काठमाडौं, नेपाली काँग्रेसले मङ्गलबार संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले मङ्गलबार बिहान ९ बजे संसदीय दलको बैठक बोलाइएको जानकारी दिइन् । बैठक सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने सचेतक भुषालले बताइन् । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
काठमाडौं, प्रमुख प्रतिपक्षी दल एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपाली प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग गलत भएको बताएका छन्। एमाले सांसदीय दलका नेतासमेत रहेका ओलीले कांँग्रेससहित सत्ता गठबन्धनले प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता गरेको महाअभियोग सर्वथा गलत भएको टिप्पणी गरेका हुन्। उनले आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दर्ता भएको महाअभियोको प्रस्ताव गलत […]
काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वोदलीय बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिष्कार गर्ने भएको छ । सभामुख सापकोटाले सर्वदलीय बैठक सोमबार दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्ने गरी आह्वान गरेका थिए। तर, उक्त सर्वदलीय बैठकमा एमाले सहभागी नुहने भएको हो। महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक […]
झापा । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनलाई सुव्यवस्थित ढङ्गले सञ्चालन गर्न आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले मतदाताको अन्तिम नामावली तयारी गर्नेदेखि मत गणनासम्मको फरक–फरक कार्यतालिका तयार गरेर निर्वाचन समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल दर्ताका लागि आह्वान गर्न सक्ने सम्भावना छ । स्थानीय […]
काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक बस्ने भएको छ। बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने एमालेले जनाएको छ। बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता गराइएको महाअभियोग प्रस्तावका विषयमा छलफल हुनेछ। महाअभियोग प्रस्तावको संसदीय प्रक्रियाबाट एमालेले प्रतिवाद गर्ने तयारी गरेको छ।
काठमाडौं, राप्रपा नेपालको अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाभियोग ठिक नभएको प्रतिक्रिया दिएका छन्। न्यायालयमा लामो समयदेखि कायम रहेको अराजकता अन्त्य आवश्यक रहे पनि महाभियोग ठिक बाटो नभएको उनले बताएका हुन्। प्रन्यालाई हटाउनु पर्ने बेला चुपचाप बस्ने, अहिले एमसीसी पास गर्ने (कंग्रेस स्वार्थ), हत्या अभियोगबाट सभामुखलाई जोगाउने (माओवादी स्वार्थ) र नेकपा(एस)को सांसद पद […]
इटहरी । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन् । इटहरी उपमहानगरपालिका परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवन उत्तर पट्टि उक्त भवनको शिलान्यास गरेका ह्न् । ९ करोड १८ लाख २४ हजार ३ सय ६४ रुपिँयाको लागतमा ६ तले भवन निर्माण हुने छ । शिलान्यास कार्यक्रमलाई […]
शिवसताक्षी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले २७ औं जनयुद्ध दिवस दिपावली गरेर मनाएको छ । माओवादी केन्द्र शिवसताक्षीले आइतवार नगरका चोकहरुमा दिपावाली गरी जनयुद्ध दिवस मनाएको हो । शिवसताक्षीको दुधेको दिपावली कार्यक्रमलाई सम्बोन्धन गर्दै माओवादी केन्द्रका शिवसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराईलेआज भन्दा २७ बर्ष अगाडि २०५२ साल फाल्गुन १ गतेदेखि तत्कालीन समयमा अपत्यारिलो लाग्ने […]
बुद्धशान्ति । दिनहुँजसो हुने हात्ती आतंक नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नेकपा एमालेले बुद्धशान्ति गाउँपालिकाको ध्यानाकर्षण गराएको छ । आज आइतबार विज्ञप्ती जारी गर्दै नेकपा एमाले बुद्धशान्ति गाउँ कमिटीले त्यस्तो ध्यानाकर्षण गराएको हो । ‘झापाको बुद्धशान्ति गाउँपालिकाको वडा नम्बर २, ३ र ५ मा विगत लामो समयदेखि जंगली हात्तीको आतंकबाट सर्वसाधारण आजित बनेका छन् । […]
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएको संचार बिज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदहरुले आज बिहान सवा १० बजे सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको […]