Sajhamanch Archive

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ.

काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा […]

मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on मनोज पाण्डेविरुद्ध मानव बेचबिखन र बालबालिकाविरुद्ध कसूरमा जाहेरी.

काठमाडौं । सौन्दर्य प्रतियोगिताको नाममा बालिका बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरुद्ध मानवबेचबिखन तथा ओसारपसारविरुद्धको कसुर र बालबालिकाविरुद्धको कसूरमा दुई वटा जाहेरी दर्ता भएको छ । बुधबार सामाजिक सञ्जाल टिकटकमा २० वटा भिडियो सार्वजनिक गर्दै आठ वर्ष पुरानो घटनाबारे खुलासा गरेकी युवतीको मानवबेचबिखन र अर्की पीडित किशोरीको बालबालिकाविरुद्धको कसूरमा जाहेरी दर्ता भएको काठमाडौं प्रहरी प्रमुख […]

सिरहामा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सिरहामा धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या.

सिरहा । सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या गरिएको हो । सन्तकुमारको यहि ११ जेठमा विवाह हुने भएकाले गाउँले महिलाहरू विवाह गीत गाएर १२ बजे सुतेका बाबुछोराको […]

‘बलात्कारी’ नै म्यादी प्रहरी, बिदाइ समारोहबाट पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on ‘बलात्कारी’ नै म्यादी प्रहरी, बिदाइ समारोहबाट पक्राउ.

काठमाडौँ । बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् । उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा […]

६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक

Published: in मिडियाबाट साभार, मुख्य समाचार by . Leave a Comment on ६ सय ९० वटा पालिकाको मत परिणाम सार्वजनिक.

काठमाण्डौ । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो । नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ […]

युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on युक्रेनमा युद्धका कारण संसारभरी खाद्य संकट आउन सक्ने संयुक्त राष्ट्रको जिकिर.

काठमाडौं । संयुक्त राष्ट्रले अबका केही महिनामा विश्वले खाद्य संकटको सामना गर्नुपर्ने जिकिर गरेको छ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले युद्धले खाद्य संकटलाई थप बढाइदिएको छ । मूल्यवृद्धि अत्यधिक छ र यसले सबैभन्दा धेरै गरिब देशलाई प्रभावित पारिरहेको छ । उनले आफ्नो सम्बोधनमा युक्रेनको खाद्य निर्यातलाई हमला अघिको स्थितिमा पुर्याउन नसके विश्वले धेरै वर्षसम्म […]

अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on अन्टार्कटिकामा ६ महिनाका लागि सूर्य अस्तायो.

झापा। अन्टार्कटिकमा सूर्य अस्ताएको छ । संसारका सबैजसो ठाउँमा सधैझैँ हरेक विहान सूर्य उदाउनेछ तर अन्टार्कटिकामा भने अबको ६महिना विहान हुनेछैन । त्यहाँ अबको आधा वर्ष केवल अँध्यारो हुनेछ । अर्थात् त्यहाँ बस्ने वैज्ञानिक तथा आसपास बस्ने मानिसहरुले अब केवल अक्टोबर महिनामा मात्रै अन्टार्कटिकाको आकाशमा सूर्य देख्न पाउनेछन् । सन् २०२२ को मे १२ मा […]

धनौजीमा झडपः एकजना प्रहरी घाइते

Published: in मिडियाबाट साभार, राजनीति, स्थानीय तह by . Leave a Comment on धनौजीमा झडपः एकजना प्रहरी घाइते.

धनुषा । धनुषाको धनौजी गाउँपालिकामा ब्यालेट बक्समा खसेको मतभन्दा १५ मत धेरै भेटिएपछि विवाद भएको छ । धेरै मत भेटिएपछि एकीकृत समाजवादीका कार्यकर्ता र प्रहरीको बीचमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन २५ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता (डिएसपी) प्रदिप बहादुर क्षेत्रीले रातोपाटीलाई बताए । अहिले जिल्लाबाट डिएसपी दिपक राय […]

अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने

Published: in मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on अहिलेकै गतिमा मतगणना गरे काठमाडौंको परिणाम आउन ३० दिन लाग्ने.

काठमाडौं । काठमाडौं महानगरपालिकामा पछिल्लो २४ घण्टामा ६ हजार मतगणना भएको छ। अहिलेको गतिमा मतगणना भए काठमाडौं महानगरपालिकाको मतगणना गर्न ३० दिन लाग्ने देखिएको छ। ३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौंमा ६३ प्रतिशत मतदान भएको थियो। प्राप्त भएको तथ्याङ्कअनुसार काठमाडौंमा १ लाख ९१ हजार मत खसेको थियो। २०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको […]

स्थानीय तह निर्वाचन २०७९ः मतदान उत्साहजनक, ठाउँ ठाउँमा झडप र मतदान स्थगित

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज, स्थानीय तह by . Leave a Comment on स्थानीय तह निर्वाचन २०७९ः मतदान उत्साहजनक, ठाउँ ठाउँमा झडप र मतदान स्थगित.

झापा । स्थानीय तह निर्वाचनको आज मुख्य दिन, देशका ७५३ वटै पालिकामा एकसाथ भइरहेको मतदान कार्यका बीच छिटपुट घटनाहरु पनि भएका छन् । विभिन्न स्ञ्चारमाध्यमहरुमा प्रकाशित प्रसारित समाचारअनुसार रौतहट जिल्लाको गढीमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित खरिदी प्रावि मतदान केन्द्रमा झडप भएको छ । उम्मेदवारहरुका समर्थक बीच भएको विवाद झडपमा परिणत हुँदा १५ जना घाइते भएका हुन् । […]