धनगढी । कार दुर्घटनामा निधन भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीवहादुर सिंहको पार्थिव शरीरलाई धनगढीको रंगशालामा राखिएको छ। बुधबार बिहान राखिएको मन्त्री सिंहको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण भइरहेको छ। सुदूरपश्चिम सरकारका मन्त्री, प्रदेश सभा सासंद, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्मथक, जनप्रतिनिधि, आफन्तजन लगायतले श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। मन्त्री सिंहको पार्थिव शरीरलाई […]
ताप्लेजुङ । ताप्लेजुङका बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री पुर् याइएको छ। सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज लत्ताकपडा, टेन्ट, भाँडाकुँडासहित स्वास्थ्य सामग्री पठाइएको हो। कोशी प्रदेश सरकारबाट प्राप्त स्वास्थ्य सामग्री र टेन्ट तथा रेडक्रस सोसाइटी शाखाले उपलब्ध गराएका त्रिपाल, कम्बल, भाँडाकुँडासहितका सामग्री पठाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले […]
काठमाडौँ । व्यावसायिकरूपमा सञ्चालनमा आएको छ महिनापछि कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय उडानको अवतरण भएको छ। चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाजले चार्टर्ड उडानमार्फत बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। जहाजमा नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी र चीन भ्रमणबाट फर्किएका राष्ट्रिय सभाका […]
ताप्लेजुङ । श्रीमानको कुटाईबाट ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचामा श्रीमतीको मृत्यु भएको छ। ३८ बर्षिय लक्ष्मण चाम्लिङ राईको कुटाईबाट ३१ बर्षिय श्रीमति निसा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी) राजन लिम्बूले जानकारी दिए। उनका अनुसार अभियुक्त लक्ष्मण प्रहरी नियन्त्रणमा रहेका छन्। लक्ष्मणले श्रीमती निसालाई चिर्पटले प्रहार गरेको प्रहरीले जनाएको छ। […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिएको छ । सवारी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो । मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ । गृह जिल्ला बझाङ गइरहेका बेला मंगलबार केदारस्यूँ गाउँपालिकामा मन्त्री सिंह सवार गाडी दुर्घटना हुँदा गम्भीर घाइते […]
काठमाडौँ । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ तेस्रो साता भारतको उत्तरप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा गेरुवस्त्र लगाएर पूजा गर्दा कम्युनिस्ट खेमाबाट चर्को आलोचना भयो । द्वन्द्वात्मक भौतिकवादी सिद्धान्त अँगालेर पनि धर्मकर्ममा आशक्त बनेको भन्दै उनकै टीकाटिप्पणी चल्यो । भ्रमण सकेर त्रिभुवन विमानस्थलमा उत्रनेबित्तिकै दाहालले ‘मैले गेरुवस्त्र लगाउँदिन भनेको भए एक अर्ब मान्छेको मनमा चिसो पस्थ्यो’ भनेर […]
काठमाडौं । वसन्तकालीन मौसममा हिमाल आरोही र पदयात्री बोक्न वायुसेवा कम्पनीलाई भ्याइनभ्याई भएको छ । आरोहण र ट्रेकिङको मौसममा लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा दिनमै चार सयभन्दा बढीसम्म ‘फ्लाइट मुभमेन्ट’ भएका हुन् । आरोही र पदयात्री बढेपछि लुक्लामा हवाईजहाज र हेलिकोप्टरबाट दिनमै ४१२ पटकसम्म उडान–अवतरण भएको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताए । २ मे २०२३ मा लुक्लामा ‘फ्लाइट मुभमेन्ट’ […]
काठमाडौं । अहिले देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ–गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । […]
काठमाडौँ । विशेष अदालतले कर फस्र्योट आयोग–२०७१ का पदाधिकारी तत्कालीन अध्यक्ष लुम्बध्वज महत, सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माबाट ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रूपैयाँ बिगो भराउने ठहर गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले मंगलबार सजाय निर्धारण गर्दै तिनैजना प्रतिवादीसँग दामासाही रूपमा […]
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ प्रतिकिलोलिटर (२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ ।