काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत फेरि संगठित रुपमा सुन तस्करी हुन थालेको छ । सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्च स्तरीय समिति बनाएर अनुसन्धान गरेयता संगठित रुपमा सुन तस्करी भएको भटिएको थिएन । तर हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले तस्करीको दुई किलो तीन सय ५० ग्राम सुनसहित ५ जनालाई पक्राउ […]
काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिका–३ तिलकपुरबाट प्रहरीले खैरो हेरोइनसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २९ वर्षीय टिकेन्द्र चौधरी छन् । उनको साथबाट करिब २ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सुराकको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनको घर तलासी गर्दा […]
चितवन । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाउँमा गएराती टेम्पो पल्टिँदा गम्भीर घाइते भएका चालकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नम्बर ९ बस्ने अन्दाजी ३५ बर्षीय लक्ष्मण बछाइ रहेका छन् । भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा उनको राती ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनी चितवनले जनाएको […]
झापा । सरकारले दुई दिन सार्वजनिक बिदा दिनेगरी गरेको निर्णय मुलुकको अहितमा रहेकाले सो निर्णय सच्चाउनुपर्ने माग प्रशासकले गरेका छन् । सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने विश्लेषण प्रशासकको छ । प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र त्यसको असर संघीय शासन प्रणालीमा पर्न सक्ने […]
काठमाडौं । इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो । अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो […]
मकवानपुर । बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उनलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकारी दिए । प्रतिष्ठानका एक चौथाई सदस्यले उपकुलपति डा जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि […]
चितवन । भरतपुर महानगरपालिकाको भित्रि सडकमा दूध बोकेको ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिँदा मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ शान्ति मार्गमा भोजाडबाट विशालचोकतर्फ आउँदै गरेको बा २ क ४५७५ नं को ट्याङ्करले सोही दिशाबाट आउँदै गरेको साइकलयात्रीलाई आज दिउँसो ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते बाराको महागढीमाई नगरपालिका–५ बस्ने २० वर्षीय प्रमित भनिने आदित्य जैसवालको […]
झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारको नामावली आज प्रकाशन गर्दैछ। वैशख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आयोगले आज प्रकाशन गर्न लागेको हो। १३ उजुरी दिने समय तोकेको आयोगले हिजो र आज मनोनयन उपर जाँचबुझ गरी आज साँझ ६ बजे नामावली प्रकाशन गर्ने आयोगका प्रवक्ता शालिग्राम […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेलाडीप्रति देखाएको व्यवहारमा असन्तुष्टि जनाएका छन्। हाल माल्दिभ्समा रहेका किरणले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो असन्तुष्टि जनाउँदै खेलाडीको पक्षमा रहेको बताएका हुन्। ‘राष्ट्रिय टोलीको प्रशिक्षणमा खेलाडीप्रति प्रशिक्षकबाट गरिएको व्यवहारप्रति मेरो असन्तुष्टि छ। राष्ट्रिय टोलीको क्याम्पमा जायज विषय उठाउँदा खेलाडीलाई क्याम्प नै छोड्न लगाउनु पक्कै […]
झापा । कोभिड सङ्क्रमणको असर कम भएसँगै वैदेशिक रोजगार व्यवसाय ६ गुणाले वृद्धि भएको छ। गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आवको सोही अवधिमा म्यानपावरमार्फत वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढेसँगै व्यवसाय लयमा फर्केको हो। वैदेशिक रोजगार विभाग ताहचलका कम्प्युटर इन्जिनियर अर्जुन यादवले कोभिड सङ्क्रमणपछि नेपालका प्रमुख श्रम गन्तव्य खाडी र मलेसियाबाट मागपत्र आउने […]