काठमाडौ, नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दैछ। बैठक आज बस्न लागेको हो। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टी जीवनसँग सम्बन्धित धेरै विषयहरुसमेत एमसीसीका बारेमा पनि छलफल गरि टुंगो लाग्ने बताए। एमसीसी अध्ययन कार्यदलले केन्द्रीय सचिवालयमा प्रतिवेदन बुझाएको भन्दै त्यसमाथि छलफल गरेर निष्कर्ष निकाल्ने उनले जानकारी दिए। आज ७ फागुन, नेकपा एकिकृत समाजवादीको स्थायी कमिटिको […]
काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताएकी छन् । उनले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट वास्तविक परिवर्तनको अनुभूति जनतालाई गराउनुपर्नेमा जोड दिएकी हुन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा शुभकामना दिनुहुँदै राष्ट्रपति भण्डारीले यस्तो धारणा व्यक्त गरेकी हुन् । शुभकामना सन्देशमा भनिएको छ, “हामीले सधैँ स्मरण गर्नुपर्दछ, प्रजातन्त्र वा लोकतन्त्र […]
दमक । मुलुकभर अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता गर्न माग गर्दै विभिन्न राजनीतिक दल तथा संघ–संस्थाहरुले विरोध गरिरहेका छन् । यसैमेसोमा झापाको दमकमा पनि ७ वटा साना कम्युनिष्ट दलहरुले आज संयुक्त विरोध प्रदर्शन गरेका छन् । ती कम्युनिष्ट पार्टीहरुले संयुक्तरुपमा विरोध प्रर्दशन गरेका हुन् । दमकको पशुहाटबाट शुरु भएको विरोध र्याली दमकचोक परिक्रम गरी गणतन्त्र […]
काठमाडौं, सत्तारुढ दल नेपाली कांँग्रेसका सांसद डा. शशांक काइरालाले एमसीसी पारित भए ५ दलीय सत्ता गठबन्धन टुट्नेमा दुईमत नहरेको बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा नेता कोइरालाले यस्तो बताएका हुन्। प्रधानमन्त्री तथा नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवाका अगाडि एमसीसी त्याग्ने वा गठबन्धन बचाउने भन्ने दुई विकल्प रहेकोसमेत उनले बताएका थिए। एमसीसी पारित गर्ने हो […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक फेरि सरेको छ । फागुन ८ र ९ गते बोलाइएको बैठक फागुन २० गतेसम्मका लागि सरेको हो । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक पटक सर्दै आएको छ । अन्लााइन खबरबाट
काठमाडौ, नेपालमा एमसीसीलाई लिएर तीव्र मतभेद बढिरहेका बेला अमेरिकाले विरोधका नाममा हुने हिंसात्मक कृयाकलाप स्वीकार्न नसकिने बताएको छ। एमसीसीको विरोधमा केही दिनयता काठमाडौंमा भइरहेका प्रदर्शनमा हिंसात्मक झडप हुन थालेपछि अमेरिकाले मुख खोलेको हो। शुक्रबार मात्रै देशका विभिन्न भागमा बम राखिएका समाचार आएका थिए। एमसीसीको विरोधमा नाममा सर्वसाधारणलाई तर्साउन बम तथा अन्य शंकास्पद गतिविधि हुन थालेपछि […]
वैशाख ३० गते हुनेगरी तयारी गरिँदै गरेको स्थानीय तहको चुनावबारे बिर्तामोडमा भेटिएका सर्वसाधारण नागरिकहरु साझामञ्चसँग भन्छन्ः अपेक्षाकृत काम नभई एक कार्यकाल बित्योः नरेन्द्र पराजुली स्थानीय तह वा प्रदेश सरकारको वर्तमान कार्यकाल नीति र कानून बनाउँदा बनाउदै सकिन लाग्यो । यो पाँच वर्षमा विकास निर्माणतर्फ खासै काम नभई वा आमजनताले अपेक्षा गरेको जस्तो विकास भएन । […]
काठमाडौँ । सत्तारुढ माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका भातृ संगठनले बानेश्वरमा आज पनि विरोध प्रदर्शन सुरु गरेका छन् । नाराबाजीसहित माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एस निकट युवा संघले नाराबाजी गर्दै एमसीसीविरुद्ध प्रदर्शन गरिरहेका हुन् । यस्तै, नेकपा एस निकट युवा संघले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन भन्दै नाराबाजी गरेर टायर बालेर […]
काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष टुंगिएको छ । आइतबार फेरि बस्ने सहमति गरी बैठक सकिएको हो । एमसीसीको विषयमा सत्ता साझेदारहरुको साझा धारणा बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासलाई सार्थक बनेउाने उद्देश्यले उनको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको थियो । सत्ता गठबन्धनको अर्को बैठक […]
काठमाडौं, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)मा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान १० बजे सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफल हुने छ । यसअघि बिहीबार साँझ बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति हुन नसकेपछि आज पुनः बैठक बस्न लागेको हो । यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार राति प्रमुख […]