काठमाडौं । नेपाल धितोपत्र बोर्डले स–साना बचत संकलन गरी दीर्घकालिन पुँजी उत्पादनशील क्षेत्रमा सहयोग पुर्याउने बोर्डले उद्देश्यले सफलता हासिल गरेको जनाएको छ । सेयरको प्राथमिक बजारमा (आईपीओ) यो वर्ष ७८ अर्ब रुपैयाँ लगानी भएको छ । जुन २८ वर्षको इतिहासकै उच्च हो । आईपीओमा लगानीकर्ताको आकर्षण धेरै देखिन्छ । गत असारमा १७ लाख डिम्याट खाता […]
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँ ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले त्यस कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रुपैयाँ दिन र निःशुल्क सिमकार्ड प्रबन्ध […]
काठमाडौं । नेप्से परिसूचकमा मंगलबार रेकर्ड ब्रेक भएको छ । गत सोमबार ठूलो करेक्सनपछि सेयर बजार परिसूचक नेप्सेले गत आइतबारको आफ्नै रेकर्ड ब्रेक गर्दै मंगलबार ५३ दशमलव ४४ अंकले वृद्धि गरेको हो । नेप्सेका अनुसार आज सेयर बजार अधिकतम ५३ दशमलव ४४ अंकले बढेर २९६० दशमलव १४ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु […]
काठमाडौं । विदेशी लगानी ल्याउँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिन नपर्ने भएको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ जारी गर्दै यस्तो व्यवस्था गरिएको हो । “विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपश्चात् सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट […]
झापा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा सरकारले अघि बढाएको मेची–महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–इनरुवा खण्डमा जग्गा मुआब्जा समस्या देखिएको छ । रेल्वे प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिले मुआब्जा निर्धारण तथा वितरणमा समस्या भएको जनाएको हो । संवाद समूह प्रदेश १ ले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै रेल्वे प्रभावित समन्वय तथा मुआब्जा निर्धारण समितिका अध्यक्ष डा.लक्ष्मीप्रसाद […]
झापा । नेपाल चलचित्रकर्मी संघले प्रदेश १ सरकारलाई १२ वुँदै ज्ञापनपत्र बुझाएको छ । आइतबार संघका अध्यक्ष केवल तामाङले प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री उषाकला राई र आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ्ग (लिम्बु)लाई सम्बन्धित मन्त्रालयमै पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा प्रदेश सरकारले आगामी बजेटमा […]
काठमाडौं । चुरे संरक्षणका लागि चुरे क्षेत्रमा कुनै पनि उत्खनन्का काम नगर्ने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । चुरे क्षेत्रबाट माटो, ढुङ्गा, गिटी, वालुवा उत्खनन् गर्न नहुनेमा आफू प्रतिवद्ध रहेको उनले जनाए। नेपाल आर्थिक पत्रका संघले आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यान्वयनको चुनौति विषयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले चुरे क्षेत्रलाई हरावरा बनाउन र त्यसको […]
काठमाण्डौ । प्रदेश नं.१ र कर्णाली प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । सङ्घीय सरकारले बजेट सार्वजनिक गरेको १५ दिनभित्र बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था छ। आर्थिक कार्यविधि ऐनअनुसार बजेट ल्याउनुपूर्व १५ दिन पूर्वबजेट छलफल गर्नुपर्ने नियम भए पनि त्यसलाई अध्यादेशमार्फत संशोधन गर्दै प्रदेश सरकारले ढिला गरी बजेट अधिवेशन आह्वान गरेका हुन्। गतको बिहीवार बसेको मन्त्रिपरिषद् […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयको सामुन्ने रहेको एनएमसी डेरी मेचीनगरको मात्र होइन, झापाकै गहना बन्दै गएको छ । कच्चा दूध तथा दूधजन्य वस्तुहरु उपभोग गर्दै आएका झापाबासीलाई एनएमसी डेरीले प्रशोधित दूधको सेवन गर्ने बानीको विकास गरिदिएको छ । ६ वर्षअघि सञ्चालनमा ल्याइएको डेरी उद्योगको स्लोगान ‘गोठदेखि ओठसम्म’ बनाइएको छ, जुन नारालाई सार्थक कार्यान्वयन गर्न […]
काठमाण्डौ । कारोबार हुने हप्ताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से ५० अङ्कले बढेर रेकर्ड विन्दुमा पुगेको छ । बैंकिङ समूहको शेयरमा उछाल आउँदा नेप्से ५० दशमलव १३ अङ्कले बढेर २९ सय ६ दशमलव ८९ विन्दुमा पुगेको हो । यो नेपालको शेयर बजार इतिहासमा सबैभन्दा उच्च विन्दु हो । आज बैंकिङ समूहको शेयर ६९ दशमलव […]