Sajhamanch Archive

प्रदेश–१ मा दुई विधेयक पारित

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश–१ मा दुई विधेयक पारित.

विराटनगर । प्रदेश नम्बर–१ को प्रदेशसभाले बुधबार दुईओटा विधेयक पारित गरेको छ । प्रदेशसभामा प्रस्तुत् भएको जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयक २०७५ र अन्तरप्रदेश बासिन्दाको समान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पारित भएको हो । यससँगै जिल्लासभाको अधिकार प्रदेशले खोस्न नसक्ने र स्थानीय तहको अधिकार जिल्ला समन्वय समितिले हस्तक्षेप […]

तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना

Published: in प्रदेश तह by . Leave a Comment on तीन बर्षमा १ हजार २९ वटा बलात्कारका घटना.

विराटनगर । प्रदेश नम्बर १ मा पछिल्लो समयमा बलात्कारका घटना निकै बढेको एक तथ्यांकले देखाएको छ । तीन वर्षको अवधिमा कूल १ हजार २९ वटा बलात्कारका घटना भएका छन् । जुन दैनिक १ जनाभन्दा बढी महिलामाथि बलात्कारको घटना हुने गरेको प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कबाट देखिएको हो । तीन वर्षको अवधिमा सबैभन्दा बढी आर्थिक वर्ष २०७४/७५ […]

धरान नगरको प्रमुख अब को  ?

Published: in प्रदेश तह by . Leave a Comment on धरान नगरको प्रमुख अब को  ?.

सुनसरी । तारा सुब्बाको निधनपछि रिक्त धरान उपमहानगरका प्रमुख पदका लागि उपनिर्वाचनको टुंगो लागेको छैन । तर दलहरूबीच भने उम्मेदवार हुने आकांक्षी चर्चामा आउन थालेका छन् ।सुब्बाको साउन १ गते उपचारका क्रममा निधन भएको थियो । नेकपामा रमेश बस्नेत, इन्द्र राई, प्रकाश राई, अइन्द्रविक्रम बेघा, पदम इस्वो, मोती सुनुवार, नारायण सुवेदी र मनोजकुमार मेन्याङ्बोलगायतको नाम चर्चामा छ । नेकपाका जिल्ला […]

प्रदेश–१ मा शुक्रबारको दिन बढी आपराधिक घटना हुने

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on प्रदेश–१ मा शुक्रबारको दिन बढी आपराधिक घटना हुने.

विराटनगर । प्रदेश नम्बर–१ मा शुक्रबारको दिन र असार महिनामा सबैभन्दा बढी आपराधिक क्रियाकलाप भएको पाइएको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अरु महिनाभन्दा असार महिना र अरु बारको तुलनामा शुक्रबार बढी आपराधिक क्रियाकलाप हुने तथ्यांक सार्वजनिक गरिएको हो । त्यस्तै, मध्याह्न १२ बजेदेखि साँझ ७ बजेसम्मको समयमा अपराधका […]

बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on बजेट कार्यान्वयनमा लाग्न मन्त्री र सचिवलाई मुख्यमन्त्रीको निर्देशन.

विराटनगर । प्रदेश एक का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले ल्याएको बजेट सफल ढंगले कार्यान्वयन गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएका छन्। शुक्रबार मुख्यमन्त्री राईले सबै विभागीय मन्त्री तथा सचिवहरूलाई भर्खरै प्रदेश सरकारले ल्याएको बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन्। मुख्यमन्त्री कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०७५र०७६ को वार्षिक बजेट तथा कार्यान्वयन कार्यक्रम कार्ययोजनाको छलफलमा मन्त्री […]

प्राकृतिक विपदमा तत्काल उद्धार र राहतका लागि गोदाम घर निर्माण

Published: in प्रदेश तह by . Leave a Comment on प्राकृतिक विपदमा तत्काल उद्धार र राहतका लागि गोदाम घर निर्माण.

विराटनगर। प्रदेश नम्बर १ को सरकारले प्राकृतिक विपत्ति परेमा तत्काल उद्धार र राहत पुर्‍याउन विपद व्यवस्थापन प्रादेशिक गोदाम घर निर्माण गरेको छ । प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मातहतमा जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयको भवनमा विपदको समयमा उद्धारका लागि आवश्यक पर्ने सामग्रीसहितको गोदाम सञ्चालनमा ल्याइएको हो । गोदाम घरसँगै प्रदेश विपद व्यवस्थापन आकस्मिक […]

प्रदेश १ को पर्यटन एजेन्डाः ५ लाख पर्यटक ल्याउन ५ वर्षे रोडम्याप

Published: in प्रदेश तह by . Leave a Comment on प्रदेश १ को पर्यटन एजेन्डाः ५ लाख पर्यटक ल्याउन ५ वर्षे रोडम्याप.

उदयपुर ।  संघीयतासँगै सबै प्रदेश सरकारले पर्यटनलाई खुबै महत्व दिएका छन्। १ नम्बर प्रदेश सरकारले पनि केही दिनमा सुरु हुने अागामी आर्थिक वर्षको नीति कार्यक्रममा पाँच वर्ष भित्रमा पाँच लाख पर्यटक ल्याउने महत्वकांक्षी योजना अगाडि सारेको छ। ‘प्रदेश १ को शान, सबैको अनुहारमा मुस्कान’ भन्ने नाराका साथ  सरकारले पर्यटन क्षेत्रबाट दुई हजारलाई रोजगारी दिने र ५ […]

ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा

Published: in प्रदेश तह by . Leave a Comment on ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द, इन्टरनेट बन्द हुँदा बैकिङ्ग कारोबारमा बाधा.

ताप्लेजुङ  ।  ताप्लेजुङमा तीन दिनदेखि विद्युत सेवा बन्द भएको छ । गएको शुक्रबारदेखि विद्युत सेवा बन्दा हुँदा सदरमुकाम फुङ्लिङसहित आसपासका गाउँ समेत अन्धकार भएका छन् भने विभिन्न कलकारखाना, उद्योगधन्दा ठप्प भएका छन् । एकवर्ष अघिदेखि सदरमुकाम फुङ्लिङ बजार र आठराई त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ हाङ्पाङ, वडा नम्बर ४ र ५ चाँगे तथा मेरिङ्देन गाउँपालिका […]

काठेपुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटियो

Published: in प्रदेश तह by . Leave a Comment on काठेपुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटियो.

बझाङ  । शुक्रबार विद्यालयबाट घर फर्कने क्रममा बाउली खोलामा रहेको काठे पुल भत्केर बेपत्ता भएका दुई बालिकाको शव भेटिएको छ ।  सुर्मा गाँउपालिका –२, कि ८ वर्षीया रिनु बोहरा र  १४ वर्षीया विमला बोहराको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आधाबगर माविमा पढ्दे रिनु र विमला शुक्रबार विद्यालय छुट्टी भएर घर फर्कँदै […]

द्वन्द्वपीडितले ५१ लाख रुपैयाँ राहत बुझे

Published: (Updated: ) in प्रदेश तह by . Leave a Comment on द्वन्द्वपीडितले ५१ लाख रुपैयाँ राहत बुझे.

तेह्रथुम  ।  तेह्रथुममा जिल्ला प्रशासन कार्यालयले दश वर्षे सशस्त्र युद्धको क्रममा विस्थापित भएका पीडितका परिवारलाई ५१ लाख रुपैयाँ राहत वितरण गरेको छ । बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २४ परिवारलाई ५१ लाख ५५ हजार ७ सय रुपैयाँ राहतस्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताउनुभयो । जसमध्ये बेपत्ता पारिएका दुई जनालाई […]