काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक बस्नुअघि माओवादी केन्द्र, एकीकृत समाजवादी तथा जनता समाजवादीका शीर्ष नेताको बैठक बसेको छ। एमसीसीको विपक्षमा रहेका दलका नेताहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारमा आन्तरिक छलफलमा जुटेका हुन्। छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव र अशोक राई सहभागी रहेको एक नेताले बताए। […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट जानुभएको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका विषयमा सत्तारुढ गठबन्धनमा सहमति नभएपछि प्रधानमन्त्री देउवा बालकोट जानुभएको हो ।देउवाले ओलीसँग एमसीसीको सन्दर्भमा छलफल गर्ने प्रधानमन्त्री निकट स्रोतले ईमेजखबरलाइ जानकारी दियो । बिहीबार साँझ बालुवाटारमा सत्तारुढ गठबन्धनमा रहेका चार दलका […]
काठमाण्डौ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन९एमसीसी० संसदबाट पास गर्ने विषयले गठबन्धन सरकार समस्यामा परेको छ । गठबन्धनमै रहेको एउटा दल माओवादी केन्द्रले एमसीसी कुनै पनि हालतमा संसदमा टेबल गर्न नदिने अडान नछाडेपछि कांँग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने विकल्पमा छलफल अगाडि बढाएका छन् । एमालेका एक दोश्रो तहका नेताकाअनुसार प्रधानमन्त्री तथा नेपाली […]
काठमाडौ, अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै हालतमा एमसीसी संसदमा लगिछाड्ने अडान लिएपछि सत्ता साझेदार दुई नेतामाथि दबाब परेको छ। प्रमुख सत्तारुढ कांग्रेसले गठबन्धनमा […]
काठमाडौं, नेपाली काँग्रेसको १६ जिल्लाको अधिवेशन फागुन १५ गते हुने भएको छ। बिहीबार बसेको नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समिति बैठकले फागुन १३ गतेका लागि तोकिएको निर्वाचन दुई दिन पछाडि सारेको हो। काँग्रेस निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार पार्टी नेतृत्वको अनुरोध अनुसार जिल्ला अधिवेशनको मिति दुई दिन सारिएको हो। काँग्रेसले यसअघि सप्तरी, सिरहा, धनुषा, महोत्तरी, […]
काठमाडौं । सत्तारुढ दलका शीर्ष नेताको बैठक अघि मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा तीन बजेपछि मन्त्रिपरिषद्को बैठक डाकेका छन् । मन्त्रिपरिषद्को बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) साथै अन्य विषयमा छलफल हुनेछ । एमसीसीमाथि छलफल गर्न सत्तारुढ दलका शीर्ष नेताको बैठक ५ बजे बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा […]
काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसीं) सम्झौता संसदमा टेबल गर्ने र आउने नतिजा स्वीकार गरी अघि बढ्ने बताउनु भएको छ । ‘पास हुन्छ कि फेल हुन्छ ? थाहा छैन । हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरिसकेका छौँ, त्यसका लागि मैले पहल गरिरहेको छु,’ देउवाले […]
काठमडौँ । नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले तत्कालीन केपी शर्माओली सरकारका पालामा भएका भ्रष्टाचार छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा हाल्ने भएको छ । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले ओली सरकारका मन्त्री र सिंगो सरकारसँग जोडिएर भएका भ्रष्टाचारको छानविन माग गर्दै बिहीबार अख्तियारमा उजुरी दिने बताए । ‘तत्कालीन ओली सरकारका पालमा अर्बौका भ्रष्टाचार भएका छन् […]
झापा । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई ११ दिनको समय दिएर दल दर्ताका लागि निवेदन आह्वान गरेको छ। स्थानीय तह निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आयोगले आजदेखि फागुन १५ गतेसम्मको समयावधि तोकेर सूचना प्रकाशन गरी दल दर्ता गर्न आह्वान गरेको हो। सोही अवधिभित्र […]
काठमाडौ, संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । आजको बैठकको सम्भावित कार्यसूचीमा अमेरिकी अमेरिकी सहायता परियोजना एमसिसी भने समावेश गरिएको छैन् । मंगलबार संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव […]