विराटनगर । प्रदेश नं. १ मा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा १९ जना प्रहरी सहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार विराटनगरमा २२ र इलाममा ९ गरी कुल ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको […]
भद्रपुर । भद्रपुरस्थित मेची अस्पतालमा स्थापना गरिन लागेको कोभिड १९ (कोरोना भाइरस) संक्रमण परीक्षणका लागि निर्माण गरिएको कक्षको झापाका प्रदेश सांसदहरूले आज अनुगमन गरेका छन् । उनीहरूले पिसिआर ल्याव सञ्चालनको अवस्था बारेमा शनिबार अनुगमन गरेका हुन् । प्रदेश सांसदहरुले शुक्रबार प्रदेश सरकारबाट बुझेर पिसिआर विधिबाट कोरोना भाइरस संक्रमण परीक्षण गर्ने मेसिन झापा ल्याएका थिए । […]
विराटनगर । प्रदेश १ मा शुक्रबार ३३ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार झापामा २५, सुनसरीमा ६, मोरङ र धनकुटामा एक- एक जनामा संक्रमण देखिएको छ । झापाको मेचीनगरमा १७ पुरुष र एक महिला,त्यस्तै झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाकामा तीन-तीन जना पुरुष तथा बिर्तामोड नगरपालिकामा एक जना पुरुषमा कोरोना रिपोर्ट पोजेटिभ […]
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले समुदायमा कोरोना संक्रमण फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको अन्तिम बैठकमा सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री राईले प्रदेश १ मा समुदायस्तरमै कोरोना फैलिएको बताएका हुन । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बताउँदै उनले भने, ‘संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौं ।’ कोरोना संक्रमण […]
विराटनगर । प्रदेश १ सरकार मातहत रहेका कार्यालय र मन्त्रालयको कामको अनुगमनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ‘चिफ मिनिस्टर ड्यास बोर्ड’ सञ्चालनमा ल्याएको छ । शुक्रबार ड्यास बोर्डको सुभारम्भ गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अनुगमनका लागि डिजिटल माध्ययम तयार भएको बताए । स्वीस सरकारको सहयोगमा निर्माण गरेको ड्यासबोर्डबाट प्रदेश सरकार मातहतका मन्त्रालय र […]
विराटनगर । सर्वोच्च अदालतले पत्नी हत्यामा सजाय पाई जेलमा रहेका पूर्वडीआईजीलाई रिहा गरेको विषयमा प्रदेश १ को संसदमा गम्भीर प्रश्न उठाइएको छ । संसदको आजको बैठकमा सहभागी सांसदले पत्नी हत्या गरेकालाई सर्वस्वसहित जन्मकैद गर्नू भन्ने तल्लो अदालतको निर्णयलाई उल्ट्याएर छुट्कारा दिलाउने सर्वोच्च निर्णयले जनमानसमा अदालतप्रतिको विश्वसनीयतामाथि प्रश्न उठेको बताए । नेकपाकी सांसद अम्बिका थापाले भनिन्, […]
विराटनगर । प्रदेश १ को प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि अन्त्य हुने भएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले जारी छैठौं अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य गर्ने निर्णय गरेको हो । जारी अधिवेशनको अन्तिम बैठक शुक्रबार बिहान ११ बजे बस्नेछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले बजेट अन्त्यको घोषणा गर्नेछन् । आार्थिक मामिला तथा […]
विराटनगर । सञ्चालक र चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले विराट नर्सिङहोम अनिश्चित कालका लागि सिल गरेको छ । विराट नर्सिङ होममा कार्यरत चिकित्सक, कर्मचारी र त्यहाँ उपचारमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिने छ । नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परिक्षण गराएका र ती सञ्चालक चिकित्सकले नर्सिङ होमको व्यापारमा […]
विराटनगर । प्रदेश १ मा आज १९ जना कोरोना संक्रमित थपिएका छन् । उदयपुरमा आठ, मोरङ र झापामा चार–चार, इलाममा दुई र सुनसरीमा एकजनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । उदयपुरको बेलकामा पाँच पुरुष, तीन महिला, मोरङको धनपालमा दुई, रतुवामाई र कटहरीमा एक–एक पुरुष, झापाको मेचीनगरमा दुई, दमक र गौरीगञ्जमा एक–एक पुरुष, इलामको […]
काठमाडौं । देशैभर कोरोना संक्रमितको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश २ मा देखिएको छ । जसमा चार हजार ६३६ जनामा देखिएको उनले जानकारी दिए । सबैभन्दा कम हालसम्म कोरोना संक्रमित देखिएको प्रदेश १ रहेको छ । जसमा […]