बिर्तामोड । अखिल नेपाल महिला संघ (अनेमसंघ) बिर्तामोड नगरकमिटीको अध्यक्षमा भावना आचार्य घिमिरे चयन भएकी छन् । आज सोमबार बिर्तामोडमा सम्पन्न अनेम संघको प्रथम सम्मेलनले घिमिरेको अध्यक्षमा सर्वसम्मत नयाँ कमिटी चयन गरेको हो । संघको उपाध्यक्षमा सरिता मैनाली, सचिवमा यसोदा प्रसाई, उपसचिवमा निर्मला ल्वागुन र दुर्गा थपलिया चयन भएका छन् । ७५ सदस्यीय नगर कमिटीमा […]
काठमाडौं, नेकपा एमालेको केन्द्रीय विभागका प्रमुखहरुबीच सोमबार बसेको बैठकले सबै विभागहरुलाई छिट्टै पूर्णता दिने निर्णय गरेको छ । एमाले केन्द्रीय कार्यालयमा पार्टी महासचिव शंकर पोखरेलको नेतृत्वमा बसेको यस बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरुको उपस्थिति रहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए । यसका साथै, महासचिव पोखरेलले विभागहरुसँग सम्बन्धित कामकारबाही अगाडि […]
काठमाडौ, आइतवार प्रतिनिधिसभामा पेश गरिएको अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी विधेयक पास गर्ने रणनीति बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल अघि बढाएका छन्। कांँग्रेस सभापतिसमेत रहेका देउवाले त्यसका लागि सोमबार दिउँसो आन्तरिक छलफल गर्दैछन्। त्यसका लागि उनले सोमबार दिउँसो कांँग्रेस पदाधिकारीसहित शीर्ष नेताहरुलाई बालुवाटार बोलाएका छन्। संसदमा एमसीसी टेबल भए पनि सत्ता साझेदार माओवादी केन्द्र र एकीकृत […]
काठमाडौं, नेपाल बार एशोसिएसनले चैत १९ गते निर्वाचन गर्ने भएको छ । देशभर एकसाथ चुनाव हुने नेपाल बार एशोसिएसनको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार चुनावमा एक जना अध्यक्ष, आठ जना उपाध्यक्ष, एक जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्य निर्वाचित हुनेछन् । चुनावका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गरिने, […]
काठमाडौं- नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्। अध्यक्ष दाहालले भने, ‘देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको छ।’ अध्यक्ष दाहालले मधेस प्रदेशमा मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने धारणा एकपटक […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा अमेरिकी सहायता परियोजना एमसीसीलाई लिएर पार्टीभित्रै फरक मत र विवाद देखिएपछि केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । दिउँसो २ बजे सचिवालयको बैठक बस्न लागेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा एसको शनिबार बसेको स्थायी कमिटीले एमसीसीबारे गरेको निर्णयमा शीर्ष नेताबीच नै विवाद देखिएको छ । सम्मानित […]
महोत्तरी, नेपाली कांँग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन आइतबार समपन्न भएको छ । लामो समयदेखि निर्वाचनस्थलको विवादले स्थगित हुँदै आएको क्षेत्र९३ को अधिवेशन पिपरा गाउँपालिकामा गर्ने सहमति भएपछि आइतबार निर्वाचन भएको हो । कहिले मतदान अधिकृतको अपहरण त कहिले नेताहरूबीचमै देखिएको मतविभाजनले अन्य क्षेत्रमा अधिवशन हुँदा पनि क्षेत्र नम्बर ३ को भने विवादित बन्दै आएको थियो । […]
काठमाडौं– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले दलको जानकारीबिना संसदमा सिखण्डी खडा गरिएको टिप्पणी गरेका छन्। भीम रावलप्रति लक्षित गर्दैै उपमहासचिव रिमालको यस्तो टिप्पणी आएको हो। सामाजिक सञ्जाल ट्विटरमा उनले एमाले प्रतिनिधिसभा सदस्य भीम रावललाई सिखण्डीको संज्ञा दिएका हुन्। ‘हाउसमा दलको जानकारी बेगर ‘सिखण्डी’ खडा गरेर बहस पनि यसैगरी निर्णय पनि यसैगरी हुने भन्दै कपटपूर्ण अभ्यासमा […]
काठमाडौं– एमसीसीविरुद्धको आन्दोलन चर्केपछि प्रहरीले नयाँ बानेश्वरमा रबरको गोली चलाएको छ। प्रदर्शनकारी उग्र बनेपछि प्रहरीले बल प्रयोग गरेको हो। यसअघि दिउँसो प्रहरीले आन्दोलनकारीमाथि अश्रु ग्यास र पानीको फोहरा प्रहार गरेको थियो। आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दै ुएमसीसी चाहिँदैन, देश बेच्न पाइदैनुलगायत नारा लगाइरहेका छन्। उनीहरूलाई तित्तरवित्तर पार्न प्रहरीले यसअघि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो। […]
काठमाण्डौ । अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यो सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट […]