झापा । पृथ्वीको सबैभन्दा ठूलो बिरुवा अस्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा फेला परेको छ । वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । यो बिरुवा पोसिडोनिया अस्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिन्छ । यो सामान्यतया अष्ट्रेलियाको दक्षिणी तटवर्ती किनारमा पाइन्छ । आनुवंशिक परीक्षण प्रयोग गरेर […]
काठमाडौं । तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका चालक दलका सदस्यसहित २२ जनाको शव पोष्टमार्टम गरिँदैछ । जेठ १५ मा पोखराबाट उडेको ट्विनअटर सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव पोष्टमार्टम भइरहेको छ । पोष्टमार्टम सकिएपछि एकैपटक मृतकका आफन्तहरूलाई शव हस्तान्तरण गरिने […]
झापा । सङ्खुवासभामा निर्माणाधीन सडकमा पहिरो खस्दा दुई मजदुरको ज्यान गएको छ । चैनपुर नगरपालिका–१ नुनढाकी सडक खण्ड निर्माणका क्रममा पहिरो खस्दा त्यहाँ काम गरिरहेका मजदुर धरानका ३५ वर्षका रामकुमार राई र उदयपुरका हेमबहादुर मगरको ज्यान गएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए।
काठमाण्डौ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । आयोगको हिजो बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुुल्क वृद्धि गर्ने निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा.भोजराज काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र […]
काठमाण्डौ । दीर्घ जीवन, गुणस्तरीय दूध तथा दुग्ध पदार्थको सेवन भन्ने नाराका साथ आज विश्व दूध दिवस मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा आज विभिन्न कार्यक्रम हुँदैछन् । आमनागरिकलाई दूधको उपभोगमा वृद्धि गर्न चेतना फैलाउने उद्देश्यले विश्व दूध दिवस मनाउन थालिएको हो । विश्वका धेरै देशमा सन् २००१ देखि नै दिवस मनाउन थालिए पनि […]
काठमाण्डौ । सरकारको नयाँ नियम कार्यान्वयनमा समन्वय हुन नसक्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आजका आन्तरिक उडानमा ढिलाइ भएको छ । सरकारले उडान सुरक्षालाई ध्यानमा राखेर गरेको निर्णय कार्यान्वयनमा समन्वय हुन नसक्दा बिहान दुई घण्टा उडान ढिलो भएको हो । आज बिहानको मौसम सफा भए पनि ६ बजे लुक्लाका लागि उड्न लागेको जहाजलाई अनुमति नदिँदा २ घण्टा […]
झापा । भारतीय गायक कृष्णकुमार कुन्नथ (केके) को निधन भएको छ । ५३ वर्षका केकेको गएराति कोलकातामा निधन भएको हो । कोलकाताको एउटा कार्यक्रममा पुगेका केकेको हृदयघातका कारण निधन भएको डाक्टरको प्रारम्भिक अनुमान छ । तमिल, तेलुगु, कन्नड, मराठी, बङ्गाली र गुजराती फिल्ममा गीत गाएका केके कोलकाताको गुरुदास कलेजमा एउटा कार्यक्रममा सहभागी हुन पुगेका थिए। […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्त […]
२४ वर्षमा यती समूहको १३ औं हवाई दुर्घटना : हालसम्म ९७ जनाले ज्यान गुमाए काठमाडौँ । जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान घटना यती समूहको २४ वर्षयता भएको १३औं हवाई दुर्घटना हो । नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा हवाई दुर्घटनाको रेकर्ड राख्न थालिएको ६७ वर्षयता भएका आइतबारको दुर्घटनासमेतलाई जोड्दा […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगर कार्यपालिकाको बैठकको लाइभ (प्रत्यक्ष प्रशारण) गर्ने भएका छन् । सोमबार पदभार ग्रहणपछि साहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका हुन् । पदभार ग्रहणपछि सञ्चारकर्मीसँग प्रमुख साहले नगर कार्यपालिकाको बैठक सोमबार (आज) दिउँसो ४ बजेलाई बोलाउने र बैठकको लाइभ गर्ने प्रतिक्रिया दिए । प्रमुख साहले […]