Sajhamanch Archive

युक्रेनमा युद्ध, सगरमाथामा मित्रता

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज by . Leave a Comment on युक्रेनमा युद्ध, सगरमाथामा मित्रता.

झापा । अहिले रुस–युक्रेनबीच युद्ध चलिरहेको छ तर सगरमाथा आरोहणका लागि क्याम्प १ र २ मा भने दुई देशका नागरिक मित्रवत् सगरमाथा आरोहणको अभ्यासमा छन् । सगरमाथा आरोहण गर्न एक जना रुसी र अर्की युक्रेनकी महिला आरोहीले पनि सगरमाथा आरोहणको एकसाथ तयारी गरिरहेका छन् । युक्रेनकी एन्ट्रोलिना र रुसकी लाना अहिले दुवै मित्रवत् व्यवहारसहित विश्व […]

वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने.

काठमाडौं । वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै नियमित आन्तरिक सेवा बन्द गर्ने बताएको छ । निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका […]

भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार.

झापा । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका–१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी तामाङको टाउकोमा चारवटा टाँका लगाएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ […]

नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

Published: in मिडियाबाट साभार by . Leave a Comment on नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै.

झापा । सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ रु’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने नेपाली समाजको बानीलाई परिवर्तन गर्नुपर्ने माग राख्दै नेपालमा पहिलोपटक गधा दिवस मनाउन थालिएको छ । मे ८ तारिखलाई गधा दिवसका रूपमा मनाउने घोषणासँगै एनिमल नेपाल संस्थाले […]

बदर मत बढ्ने खतरा

Published: (Updated: ) in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on बदर मत बढ्ने खतरा.

झापा । गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो । खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै सदर भयो । बाँकी १९ हजार २ सय ५४ मत बदर भयो । त्यसमा पनि ५ हजार ५ सय […]

नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा

Published: in मिडियाबाट साभार, शिक्षा, समाज by . Leave a Comment on नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा.

काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो । गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा […]

एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप, वडाध्यक्षका उम्मेदवार घाइते

Published: in मिडियाबाट साभार, समाज, स्थानीय तह by . Leave a Comment on एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप, वडाध्यक्षका उम्मेदवार घाइते.

काठमाडौँ । सुर्खेतको सिम्ता गाउँपालिकामा–६, बादे पीपलमा नेपाली काँग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबिच झडप भएको छ । बिहीबार राति ११ बजेतिर दोहोरो झडप हुँदा केही व्यक्ति घाइते भएको कर्णाली प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले बताए । झडपमा परी काँग्रेसका तर्फबाट सिम्ता–५ को वडाध्यक्षका उम्मेदवार रहेका उपेन्द्र सिंह र समर्थक सुरजसिंह ठकुरी घाइते […]

मादक पदार्थ सेवन गरेर बुबाआमाको हत्या

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on मादक पदार्थ सेवन गरेर बुबाआमाको हत्या.

झापा । ताप्लेजुङमा एक युवकले बुबाआमाको हत्या गरेका छन् । फक्ताङलुङ गाउँपालिका–६ लेलेपका २५ वर्षीय आइतराज लिम्बुले गएराति बाबु ७० वर्षीय बृखबहादुर र आमा ७२ वर्षीया फिपरानीको हत्या गरेका हुन्। आइतराजले मादक पदार्थ खाएर आमाबुबाको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक (डीएसपी) कैलाश राईले जानकारी दिए। आइतराजलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। […]

उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, स्थानीय तह by . Leave a Comment on उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन सुरु.

झापा । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले बैंकमार्फत मात्र खर्च गरेको वा नगरेको अनुगमन गर्न थालेको छ। आयोगको निर्देशनअनुसार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयले अनुगमन थालेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। आयोगले निर्वाचन आयोग ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ […]

ताप्लेजुङमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on ताप्लेजुङमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति.

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गएराति एक घरमा आगलागी हुँदा १६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अग्नि पीडित पराले आगलागीबाट घरमा रहेका कागजात, सरसामान तथा दुईवटा बङ्गुर जलेर नष्ट भएको बताए ।