Sajhamanch Archive

धनुषामा सर्पको टोकाइबाट बालिकाको मृत्यु

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on धनुषामा सर्पको टोकाइबाट बालिकाको मृत्यु.

जनकपुरधाम । धनुषामा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका– १ चित्रपुरकी ५ वर्षीया सन्ध्याकुमारी महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । घरमै सुतिरहेकी सन्ध्यालाई बिहीबार बिहान पौने ३ बजे ओछ्यानमै सर्पले टोकेको उनकी आमा रञ्जनाले थाहा पाएकी थिइन् । अभिभावकले तत्कालै उपचारको लागि सिरहाको बन्दीपुर सर्पदंश उपचारका केन्द्रमा पुर्‍याएका थिए […]

करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on करण केसीले लिए वेष्ट इण्डिजको पहिलो विकेट.

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत आफ्नो तेस्रो खेलमा वेष्ट इण्डिजविरुद्ध नेपालले पहिलो सफलता पाएको छ । जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा नेपालका करण केसीले वेष्ट इण्डिजको पहिलो विकेट लिएका हुन् । केल मयर्सलाई उनले कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ रोजेपछि वेष्ट इण्डिजले ब्याटिङ गरेको हो ।

हर्क र बालेनलाई जोड्न सके खुसी हुन्थ्यौँ : रवि लामिछाने

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on हर्क र बालेनलाई जोड्न सके खुसी हुन्थ्यौँ : रवि लामिछाने.

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टीमा हर्क साम्पाङ र बालेन शाहलाई जोड्न सके खुसी हुने बताएका छन् । रास्वपाले गरेको पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन् । “हर्क र बालेनलाई जोड्न सके असाध्यै राम्रो हुन्थ्यो,” उनले भने, “हाम्रो चाहना छ सय प्रतिशत सकारात्मक छौँ । उहाँको कामको प्रसंशा गरेकै छु । चुनावदेखि […]

अनिल केशरी शाह रास्वपामा, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on अनिल केशरी शाह रास्वपामा, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी.

काठमाडौं । पूर्व बैंकर अनिल केशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनलाई रास्वपाले प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी दिएको केन्द्रीय सदस्य गणेश कार्कीले जानकारी दिए । रास्वपाको आज बसेको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पार्टी सभापति रवि लामिछानेले शाहलाई पार्टीको लोगो लगाइदिँदै पार्टीमा स्वागत गरे ।

विश्वकप छनोट: वेस्ट इन्डिजसँग खेल्दै नेपाल

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on विश्वकप छनोट: वेस्ट इन्डिजसँग खेल्दै नेपाल.

काठमाडौँ । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ। नेपालले आज टेस्ट टिम वेस्ट इन्डिजसँग हरारेमा प्रतिस्पर्धा गर्न लागेको हो। खेल १२:४५ मा सुरू हुनेछ। यसअघि नेपालले पहिलो खेलमा जिम्बावेसँग हार बेहोर्दा दोस्रो खेलमा अमेरिकालाई पराजित गरेको थियो। वेस्ट इन्डिजले भने दोस्रो खेल खेल्न लागेको हो। उसले पहिलो खेलमा अमेरिकालाई पराजित […]

लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, समाज by . Leave a Comment on लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन.

लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन चल्न सकेका […]

चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु

Published: in International, मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on चीनको एक रेष्टुरेन्टमा विष्फोट, ३१ जनाको मृत्यु.

काठमाडौं । चीनको उत्तरपश्चिमी क्षेत्रमा पर्ने निङ्गसियाको एक रेष्टुरेन्टमा विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचार जारी छ । बुधबार राति निङ्गसिया हुई स्वायत्त क्षेत्रको यिनचुआन शहरस्थित एक बारबीक्यु रेष्टुरेन्टमा ग्यास चुहावट भएर विस्फोट भएको थियो । चिनियाँ राष्ट्रपति सी जिनफिङले घटनाप्रति दुःख व्यक्त […]

नयाँ समीकरण बनाउन कांग्रेस र एमालेका दोस्रो तहका नेता संवादमा

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on नयाँ समीकरण बनाउन कांग्रेस र एमालेका दोस्रो तहका नेता संवादमा.

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा रहेकै क्षण नयाँ सत्ता समीकरणको रूपरेखा कोर्न कांग्रेस र एमालेका दोस्रो तहका नेताहरूबीच भित्रभित्रै चलिरहेका संवादले सत्तारूढ गठबन्धनभित्र अविश्वास बढाएको छ । धेरै साना दलको समीकरण बन्दा राजनीतिक अस्थिरता हुने भन्दै एमालेले दुई ठूला दलको सहभागितामा सरकार बनाउन पहल गरेको छ, जसले आकार भने लिइनसकेको दुवैतर्फका […]

सुध्रिएन खर्च गर्ने तरिका, सधैँ असारमै बढी पुँजीगत खर्च

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on सुध्रिएन खर्च गर्ने तरिका, सधैँ असारमै बढी पुँजीगत खर्च.

काठमाडौं । सरकारले प्रत्येक वर्ष पुँजी निर्माण तथा पूर्वाधार विकासमा गर्ने खर्च प्रणालीमा सुधार गर्ने भने पनि त्यसको सुधार हुन सकेको छैन । विकास निर्माणमा हुने पुँजीगत खर्च कम विनियोजन गर्ने र उक्त रकम सक्नकै लागि आर्थिक वर्षको अन्त्यमा आएर मात्र खर्च गर्ने अहिलेको मात्र समस्या हैन । यो त विगतदेखि नै चल्दै आएको परम्पराुजस्तै […]

कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, विविधा, समाज by . Leave a Comment on कोसी, वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना.

काठमाडौँ । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिम नेपालमा भारतको उत्तर प्रदेशमा रहेको निम्न चापीय क्षेत्रको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, वाग्मती, गण्डकी […]