झापा । सुनसरीको इटहरीमा बम विस्फोट भएको छ । गएराति इटहरी उपमहानगरपालिका–२ को नवजागृति टोलमा बम विस्फोट हुँदा तीन जना घाइते भएका प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बम विस्फोटमा घाइते हुनेमा इटहरी उपमहानगर–२ नवजागृति टोलमा बस्ने ४० वर्षकी लक्ष्मी थापा, उनका छोरा १८ वर्षका रवीन थापा र लमजुङका २३ वर्षका […]
काठमाण्डौ । काठमाण्डौको वसन्तपुरमा रहेको गद्दी बैठक आजदेखि साधारण नागरिकका लागि खुला हुँदैछ। दिउँसो ४ बजे संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठकको उद्घाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिएनुभयो। २०७२ वैशाखको भूकम्पले क्षति पुर्याएको गद्दी बैठक पुनर्निर्माण पछि पहिलो पटक नागरिकका लागि खुला गर्न लागिएको हो […]
झापा । प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा अन्य दलसँग तालमेल गर्ने र नगर्ने भन्नेबारे आज निर्णय गर्ने तयारी गरेको छ । गएको शुक्रवारदेखि बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएकाले आज बस्ने बैठकले चुनावमा तालमेल गर्ने र नगर्नेबारे निर्णय गर्ने सम्भावना रहेको कांग्रेसका नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिको बैठक […]
झापा । काठमाण्डौ विश्वकै सबैभन्दा धेरै वायु प्रदूषण भएको सहर बनेको छ । काठमाण्डौमा अहिले वायु प्रदूषण मापन सूचक एक्यूआई एक सय ६२ रहेको छ । एक्यूआई एक सय ५० भन्दा माथि जानुलाई त्यहाँको हावा मानव स्वास्थ्यका लागि अस्वस्थ रहेको मानिन्छ । विश्वका प्रदूषित सहरहरूको सूचीको दोस्रो नम्बरमा भारतको कोलकत्ता परेको छ । कोलकत्तामा वायु […]
झापा । शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज सोमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको […]
काठमाडौं । चीनमा गत चैत ७ गते सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार सबै १३२ जनाको मृत्यु भएको चीन सरकारले शनिबार पुष्टि गरेको छ । १२३ यात्रु र चालक दलका ९ सदस्य सवार चाइना इस्टर्न एयरलाइन्सको बोइङ–७३७ विमान कुन्मिङबाट गुआनझाओ जाने क्रममा दक्षिणी प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको थियो । २० घण्टासम्म पनि […]
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला निकट तरुण र विद्यार्थी नेताहरुको आज अलग्गै बैठक बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले तरुण दल र नेविसंघमा एकलौटी नियुक्त गरेको भन्दै असन्तुष्ट कोइराला पक्षले काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज आफू निकट नेताहरुको छुट्टै बैठक बोलाएको हो । दिउँसो १ बजे सुरु बैठकमा संघर्षलाई कसरी अघि बढाउने […]
काठमाण्डौ । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी सुरु भएको छ । एक–दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ सुरु गर्ने तयारी गरेको हो । हिजो मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि तयारी सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । स्थानीय तह […]
काठमाडौं । आउँदो स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने भएका छन् । निर्वाचन आयोगको आइतबार बसेको बैठकले मतदाताको अन्तिम नामावली टुंग्याएको हो । आयोगका अनुसार महिलाभन्दा पुरुष मतदाता धेरै रहेका छन् । आयोगले टुंग्याएको अन्तिम मतादाता नामावलीअनुसार, पुरुष ८९ लाख ९२ हजार १० छन् । त्यस्तै, महिला […]
झापा । मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले आज राति १२ बजेबाट हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बैठकका निर्णयबारे जानकारी दिनुहुँदै यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य […]