Sajhamanch Archive

तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला.

काठमाडौँ । पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका १५ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन्। जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ ल्याङखु खोलाको मुहान नजिकै सानोसरे भन्ने ठाउँको पहाडमा ठोक्किएर दुर्घटनामा परेको अवस्थामा जहाज सोमबार बिहान फेला परेको थियो। आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडान भरेको केहीबेरमा जहाज सम्पर्कविहीन भएको थियो। […]

सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on सवारी लाइसेन्सका लागि दिइएका सबै अनलाइन आवेदन रद्द.

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । नयाँ अनलाइन प्रणाली सुरु गर्न भन्दै विभागले नयाँ तथा वर्ग थपका लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको हो । विभागका अनुसार अब applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्नेछ । नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ […]

मेयर बालेन्द्रले लिए नेपाल भाषामा सपथ

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on मेयर बालेन्द्रले लिए नेपाल भाषामा सपथ.

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सपथ लिएका छन् । सोमबार राष्ट्रिय सभागृहमा आयोजित सपथ ग्रहण समारोहमा साहले नेपाल र नेपाली भाषामा सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत राजु खतिवडाले महानगर प्रमुखमा निर्वाचित साहलाई सपथ गराएका हुन् । साहले सपथ लिएपछि प्रमुख साहले उपप्रमुख सुनिता डंगोल र वडाध्यक्ष, वडा सदस्यहरुलाई शपथ […]

दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारीः तारा एयर.

काठमाडौं । तारा एयरले आफ्नो वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको छ । उक्त कम्पनीले सोमबार एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीन वटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिएको हो । प्रतिकूल मौसम […]

उदयपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on उदयपुरमा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु.

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ भदौरेमा आज बिहान भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । सिमेन्ट बोकेर पथलैयाबाट सोलुखुम्बुतर्फ जाँदै गरेको ना ८ ख ८२९७ नम्बरको लोबेड गाडी भदौरे भन्ने स्थानमा आज बिहान राती साँढे २ बजेको समयमा आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी १०० मिटर तल खसेर दुर्घटना भएको थियो । उक्त […]

विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on विपन्न नागरिकलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड विनियोजन.

काठमाडौँ । सरकारले मृगौला प्रत्यारोपण, क्यान्सर र मेरुदण्डका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने भएको छ । यसका लागि १ अर्ब ५० करोड बजेट बिनियोजन गरिएको आगामी आर्थिक बर्षको बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिएका हुन् । यसका साथै अब मृगौला प्रत्यारोपण निःशुल्क गरिएको छ । जसका लागि १० करोड रुपैयाँ बिनियोजन […]

विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘लोरी’ले जित्यो अवार्ड.

काठमाण्डौ । नेपाली सर्ट फिल्म ‘लोरी’ले कान्स फिल्म फेस्टिभल सन् २०२२ मा अवार्ड जितेको छ । विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलोपटक अवार्ड जितेको हो । अविनाश विक्रम शाहले निर्देशन गरेको नेपाली फिल्म ‘लोरी’ ले सर्ट फिल्म अवार्ड जितेको हो । कान्समा यसपटक १ सय ४० देशका ३ हजार ५ सय ७ वटा […]

ताराको जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैनः वायुसेवा सञ्चालक संघ

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, विविधा by . Leave a Comment on ताराको जहाज मुस्ताङको लार्जुङ खोचमा भेटिइसक्यो, जान सकिएको छैनः वायुसेवा सञ्चालक संघ.

पोखरा । पोखराबाट जोमसोमका लागि उडेर हराइरहेको तारा एयरको जहाज भेटिएको तर, दुर्घटनास्थलमा जान नसकिएको वायुसेवा सञ्चालक संघ जनाएको छ । संघका प्रवक्ता योगराज शर्मा कँडेलले ९ एन एईटी कल साइनको ट्वीनअटर जहाज भेटिइसकेको तर दुर्घटनास्थलमा जान मात्रै नसकेको जानकारी दिए । उनले हराइरहेको जहाज दुर्घटनामा परेको पुष्टि गर्दै भने, ‘लेतेबाट सम्पर्कविहीन भएको जहाज लार्जुङको […]

यौन हिंसाका मुद्धामा हदम्याद बढाउन संसद सचिवालयमा विधेयक दर्ता

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on यौन हिंसाका मुद्धामा हदम्याद बढाउन संसद सचिवालयमा विधेयक दर्ता.

काठमाडौं । यौन हिंसाको मुद्दामा उजुरी गर्ने हदम्याद बढाउने सम्बन्धी विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यौन हिंसाका मुद्धामा पीडितले उजुरी गर्ने हदम्याद बढाउनुपर्ने चौतर्फी आवाज उठेका बेला सरकारले उक्त विधेयक दर्ता गरेको हो । कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले यौन हिंसाको मुद्धामा हदम्याद बढाउने सम्बन्धी विधेयक आइतबार दर्ता गराएका संसद […]

तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि

Published: in मिडियाबाट साभार by . Leave a Comment on तारा एयरको जहाजमा चालकदलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि.

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमानमा चालक दलका सदस्यसहित २२ जना सवार रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार रहेको जानकारी रहेको बताए । विमान ९ बजेर ५५ मिनेटमा उडेको थियो । यहाँ १७ देखि बढीमा २० […]