Sajhamanch Archive

एमसीसीको विरोधमा साना बाम दलको संयुक्त प्रदर्शन

Published: in राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on एमसीसीको विरोधमा साना बाम दलको संयुक्त प्रदर्शन.

काठमाडौं– अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै ६ राजनीतिक दल र दुईवटा मोर्चाले काठमाडौंमा प्रदर्शन गरेका छन्। एमसीसी राष्ट्रघाती भएको भन्दै उनीहरूले सम्झौता खारेजीको माग गरेर माइतीघरदेखि नयाँ बानेश्वरसम्म र्‍याली निकालेका हुन्। र्‍याली नयाँ बानेश्वरस्थित संसद् भवन नजिक पुगेर कोणसभामा परिणत भएको थियो। यसअघि उनीहरूले एमसीसीको विरोधमा मंगलबार देशभर कोणसभा गरेका थिए। प्रदर्शन गर्नेमा […]

संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on संविधान निर्माणमा कोइरालाले खेलेको भूमिका प्रेरणादायी : प्रधानमन्त्री देउवा.

काठमाडौँ, प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री तथा काँग्रेसका तात्कालीन सभापति सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धा सुमन अर्पण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जालमार्फत काँग्रेसका पूर्व सभापति कोइरालाप्रति श्रद्धा सुमन अर्पण गर्र्दै स्व. कोइरालाले पार्टीमा पु¥याएको भएको अथक योगदान र संविधान निर्माणमा निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका सबैका लागि […]

स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन गरिने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on स्थानीय तहको निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन गरिने.

काठमाडौँ, गृह मन्त्रालयले आसन्न २०७९ साल वैशाख ३० गतेलाई घोषित स्थानीय तहको निर्वाचन सुरक्षा रणनीति, व्यवस्थापन र तयारीका लागि गृहकार्य सुरु गरेको छ । निर्वाचन सुरक्षा व्यवस्थापनमा राज्यका चारवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना परिचालन गरिने भएको छ । विगत १० वर्षयता प्रहरी र सशस्त्र प्रहरीबाट अवकाशप्राप्त पूर्वसुरक्षाकर्र्मीलाई ‘म्यादी’ […]

रामप्रसाद न्यौपाने चयन एमाले चितवन अध्यक्षमा

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on रामप्रसाद न्यौपाने चयन एमाले चितवन अध्यक्षमा.

चितवन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको अध्यक्षमा रामप्रसाद न्यौपाने चयन भएका छन् । १० औं जिल्ला अधिवेशन उद्घाटन भएको (पुस २३) एक महिनापछि एमाले चितवनले नयाँ नेतृत्व पाएको हो । यसअघिको कार्यसमिति अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्वाचित भएपछि जिल्ला नेतृत्व परिवर्तन भएको हो । त्यस्तै जिल्ला कार्यसमिति उपाध्यक्षमा कमलराज पाठक, सचिवमा सैलेश खनाल, सहसचिवमा […]

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव

Published: in मिडियाबाट साभार, राजनीति, समाज by . Leave a Comment on समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव.

विर्तामोड । समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन हुनु भएको छ । मंगलबार विर्तामोडमा सम्पन्न भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको थियो । संगठनको उपाध्यक्षमा दिलिप थापा, सचिवमा रिता दाहाल, सहसचिवमा विमर्श उप्रेती, किशोर उपरकोटी र गोविन्द ल्वागुन, कोषाध्यक्षमा कमल बुढाथोकी रहनु भएको छ। त्यस्तै सदस्यहरूमा नवराज सुवेदी, नकुल […]

६ कम्युनिस्ट पार्टीले आज एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्ने

Published: (Updated: ) in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on ६ कम्युनिस्ट पार्टीले आज एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्ने.

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) खारेजको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न कम्युनिस्ट पार्टीहरूले संघीय संसद् घेराउ गर्ने भएका छन्। एमसिसीविरुद्ध मंगलबार देशभर कोणसभा गरेका नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले बुधबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवन घेराउको कार्यक्रम तय गरेका छन्। बुधबार १ बजे माइतीघर मण्डलामा […]

माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे र माधव नेपाल

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on माओबादी अध्यक्ष दाहाल भेट्न खुमलटार पुगे र माधव नेपाल.

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ। अध्यक्ष नेपाल माओवादी अध्यक्ष दाहाललाई भेट्न बुधबार बिहान खुमलटार पुगेको छन्। दुई नेताबीच एमसीसी परियोजना, स्थानीय निर्वाचन, संसद् अवरोध, चुनावी मोर्चालगायत विषयमा छलफल भएको बताइएको छ। एमसीसीको विषयलाई लिएर सत्ता गठबन्धनभित्र विवाद सिर्जना भइरहेको अवस्थामा दुई नेताबीच भएको […]

सरकारको आग्रहमा भोलिका लागि बोलाइएको संसद बैठक स्थगित

Published: in प्रदेश तह, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on सरकारको आग्रहमा भोलिका लागि बोलाइएको संसद बैठक स्थगित.

काठमाडौ, भोलि (माघ २६ गते) दिउँसो १ बजेको लागि बोलाइएको संसद बैठक स्थगित हुने भएको छ। संसद सचिवालय उच्च स्रोतका अनुसार सरकारको आग्रहमा संसद बैठक स्थगित गरिन लागेको हो। सम्भवतः संसद सचिवालयले आजै बैठक स्थगित भएको सूचना निकाल्ने छ। एक हप्ता बैठक स्थगित गर्ने तयारी भइरहेको सरकारका एक मन्त्रीले जानकारी दिए। बैठक बस्ने कार्यसूची यसअघि […]

कांँग्रेस पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on कांँग्रेस पदाधिकारीको औपचारिक बैठक भोलि बस्ने.

काठमाडौं- नेपाली कांँग्रेसको पदाधिकारी बैठक भोलि (बुधबार) बस्ने भएको छ। कांँग्रेस सहमहामन्त्री बद्री पाण्डेले आज अनौपचारिक छलफल भएको र औपचारिक बैठक भोलि बस्ने जानकारी दिए। आज पदाधिकारीको अनौपचारिक छलफल हो। सभापति उपस्थित हुनु भएको थिएन। भोलि सभापतिसहित पदाधिकारी बैठक बस्ने कुरा भएको छ, उनले भने। आजको बैठक कुनै ठोस निर्णय गर्ने बैठक नभएको उनले बताए। […]

मधेश प्रदेशमा तीन विषयगत समितिका सभापति चयन भए

Published: in प्रदेश तह, राजनीति, राष्ट्रिय समाचार, by . Leave a Comment on मधेश प्रदेशमा तीन विषयगत समितिका सभापति चयन भए.

जनकपुरधाम– मधेस प्रदेशको प्रदेशसभामा लामो समयदेखि रिक्त रहेका ३ वटा विषयगत समितिमा सभापति चयन गरिएको छ। सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारूढ दलको तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरेशकुमार यादव, कृषि तथा भूमि व्यवस्था समितिको सभापतिमा नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य मदनसेन श्रीवास्तव र प्राकृतिक स्रोत तथा वातावरण समितिको सभापतिमा नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य जगतप्रसाद […]