काठमाडौं । सेयर बजार घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । गत सोमबार ३०२५.८३ अंकमा पुगेर मंगलबारबाट घट्न सुरु भएको नेप्से त्यसयता लगातार घटिरहेको छ । यो साताको पहिलो कारोबार दिन आइतबार ६३ अंकले गिरावट भएको बजारमा आज यो समाचार तयार गर्दासम्म ७२ अंकको गिरावट भइसकेको छ । ११ बजेबाट कारोबार सुरु भएको बजारमा […]
काठमाडौँ । अविरल वर्षा र बाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइन अवरुद्ध हुँदा करिब १० अर्ब रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ । बाढीका कारण करिब डेढ दर्जन निजी र केही नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजना प्रभावित भएका थिए । प्राधिकरण स्वामित्वका सबै आयोजना अहिले सुचारु रहे पनि निजी क्षेत्रका आयोजना सुचारु […]
एनएमसी डेरी उद्योगको स्थापना २०७२ सालमा भएको हो । वैशाख २ गतेबाट परीक्षण उत्पादन शुरुगरी वैशाख १३ गतेबाट आफ्ना उत्पादनहरु बजारमा प्रवेश गराएको हो । एनएमसी डेरी उद्योग सुरु हुनुभन्दा अगाडि र यो अवधि (६ वर्ष पूरा प्रवेश गर्दासम्म) के फरक भयो ? यो विषयमा आफैंले अनुभूति गरेका केही अवस्थाका बारेमा यो आलेखमा चर्चा गरेको […]
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो (ठूलो अंकको गिरावट) आएको छ । कारोबार सुरु भएको केहि मिनेटसम्म उकालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बजार बन्दा हुँदा उच्च अंकको गिरावट देखियो । ३ हजार माथि पुगेर रेकर्ड बनाएको नेप्से परिसूचक आइतबार २ हजार ९ सय ५ मा रोकिएको छ । नेप्सेमा कारोबार […]
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले कर्जाको किस्ता या ब्याज भुक्तानी बुझाउनेहरुका लागि १० प्रतिशत छुट गर्ने भएको छ । बैंकले विज्ञप्तिमार्फत कोरोना सङ्क्रमणका कारण प्रभावित भएको उद्योग एवम् व्यवसाय निरन्तरता एवम् पुनरुत्थानका लागि १० प्रतिशत छुटको व्यवस्था गर्ने भएको हो । कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको कतिपय ऋणीको व्यावसायिक कारोबार बन्द भएकाले यो महिनाभित्र कर्जाको किस्ता […]
काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार ५२ अंकले घटेको नेप्से परिसूचक बिहीबार भने १ दशमलव ३ अंकले घटेर २ हजार ९ सय ६८ दशमल ४२ अंकमा झरेको छ । नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त रहेको भन्दै मंगलबार ५१ कम्पनीको नाम नै तोकेर सूची सार्वजनिक गरेको […]
काठमाडौं । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष कर छुटको व्यवस्था गर्ने उल्लेख छ । लाई थप प्रभावकारी बनाउन सरोकारवाला निकायहरूसँगको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यो रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च […]
काठमाडौं । सरकारले नेपाली श्रमिक संख्या धेरै रहेका मुलुकको हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको सीसीएमसी निर्देशन समितिको बैठकले नेपाली श्रमिक धेरै रहेका ६ देशमा उडान खोल्ने निर्णय गरेको हो । निर्णयानुसार उडान पुनः सञ्चालन गरिनेमा टर्की, कतार, साउदी अरेबिया, यूएई, जापान र मलेसिया छन् । यी देशहरुबाट सातामा दुई हजारजना […]
काठमाडौं । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । बुधबार प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२ दशमलव ४१ अंकले घटेर २ हजार […]