Sajhamanch Archive

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु

Published: in प्रदेश तह, मिडियाबाट साभार, राजनीति by . Leave a Comment on कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच वार्ता सुरु.

विराटनगर । कोशी प्रदेश सरकार र प्रदेशको नाम परिवर्तनको माग गर्दै आन्दोलनरत प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिबीच वार्ता सुरु भएको छ । विराटनगरको विग होटलमा वार्ता जारी छ । माओवादी केन्द्र र जसपाले सरकार छाडेपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचान पक्षधरसँग वार्ताका लागि मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा वार्ता समिति गठन गरेका […]

ओलीलाई वामदेवका लिखित एजेन्डा– खेतमा तीन बाली फलाउनुपर्ने, चोर्न ढाँट्न नहुने

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on ओलीलाई वामदेवका लिखित एजेन्डा– खेतमा तीन बाली फलाउनुपर्ने, चोर्न ढाँट्न नहुने.

काठमाडौं । वामदेव गौतम दिक्क छन् । उनले सुनाएअनुसार केपी ओली ठान्छन्– नेकपा फुटाउने एक नम्बर व्यक्ति वामदेव हो । प्रचण्ड र माधव नेपाल ठान्छन्– वामदेवले उक्साएपछि नेकपा फुटेको हो । च्यासलमा एमाले अध्यक्ष केपी ओलीलाई आइतबार भेटेर छोराछोरी र नातिनातिनासँग चितवन डुल्न हिँडेका गौतमले अनलाइनखबरसँग विस्मात् मान्दै सुनाए, ‘म नेकपा एकता अभियानको संयोजक हुँ […]

कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Published: in Weather, मिडियाबाट साभार by . Leave a Comment on कोसी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह.

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान कोसी, प्रदेशमा सामान्य बदली रहेको छ । देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ […]

आज समाजवादी मोर्चा घोषणा हुँदै

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आज समाजवादी मोर्चा घोषणा हुँदै.

काठमाडौं । माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज हुँदैछ । राष्ट्रिय सभागृहमा आज अपराह्न तीन बजे घोषणा सभा आयोजना गरिएको छ । समाजवादी मोर्चामा माओवादी, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा छन् । नेताहरूबीच भएको सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म […]

आफ्नै हाकिमविरुद्ध मनपरी लेख्नेलाई पनि कारबाही हुन्न : अख्तियार प्रमुख राई

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on आफ्नै हाकिमविरुद्ध मनपरी लेख्नेलाई पनि कारबाही हुन्न : अख्तियार प्रमुख राई.

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको बताएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गरे । ‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौं । […]

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

Published: in मिडियाबाट साभार, राजनीति by . Leave a Comment on रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक.

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । भोलि सोमबार बिहान ७ बजेदेखि बस्ने गरि बैठक बोलाइएको महामन्त्री मुकुल ढकालले जानकारी दिए । ‘पार्टी स्थापना भएको एक वर्ष पुगेकाले के कसरी मनाउने भनि छलफल गर्न बैठक बोलाइएको हो,’ महामन्त्री ढकालले भने । ७ असारमा रास्पवा स्थापना भएको एक […]

नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, लोकप्रिय by . Leave a Comment on नेपालले जिम्बाव्वेलाई दियो २९१ रनको लक्ष्य.

काठमाडौं । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका लागि जिम्बाव्वेलाई २९१ रनको लक्ष्य दिएको छ । हरारेमा टस जितेर पहिला ब्याटिङ्ग गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै ‍‍ २९० रन बनाएको हो । नेपालले एक दिवसीय क्रिकेटमा बनाएको यो तेस्रो ठूलो योगफल हो । यसअघि नेपालले कीर्तिपुरमा ओमान विरूद्ध ३१० र पपुवा न्युगिनी विरुद्ध २९७ […]

चार महिनायताकै उच्च विन्दुमा नेप्से

Published: in अर्थतन्त्र, मिडियाबाट साभार by . Leave a Comment on चार महिनायताकै उच्च विन्दुमा नेप्से.

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार आठ दिनदेखि उकालो लागेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ५२.२६ अंक बढेर २०९४.३३ विन्दुमा पुगेको हो । यो चार महिनायताकै उच्च विन्दु हो । गत फागुन २ गते २१०५ विन्दुमा बन्द भएको नेप्से परिसूचक त्यसपछिका कारोबार दिनहरूमा लगातार घटेर साढे १८०० विन्दुभन्दा तल […]

भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने

Published: in मिडियाबाट साभार, लोकप्रिय, समाज by . Leave a Comment on भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने.

काठमाडौं । काठमाडौं महानगरपालिकाले सोमबारदेखि महानगरभित्रका हलमा हिन्दी फिल्मको प्रदर्शन रोक्ने भएको छ । नगर प्रहरीलाई खटाएर हिन्दी फिल्मको प्रदर्शन रोक्न निर्देशन दिइसकिएको मेयर बालेन्द्र शाहको सचिवालयले जानकारी दिएको छ । मेयर शाहको निर्देशनपछि नगर प्रहरीले आइतबार बेलुकासम्म सबै हलमा पुगेर भारतीय फिल्म नचलाउन निर्देशन दिने भएको छ । ‘मेयरको निर्देशनपछि भोलिदेखि काठमाडौं महानगरका सबै […]

बर्खे विपदका लागि १० हजार सुरक्षाकर्मी परिचालन

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on बर्खे विपदका लागि १० हजार सुरक्षाकर्मी परिचालन.

काठमाडौँ । यसपालि मनसुनको आरम्भमै बाढी पहिरोले पिरोल्न थालिसकेको छ। आइतबार बिहानै पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखेलामा आएको बाढीले जनधनको ठूलो क्षति पुर्‍याएको छ। शुक्रबार पनि बाढीले ताप्लेजुङमा मोटरेबल पुल बगाएको थियो। अत्यधिक वर्षातका कारण सिरिजंगाको खेवाङ र सिदिङ्वाको मेहेल जोड्ने तावाखोलामाथिको मोटरबल पुल बगाएपछि ताप्लेजुङ सडक सम्पर्कबाट टुटेको छ। […]