Sajhamanch Archive

सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार

Published: (Updated: ) in मिडियाबाट साभार, समाज by . Leave a Comment on सेनाको हेलिकोप्टर मार्फत सुत्केरीको उद्धार.

झापा । सङ्खुवासभको सिलिचोङ गाउँपालिकाबाट हेलिकोप्टर मार्फत एक सुत्केरीको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक लालध्वज सुवेदीले सिलिचोङ–३ कोल्वाकी १८ वर्षीया मेलिना राईलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत उद्धार गरेको जानकारी दिए । सुत्केरी व्यथा लागेपछि उनलाई बुधबार राति प्राथमिक स्वास्थ्य केन्द्र ताम्कु भर्ना गरिएको थियो । उच्च रक्तचाप प्रभावित उनको त्यहाँ उपचार […]

दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ

Published: in मिडियाबाट साभार by . Leave a Comment on दरबारमार्गबाट रेडपाण्डाको छालासहित २ जना पक्राउ.

काठमाडौं । काठमाडौंको दरबारमार्गबाट प्रहरीले रेडपाण्डको छालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ भेड्पु घर भएका २९ वर्षीय तुलसाङ दोर्जे गोले र काभ्रे पाँचखाल नगरपालिका–२ घर भएका ३८ वर्षीय रामकुमार श्रेष्ठ छन् । प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले उनीहरुलाई दरबारमार्गस्थित होटल मिर्चीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ […]

महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ

Published: in मिडियाबाट साभार, विविधा by . Leave a Comment on महिला बेचविखनमा संलग्न ३२ वर्षपछि पक्राउ.

पर्सा । महिला बेचविखनमा संलग्न एक अभियुक्तलाई प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ। दुई महिलालाई भारतको मुम्बई कोठीमा लगी बिक्री गरेका पर्साको ठोरीका ५७ वर्षीय विष्णुबहादुर थापालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। पर्सा जिल्ला अदालतबाट २०६१ चैत १४ गते अभियुक्त थापालाई १० वर्ष कैद र रु २५ हजार जरिवाना सजाय भएको थियो। उनी घटनापछि फरार […]

सिंहदरबारमा राखेपको बोर्ड बैठक

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सिंहदरबारमा राखेपको बोर्ड बैठक.

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक सुरु भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा अहिले बैठक जारी छ । राखेपको बोर्ड बैठक तीन वर्षदेखि बस्न नसकेको अवस्थामा आज पहिलो पटक बैठक बसेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले राखेपको बोर्ड बैठक शुक्रबारका लागि बोलाएका […]

कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

Published: in मिडियाबाट साभार by . Leave a Comment on कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ.

सप्तरी । कर्तव्य ज्यान मुद्दाका २० वर्ष कैद सजाय ठहर भएकी प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ । सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका–७ बस्ने रानी देवी मण्डललाई बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए । जिल्ला अदालत सप्तरीले २०७५ फागुन १५ मा उनलाई २० वर्ष कैद ठहर गरेको थियो । उनलाई राजगढ गाउँपालिका–५ […]

भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलनको काम स्थगित.

काठमाण्डौ । राष्ट्रिय भूमि आयोगले लगत सङ्कलनको काम स्थगित गरेको छ । पालिका तहमा भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको लगत सङ्कलन हुँदै आएकोमा तत्कालका लागि स्थगित भएको आयोगले जनाएको छ । पालिका तहको चुनावसम्बन्धी आचारसंहिता लागू भएको, कर्मचारी चुनावमा खटिनुपर्ने र जनप्रतिनिधिले पनि चुनावी प्रक्रियामा भाग लिन राजीनामा दिनुपर्ने भएकाले पालिकाबाट भइरहेको लगत […]

आज विश्व पृथ्वी दिवसः ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदै

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on आज विश्व पृथ्वी दिवसः ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ मनाइँदै.

काठमाण्डौ । आज विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विश्व पृथ्वी दिवसका दिन नेपालमा पनि विभिन्न कार्यक्रम गरिन्छ । दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम हुँदै आएका छन् । रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पुनः प्रयोग गर्न मिल्ने ऊर्जा तथा प्लास्टिकको कम […]

जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि नेपाली क्रिकेट टोलीको घोषणा.

काठमाण्डौ । त्रिवि क्रिकेट मैदानमा हुने जिम्बाब्वे ए सँगको एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि आज शुक्रवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो । सन्दीप लामिछाने कप्तान रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित […]

छिमेकी देशमा कोरोना बढ्दोक्रममा, नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on छिमेकी देशमा कोरोना बढ्दोक्रममा, नेपालमा सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह.

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । आज बिहीबार एक सूचना जारी गर्दै कोभिड–१९ को संक्रमण दर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न […]

अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

Published: (Updated: ) in मिडियाबाट साभार by . Leave a Comment on अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो.

काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्को घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । बिहीबार बिहान १० बजे सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा अचानक विष्फोट हुँदा […]