काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नेपाल र भारतबीच भएको रेल सेवा सम्झौता संशोधनको स्वागत गरेको छ । दुई देशबीच रेल सेवा सम्झौतामा शंसोधन भई दुवै देशका सरकारकातर्फबाट हस्ताक्षर समेत भएको छ । संशोधनसँगै अब सबै रेल सेवा प्रदायकले नेपालबाट भारतको समुद्री वन्दरगाहसम्म दुइतर्फी ढुवानी गर्न पाउनेछन् । यो संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन […]
काठमाडौं । मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याएपछि नेपाल आयल निगमको करिब ४ अर्ब रुपैयाँ जोगिएको छ। निगमले इन्डियन आयल कर्पोरेसनबाट डिजेल आयात गर्दा ढुवानी खर्चबापतको ३ अर्ब २४ करोड ४१ लाख रुपैयाँ र तापक्रम तथा प्राविधिक नोक्सानीबापत तिर्नुपर्ने ७५ करोड ३४ लाख रुपैयाँ बचत भएको हो। पेट्रोलियम पाइपलाइनले डिजेलको आपूर्ति व्यवस्थापन मात्र […]
इलाम । कोरोना भाइरस कोभिड -१९ का कारण मृत्यु भएकाहरूको परिवारलाई इलामको देउमाइ नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७८/०७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए सो रकम दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए । […]
काठमाडौं । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमासमेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हा । सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो सेवा सञ्चालन गर्ने […]
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहीवारदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले अहिले कायम जारी पुँजी दुई अर्ब १५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्कासन गरेको हो । यसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख २२ हजार […]
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर करोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापार र ‘अन्य’ बाहेकका सबै समूह बढेका छन् । नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ […]
विराटनगर । हुलास वायरर्समा निकै लामो समयदेखि कार्यरत सूर्यकुमार गिरी कोरोनाकालमा उद्योगको बहिर्गमनमा परे । उनीजस्ता अरु मजदुरहरुलाई पनि उद्योगले बिदाबारी गरिदियो । यसको विरोधमा उनीहरु श्रम कार्यालय पुगे । गिरीले आफूहरुलाई बेरोजगार बनाइन नहुने बताउँदै भने, “कोरोनामा खोपबिनै हामीले जोखिम मोलेर काम गरिरहेका थियौँ । तर, बहिर्गमनमा परियो ।” गिरीले खोप नपाए पनि काम […]
काठमाडौं । करिब एक वर्ष यतादेखि लगातार पेट्रोलियम पदार्थको मूल्य बढेपछि त्यसको मारमा उपभोक्ता परेका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चातेलको मूल्य बढेकाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घरेलु बजारमा बढेको बताए पनि त्यसको असर भने उपभोक्तमा पर्न गएको हो । गत वर्ष साउन महिनामा १०५ रुपैयाँ रहेको पेट्रोलको मूल्य बढेर १२९ पुगेको छ । […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष सकिनै लाग्दा स्थानीय तहलाई झण्डै ४५ करोड रुपैयाँ निकासा गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ भित्रै सक्नुपर्ने गरी प्रशासनिक भवन निर्माण गर्न ४५ पालिकालाई मन्त्रालयले थप ४४ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो । तर, सो निकासा गरिएको रकम पहिलेदेखि गरिँदै आएको कामको […]
नयाँदिल्ली । सहकारी आन्दोलनलाई अझ बलियो बनाउने उद्देश्यले भारतमा सहकारिता मन्त्रालयको स्थापना भएको छ। वर्षको सुरुमै अर्थमन्त्री निर्मला सीतारमणले आफ्नो बजेट भाषणमा सो मन्त्रालय स्थापना गर्ने वाचा गरेकी थिइन्। प्रधानमन्त्री मोदीको ‘सहकार से समृद्धि’ अवधारणालाई साकार बनाउने उद्देश्यले छुट्टै मन्त्रालयको गठन गरिएको हो। मंगलबार मन्त्रिपरिषद् सचिवालयले सो कदमलाई ऐतिहासिक भनेर वर्णन गरेको छ। सो मन्त्रालयले […]