काठमाडौं । सरकारले अखण्ड भारत सम्बन्धी नक्साको वास्तविकता बुझेर रिपोर्ट बुझाउन दिल्लीस्थित नेपाली दूतावासलाई निर्देशन दिएको छ । यो जानकारी परराष्ट्रमन्त्री एनपी साउदले आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा दिएका हुन् । भारतले बनाएको नयाँ संसद भवन भित्र राखेको अखण्ड भारत सम्बन्धी नक्सामा लुम्बिनी, कपिलवस्तु लगायतका नेपाली भूभागहरु पनि समेटिएको देखिन्छ । त्यो नक्सा सार्वजनिक […]
काठमाडौं । विद्यार्थीबाट कुटिएका त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई न्यायको माग गर्दै बृहत् नागरिक आन्दोलनको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट उनीहरूलाई पक्राउ गरिएको हो । चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए […]
काठमाडौँ । किर्गिस्तानमा जारी सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा नेपालले आज मंगलवार इरानसँग प्रतिस्पर्धा गर्दैछ। बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा नेपालले इरानको सामना गर्न लागेको हो। नेपाल र इरानबीचको खेल ३ः४५ बजे शुरु हुनेछ। नेपालले यसअघिका दुई खेलमा हार व्यहोरोको छ।
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक बृद्ध घाइते भएका छन् । जोखिम स्थानमा रहेको घर छाडेर राति सुरक्षित स्थानमा बास बसी बिहान घरतर्फ फर्कदै गरेका मेहले खुवाका ७८ बषिय बिर्खबहादुर लिम्बू गम्भिर घाइते भएको स्थानीय राजेश कडेंलले जानकारी दिए। ‘माथिबाट झरेको ढुङ्गा सहितको पहिरोले बगाएछ’कडेंलले भने‘धन्न टाउकोमा चाँहि चोट छैन। उनलाई […]
काठमाडौं । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटबारेको छलफल सकारात्मक भएको बताएका छन् । मंगलवार लुम्बिनीमा आयोजित योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल सरकारबीच हवाई रुटबारे भइरहेको छलफलबाट सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे । ‘हवाई रुटको बारेमा हामीले छलफल गरिरहेका छौं । यो […]
काठमाडौं । शान्त स्वभाव र हँसिलो मुस्कान । झण्डै १९ वर्षको सिनियर करिअरमा नेपालीको मुहारमा यस्तै मुस्कान ल्याउन भूमिका खेलेका शक्ति गौचनले बाउण्ड्रीबाट बिदा भएको पनि पाँच वर्ष भयो । २०७५ साउनमा नेदरल्याण्ड्ससँग भएको ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए । त्यही वर्ष मंसिरमा भएको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० खेलेर घरेलु […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ । नेपालमा अवैध तरिकाले मोबाइल भित्रिनबाट रोक्न र त्यस्ता मोबाइल चल्न नदिन यो प्रणाली सञ्चालनमा ल्याइएको हो । सञ्चालनमा आएदेखि नै एमडीएमएसले कुन फोनको आईएमईआई नम्बर दर्ता छ र कुन फोनको छैन भनेर छुट्याएर राखेको छ । प्राधिकरणका अनुसार […]
काठमाडौं । देशका केही स्थानमा आज पनि वर्षाको सम्भावना रहेको छ । कोसी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोसी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र […]
काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ निष्कासन प्रक्रिया रोक्न निर्देशन दिएको छ । आज सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) र घोराही सिमेन्ट इन्डस्ट्रिलाई पत्र लेख्दै आईपीओ निष्कासन प्रक्रिया रोक्न दिर्नेशन दिएको हो । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेको भए पनि कम्पनीले आवेदन दिने म्याद थप गरेको सूचना आज जारी गरेको थियो । […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ। पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो। उक्त कार्यदलमा पदाधिकारीबाट […]