काठमाडौ, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको जनाइएको छ । बुधबार प्रधानमन्त्री एवं नेपाली कांँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच भएको छलफलपछि गठबन्धनको बैठक तय भएको हो। एमसीसी जसरी पनि टेबल गरेर पास गर्नुपर्ने तयारीमा जुटेका प्रधानमन्त्री देउवाले गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि निर्णायक छलफल गर्न लागेका […]
काठमाडौं, निर्वाचन आयोगले बिहीबारदेखि दल दर्ताका लागि आह्वान गरेको छ । आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि बिहीबारदेखि फागुन १५ सम्म दल दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगमा १ सय ६ वटा दल दर्ता भएका छन् । आयोगले स्थानीय तह निर्वाचनका लागि संविधानको धारा २७१ बमोजिम राजनीतिक दलसम्बनधी नियमावली २०७४ […]
काठमाडौं- स्थानीय तहको निर्वाचन वैशाखमा एकै चरणमा गर्न नमिल्ने जिकीर गरिएको रिट दर्ता गर्न सर्वोच्च अदाललते आदेश दिएको छ। न्यायाधीश इश्वर खतिवडाको एकल इजलासले यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेश बदर गर्दै दर्ता गर्न आदेश दिएको हो। महोत्तरीको भँगाहा नगरपालिकाका मेयर सञ्जीवकुमार साहले वैशाखमै स्थानिय तहको निर्वाचन गर्दा संविधानमा तोकिएको पाँच वर्ष अवधि पूरा हुन […]
काठमाडौ, नेकपा एमालेले आज पनि प्रतिनिधिसभा बैठकमा विरोध जारी राख्ने भएको छ । आज दिउँसो बोलाइएको प्रतिनिधिसभा बैठकमा एमालेले विरोध गर्ने भएको हो । त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि एमाले सहभागी नहुने भएको छ । यसअघि सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकलाई पनि एमालेले बहिस्कार गरेको थियो । एमालेले आफूहरुले जे […]
काठमाडौ, नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको यो बैठक अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न बोलाइएको हो । सरकारले एमसिसी प्रतिनिधिसभा बैठकमा टेबुल गर्न लागेपछि माओवादी केन्द्रले यो बैठक बोलाएको हो । संसदमा एमसीसी टेबुल हुँदा माअोवादी केन्द्रका सांसदहरुको भूमिका के हुने भन्नेबारे छलफल गर्न […]
काठमाडौं– मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विरोध गर्ने दललाई सरकारबाट हट्न जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आग्रह गरेका छन्। सत्ता साझेदार दलका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत एमसीसीका समर्थक र विरोधी एउटै सरकारमा बस्न नमिल्ने बताएका हुन्। ‘एमसीसीको मुद्दालाई एउटा विकास अनुदानको विषय मात्र नबनाएर देशको परराष्ट्र नीति, राज्य प्रणाली र […]
काठमाडौ, एमसीसी सम्झौताको बिरोधमा ६ वटा राजनीतिक दलले आजका लागि आह्वान गरेको नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट बुधबार बिहानै ६ जना पक्राउ परेका छन्। सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि विप्लव नेतृत्वको नेकपासहितका ६ दलले आज त्यो सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेका छन्। बन्द गर्दै हिँडेका १ जनालाई […]
काठमाडौं– भोलि बुधबार बस्ने तय भएको प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संसद् सचिवालयले मंगलबार बेलुका सम्भावित कार्यसूची सार्वजनिक गरेको हो। सम्भावित कार्यसूचीमा एमसीसी सम्झौता टेबल गर्ने सम्मबन्धी विषय भने समावेश भएको छैन। सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो १ बजेका लागि बोलाएको प्रतिनिधि सभा बैठकमा बैठकमा तीन शोकप्रस्ताव र थारु आयोगको वार्षिक प्रतिवेदन […]
काठमाडौं, नेपाली काँग्रेसले पार्टीका विभिन्न भातृ संगठनको वर्तमान कार्यसमिति विघटन गरेको छ । मंगलबार बसेको काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भ्रातृ संस्थाहरु महिला संघ, दलित संघ, तरुण दल नेविसंघ विघटन गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । मुस्मिल संघबाहेक अरु भातृ संगठनको कार्यसमिति विघटन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता महतले जानकारी दिए । विघटन […]
काठमाडौँ। समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन्। केन्द्रीय कार्यकारिणी, सङ्घीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन्। ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले […]