काठमाडौं । तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको सो जहाज सम्पर्कविहीन भएको नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए । त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले घटनाबारे बुझ्ने काम भइरहेको बताए । उनले भने–‘विमान सम्पर्क बिहिन भएको कुरा आएको छ, हामी बुझ्दैछौँ ।’
झापा । रूपन्देहीको भलबारीस्थित नेपाल आयल निगमको डिपो आगलागीबाट ठूलो दुर्घटना हुनबाट जोगिएको छ। आयल निगममा ट्यांकरबाट डिपोमा तेल खन्याउने क्रममा दुइटा ट्यांकरमा अचानक आगलागी भएको थियो। ईलाका प्रहरी कार्यालय मंगलापुर अनुसार लु २ ख २६५६ र लु २ ख ५६८५ नम्बरको ट्यांकरमा बिहान ११ः४० मा लागेको आगो ११ः५५ मा नियन्त्रणमा आए पनि एउटा ट्यांकर […]
झापा । अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले चाहिँ प्राप्त सुविधा जनसेवामा नै लगाउने भएका छन् । संविधानले स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको कानुनमा जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा […]
झापा । कैलालीमा २५ लाख ६८ हजार भारतीय रुपैयाँ र दुई तोला सुन प्रहरीले बरामद गरेको छ। भारतको विभिन्न स्थानबाट भारुसहित सुन चोरी गरी लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरी रुपैयाँ र सुन बरामद गरेको हो। जिल्लाको घोडाघोडी नगरपालिका–८ र बर्दगोरिया–४ सुन्दरपुरबाट खेतमा गाडेर लुकाइएको अवस्थाबाट नगद र सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले […]
झापा । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएको छ। उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको बताइएको छ। बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि सुक्खा राज्यको रूपमा चर्चा गरिने गरिएको छ। […]
काठमाण्डौ । राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ । सरकारको आर्थिक वर्ष २०८९÷८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र […]
झापा । ईलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने सेवाप्रवाह प्रायः ठप्प भएको छ । वडा कार्यालयबाट प्रदान गरिने नागरिकता सिफारिस लगायत दैनिक कार्य प्रभावित भएको हो । बैंक , वित्तीय संस्था , एफएम लगायतका सञ्चार […]
काठमाडौँ । हालै सम्पन्न स्थानीय तहको निर्वाचन २०७९ मा आफ्नो पार्टीले अपेक्षित परिणाम हासिल नगरेपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । आज प्रेस विज्ञप्ती प्रकाशन गरेर अध्यक्ष मिश्रले हालैको निर्वाचनमा आफ्नो पार्टीले प्राप्त गरेको परिणामको सम्पूर्ण जिम्मेवारी लिँदै बुधबारबाटै लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका छन् । विज्ञप्तीमा उनले भनेका […]
काठमाडौं । सिन्धुलीका डोरबहादुर खपाङ्गीले विश्वकै होचो किशोरको रुपमा विश्व कीर्तिमान बनाएका छन् । ७३ दशमलव ४३ सेन्टिमिटर अर्थात २ फिट ४.९ इन्च अग्ला १८ वर्षका खपाङ्गीले संसारकै होचा किशोर (टीनएजर)को रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएका हुन् । उनलाई मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डसको प्रमाणपत्र हस्तान्तरण गरिएको हो […]
वीरगन्ज । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पाँचदलीय गठबन्धनका मेयर पदका उम्मेदवारमा जसपाका राजेशमान सिंह ४६ हजार २ सय १५ मत ल्याएर निर्वाचित भएका छन्। २३ हजार ६ सय ७१ मत ल्याएका एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा झडै दोब्बरले मत ल्याएर सिंह विजेता बनेका हुन्। यो ऐतिहासिक जीतसम्म पुग्न वीरगन्जको राजनीतिमा साढे ३ दशकको यात्रा […]