विराटनगर । प्रदेश १ मा बिहीबार ११५ जना कोरोनाका संक्रमित थपिएका छन् । मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४, झापा र उदयपुरमा एक-एक जना छन् । यसैगरी प्रदेश बाहिरका जिल्लाका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी विराटनगरका २२ महिला र ३८ पुरुष गरी ६० जनामा संक्रमण पुष्टि भएको छ । बूढीगंगामा […]
विराटनगर । प्रदेश १ सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचारको थप व्यवस्था मिलाउनको लागि स्थानीय तह र अस्पतालहरुलाई रकम उपलब्ध गराएको छ । आइसोलेशन केन्द्र स्थापना र सञ्चालनको लागि १ करोड ६० लाख रकम प्रदेश सरकारले उपलब्ध गराएको हो । स्थानीय तहहरुलाई प्रदेश सरकारले थप रकम उपलब्ध गराएको हो । त्यस्तै ११ वटा जिल्ला अस्पतालहरुलाई […]
विराटनगर । बुढीगंगा गाउँपालिका–१ मा रहेको आरती स्ट्रिप्समा कार्यरत ३० मजदुरमा कोरोना संक्रमण पुष्टि भएको छ । केही दिनयता उद्योगमा काम गर्ने कर्मचारी र मजदुर गरी ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित ३० मध्ये दुईजना फरार छन् । मजदुर उद्योगकै आइसोलेसनमा छन् । दुईजना कर्मचारी होम आइसोलेसनमा छन् । बुढीगंगा गाउँपालिका वडा नम्बर–२ […]
दमक । झापामा सहकारी संस्थाहरुले साधारणसभाको औपचारिक प्रक्रिया शुरु गरेका छन् । दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आज २६औं वार्षिक प्रतिवेदन सार्वजनिक गरेर साधारणसभा प्रक्रिया शुरु गरेको हो । सो संस्थाले आजदेखि १५ दिनसम्म साधारणसभाका विभिन्न प्रक्रियाहरु सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरेर अवगत गराएको हो । संस्थाले विगत वर्षहरुमा जस्तै यो वर्ष […]
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रमा कार्यरत एकजना प्राविधिकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगर– ३ घर भएका ५७ वर्षिय पुरुषलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोमबार कोशी अस्पतालमा ल्याइएको थियो । कोशीबाट धरान पठाउने तयारी भएपनि धरानले बेड नभएको बताएपछि कोभिड १९ उपचार केन्द्र विराटनगरमा भर्ना गर्न […]
धरान । प्रदेश–१ मा कोरोना संक्रमण तीब्र रुपमा बढिरहेका बेला धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डेढ दर्जन विशेषज्ञ चिकित्सकहरु काठमाडौं हिंडेका छन् । प्रदेशकै सबैभन्दा ठूलो अस्पताल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ‘ओपीडी’ सेवा बन्द गरेर चिकित्सकहरु काठमाडौं हिंकेपछि हजारौं बिरामी उपचार गराउनबाट वञ्चित भएका छन् । सरकारले सभा, सम्मेलन र भिडभाड हुने […]
विराटनगर । प्रदेश १ मा ४८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिरका एकजना छन् । विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष र ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष र ४ महिला, दुहबीका ३ र कोसी गाउँपालिका […]
विराटनगर । कालो रंगको हाइलक्स गाडी बेलुनले सजाइएको थियो । थोरै तुल र ब्यानर थिएन । विधि पुर्याउनको लागि पण्डितले मन्त्र जप र पूजाअर्चना गराए । यसमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीसहित केही सीमित व्यक्तिहरु सहभागी थिए । विगतजस्तो उल्लास थिएन भने मानिसलाई लामबद्ध गर्न र भिड व्यवस्थित गर्न स्वयंसेवक नै परिचालन गरिएको थियो । […]
विराटनगर । प्रदेश १ प्रदेशसभा सदस्य सांसद कुसुमकुमारी श्रेष्ठलाई कोरोना पोजेटिभ देखिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जाँच गर्दा बुधबार कोरोना पोजेटिभ देखिएको हो । धनकुटाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने श्रेष्ठ इटहरीमा बसोबास गर्दै आएकी थिइन् । इटहरीमा रहेको अवस्थामा २० साउनमा स्वास्थ्यमा समस्या देखिएपछि उनले शनिबार धरानमा स्वाब दिएकी थिइन् । बुधबार […]
विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणका कारण थप एक पुरुषको मृत्यु भएको छ। मोरङको बूढीगंगा गाउँपालिका –२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताए । ती पुरुषलाई उपचारका लागि एक साताअघि प्रतिष्ठानमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचाररत उनको उपचारका क्रममा बुधबार बिहान […]