Sajhamanch Archive

सेयर बजारमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सेयर बजारमा सामान्य गिरावट.

काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन भएको छ । साताको चौथो कारोबार दिन बुधबार उतार–चढावबीच सेयर बजार परिसूचक नेप्से ४.१३ अंकले गिरावट भएर २८२३.८७ अंकमा बन्द भएको छ । मंगलबार २८२८ अंकमा बन्द भएको नेप्से आज प्रिओपन सेसनमा सामान्य बढेर २८३५.६७ अंकमा खुलेको थियो । बजार खुले पनि सुरुमा केही माथि जाने कोसिस गरेको नेप्से […]

रोङ गाउँपालिकामा ४४ करोड बजेट पारित

Published: (Updated: ) in अर्थतन्त्र, समाज by . Leave a Comment on रोङ गाउँपालिकामा ४४ करोड बजेट पारित.

इलाम । इलामको रोङ गाँउपालिकाको ११औ गाँउसभा सम्पन्न भएको छ । सभाले ४४ करोड १८ लाख ८१ हजार ५ सय रुपैयाँँ बराबरको बजेट पारित गरेको छ । ३ दिनसम्म सञ्चालन भएको गाउँसभामा न्यायिक समिति सञ्चालन कार्यविधि सम्बन्धी विधेयक, कार्यपालिकाको चालु आर्थिक वर्षको सबै निर्णयहरु समेत सर्वसहमत पारित गरेको थियो । सभा समापनको अवसरमा एक कर्मचारी र […]

४७ अंकले घट्यो नेप्से, कारोबार रकम डेढ महिनायताकै न्यून

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ४७ अंकले घट्यो नेप्से, कारोबार रकम डेढ महिनायताकै न्यून.

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ४७.४९ अंकको गिरावट हुँदा २८२८ अंकमा बन्द भएको छ । बजार परिसूचकसँगै कारोबार रकम पनि घटेर डेढ महिनायताकै न्यून रकमको कारोबार भएको छ । आज नेप्सेमा गएको वैशाख ३० गतेयताको न्यून रकमको कारोबार भएको हो […]

सोमबारदेखि माथिल्लो तामाकोसीले ७६ मेगावाट विद्युत् उत्पादन गर्ने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on सोमबारदेखि माथिल्लो तामाकोसीले ७६ मेगावाट विद्युत् उत्पादन गर्ने.

काठमाडौ । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आउँदो सोमबारदेखि ७६ मेगावाट विद्युत उत्पादन हुने भएको छ । विद्युत उत्पादन गर्न अन्तिम चरणका परीक्षणका काम भइरहेको आयोजनाले जनाएको छ । ७६/७६ मेगावाटका ६ युनिट रहेको ४५६ मेगावाट जडित क्षमताको आयोजनाबाट यही असार २१ गतेदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय गरिएको हो । […]

धानबालीको उत्पादनमा वृद्धि भए मात्रै देशको समृद्धि : कृषिमन्त्री नेम्वाङ

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on धानबालीको उत्पादनमा वृद्धि भए मात्रै देशको समृद्धि : कृषिमन्त्री नेम्वाङ.

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकुमार नेम्वाङले धानको उत्पादनलाई वृद्धि गरी आत्मनिर्भर हुन सके मात्रै देशमा समृद्धि प्राप्त हुने बताएका छन् । मंगलबार १८औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुँदै मन्त्री नेम्वाङले देशको अर्थतन्त्रको भरपर्दो आधार कृषि भएको र कृषिमा पनि धानबाली भएकाले धानबालीको उत्पादनमा वृद्धि भए मात्रै देशको […]

५ अंकले बढ्यो नेप्से परिसूचक

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, by . Leave a Comment on ५ अंकले बढ्यो नेप्से परिसूचक.

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक ५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ५ दशमलव ११ अंकले बढेर २ हजार ८ सय ७५ दशमलव ४९ अंकमा झरेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ । कारोबार रकममा […]

झापाका दुई गाउँपालिकाले नागरिकको विद्युत् शुल्क तिरिदिने

Published: in अर्थतन्त्र, समाज, स्थानीय तह by . Leave a Comment on झापाका दुई गाउँपालिकाले नागरिकको विद्युत् शुल्क तिरिदिने.

झापा । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् । झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताए । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले […]

नेप्सेमा दोहोरो अङ्कले वृद्धि

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेप्सेमा दोहोरो अङ्कले वृद्धि.

काठमाडौं । गएको बुधवार र बिहीवार घटेको शेयर बजार आइतवार (आज) भने २७ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से आज २७ दशमलव ३८ अङ्कले बढेर दुई हजार आठ सय ७० दशमलव ३८ अङ्कमा पुगेको छ । आज हाइड्रोपावर समूहको शेयर ७६ दशमलव १ अङ्कले, व्यापारको ४७ दशमलव २ अङ्कले, बैंकिङ समूहको ३८ दशमलव २६ अङ्कले […]

सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने सरकारी निष्कर्ष

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सार्वजनिक सवारीको भाडा बढाउनुपर्ने सरकारी निष्कर्ष.

काठमाडौं । सार्वजनिक सवारीको वैज्ञानिक भाडा समायोजनबारेको अध्ययन प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पुगेको छ । प्रतिवेदनले वैज्ञानिक भाडा समायोजन गर्दा भाडा बढाउनुपर्ने अवस्था रहेको औंल्याएको छ । २०६९ सालदेखि वैज्ञानिक रुपमा भाडा समययोजन नभएको भन्दै व्यवसायीले लामो समयदेखि सरकारले बनाएको वैज्ञानिक भाडा समायोजनको मापदण्डअनुसार भाडा पुनरावलोकन गर्न माग गर्दै आएका छन् । त्यसकै […]

आगामी सातादेखी माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण सुरु हुने

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on आगामी सातादेखी माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण सुरु हुने.

काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । त्यसपछि बिजुलीको […]