० कम्पनीको पौने ८ करोड कित्ता आईपीओ खुल्दै.

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा २० कम्पनीको आईपीओ बिक्री खुल्ने भएको छ । झण्डै पौने आठ करोड कित्ता हाराहारीको आईपीओका लागि पाँच कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेका छन् । थप १५ वटा कम्पनी आईपीओ अनुमतिको प्रक्रियामा छन् । सात अर्ब ८३ करोड ९० लाख ८४ हजार रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ७ […]

एक महिनापछि पुनः तीन हजारमाथि नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on एक महिनापछि पुनः तीन हजारमाथि नेप्से.

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले वृद्धि हुँदा एक महिनापछि नेप्से पुनः ३,००० अंकमाथि पुगेको छ । बिहीबार बजार परिसूचक नेप्से १८.७६ अंकले वृद्धि हुँदा ३,००४.३३ अंकमा बन्द भएको छ । गएको जेठ ३१ गते ३,०२५.८३ अंकको ऐतिहासिक उचाइ कायम गरेर झरेको नेप्से उतार–चढावबीच एक महिनापछि पुन तीन […]

मोरङका उद्योगीले अर्थमन्त्रीलाई भेटेर मौद्रिक नीतिमा दिए २१ बुँदे सुझाव

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on मोरङका उद्योगीले अर्थमन्त्रीलाई भेटेर मौद्रिक नीतिमा दिए २१ बुँदे सुझाव.

विराटनगर । मोरङ व्यापार संघका पदाधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग भेटघाट गरी मौद्रिक नीतिमा समेट्नुपर्ने २१ बँदे सुझाव पेस गरेका छन् । संघका अध्यक्ष प्रकाश मुन्दडाको नेतृत्वमा काठमाडौं पुगेको उद्योगी–व्यापारीहरुको टोलीले सरकारलाई सुझाव दिएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा भेटघाट गरी टोलीले कोरोनाबाट रुग्ण भएको उद्योग तथा व्यापार क्षेत्रलाई उकास्ने र राहत दिने गरी मौद्रिक नीति […]

ह्याकरको धम्कीपछि राष्ट्र बैंकको स्पष्टीकरण : सबै बैंकको प्रणाली सुरक्षित छ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ह्याकरको धम्कीपछि राष्ट्र बैंकको स्पष्टीकरण : सबै बैंकको प्रणाली सुरक्षित छ.

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो र नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको स्पष्ट पारेको छ । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की दिएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो । राष्ट्र बैंक र नेपालका बैंकहरुको प्रणाली सुरक्षित रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बताए । ‘अपरिचत व्यक्तिबाट फोन र इमेल […]

नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालका १५ वटा बैंकको सिस्टम ह्याक गर्ने चेतावनीसहित इमेल र फोन.

काठमाडौँ । नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदै ती संस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको पाइएको छ । ह्याकरले बुधबार राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाललाई पठाएको इमेलमा राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गर्ने उल्लेख छ । सोही पत्र राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल […]

सरकारले फेरि राहत प्याकेज ल्याउने :अर्थमन्त्री जनार्दन शर्मा

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले फेरि राहत प्याकेज ल्याउने :अर्थमन्त्री जनार्दन शर्मा.

काठमाडौं । सरकारले कोरोना प्रभावित अर्थतन्त्रलाई उकास्न राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले कोरानाबाट प्रत्यक्ष असर परेको अर्थतन्त्रलाई उकास्न सरकारले छिटै राहत तथा पुनर्उत्थानको प्याकेज ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गदै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउनुपर्ने चुनौती रहेकोले बताउँदै अर्थमन्त्री […]

मैलुङखोला जलविद्युत्को आईपीओ साउन १४ देखि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on मैलुङखोला जलविद्युत्को आईपीओ साउन १४ देखि.

काठमाडौं । मैलुङखोला जलविद्युत् कम्पनीले यही साउन १४ गतेदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले गएको असार २३ मा कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा सात करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको सात लाख ३६ हजार २८६ कित्ता साधारण सेयर […]

वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको आधिकारिक प्रमाणपत्र नदिँदा समस्या

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको आधिकारिक प्रमाणपत्र नदिँदा समस्या.

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई खोपको आधिकारिक प्रमाणपत्र नदिँदा समस्या भएको छ । प्रमुख गन्तव्य देशले खोपको प्रबन्ध भएका देशबाट मात्रै कामदार लैजाने नीति लिएपछि सरकारले जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको जानसेन खोप उपलब्ध गराएको थियो । खोप लगाएको १४ दिनपछि विदेश जान पाइन्छ । खोप लगाइसकेपछि दिइएको प्रमाणपत्र सामान्य प्रकृतिको छ । ‘खोप दिएर मात्रै हुँदैन । […]

लगातार पाँच दिन बढेको सेयर बजारमा ९ अंकको ‘करेक्सन’

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लगातार पाँच दिन बढेको सेयर बजारमा ९ अंकको ‘करेक्सन’.

काठमाडौं । लगातार पाँच दिनसम्म बढेको सेयर बजार परिसूचक नेप्सेमा मंगलबार भने ९.१ अंकको ‘करेक्सन’ भएको छ । मंगलबार २९८५.५७ अंकमा बजार रोकिएको छ । म्यूचअल फण्डमा लगानीकर्ता झुम्मिएको कुल पाँच समूहको मूल्य बढ्यो । आज व्यापार, होटेल र पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्यूचअल फण्डका लगानीकर्ताले कमाए । अन्य समूहको मूल्य भने औसतमा […]