विराटनागर । प्रदेश नम्बर १ सरकारले निजामती कर्मचारीहरूलाई खाजा खर्च दिने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै आर्थिक मामिला मन्त्री आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध गराउने घोषणा गरेका हुन् । कर्मचारीहरुको प्रोत्साहनका लागि साउन १ गतेबाट हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्चको व्यवस्था गरिने उनले बताए […]
विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री टङ्क आङ्बुहाङले आर्थिक वर्ष २०७८–७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले ४० अर्ब ८९ करोड ९९ लाख ४७ […]
काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेको छ । उता ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेको छ । […]
काठमाडौं । चलचित्रकर्मीले बजेटले चलचित्र क्षेत्रलाई सम्बोधन नगरेको बताएका छन् । कोरोना संक्रमणका कारण चलचित्र क्षेत्र नै विस्थापनको जोखिममा परेको भन्दै उनीहरुले अर्थमन्त्री विष्णु पौडेलसमक्ष तत्काल देखिने गरी सरकारको सहयोग आवश्यक रहेको बताएका छन् । तर, अर्थमन्त्री पौडेलले “चलचित्र क्षेत्रका लागि केही गर्छु भन्नेमा प्रतिबद्ध छु र केही गरेँजस्तो पनि लाग्छ, केही भएन र ?” […]
मेचीनगर । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले आजदेखि मेचीनगर–२ स्थित भृकृटीबजारमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । एनएमसीको ४१ औं शाखा कार्यालयको रुपमा स्थापित भृकुटीबजार शाखाको मंगलबार एक कार्यक्रम गरी उद्घाटन गरिएको हो । मेचीनगर २ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको अध्यक्षता बाहुनडाँगी कार्यालयगत उपसमितिका संयोजक हरिप्रसाद उप्रेतीले गरेका […]
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदै छ। आज दिउँसो ३ बजे प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् । यसअघि मुख्यमन्त्री शंकर पोखरेलले नै लगातार ३ पटक बजेट पेस गरेका थिए । प्रदेश आज चौथो पुर्ण बजेट १ […]
काठमाण्डौ । आज आर्थिक वर्ष २०७८/७९ को बजेट सातवटै प्रदेश सरकारले सार्वजनिक गर्ने भएका छन् । अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐन अनुसार हरेक असार १ गते प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज सबै प्रदेशले बजेट सार्वजनिक गर्न लागेका हुन् । केन्द्र सरकारले सात प्रदेश सरकारलाई १ खर्ब ३ अर्ब रुपैयाँका लागि चार किसिमको […]
काठमाडौं । शेयर बजार परिसूचक नेप्सेले तीन हजार अङ्कको कीर्तिमानी विन्दु पार गरेको छ । नेप्से सोमवार (आज) ४२ दशमलव ७२ अङ्कले बढेर तीन हजार २५ दशमलव ८३ विन्दुमा पुगेको छ । नेपाली शेयर बजारको इतिहासमा नेप्से पहिलो पटक तीन हजारको विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको शेयर साढे ५२ अङ्कले, होटलको एक सय […]
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक र प्राविधिक […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले सुरक्षा मापदण्ड पालना गरेर आवश्यकता अनुसार बैंक तथा वित्तीय संस्था खोल्न निर्देशन दिएको छ । यसअघि फरक दिन, फरक ठाउँमा कोटा तोकेर सेवा दिइरहेका बैंक तथा वित्तीय संस्थाका शाखा अब आवश्यकता अनुसार खुला गर्न पाइनेछ । तर नजिक नजिकै रहेका दुई वा दुईभन्दा धेरै शाखा खोल्नुको साटो एउटै शाखाबाट सेवा […]