माेरङ । प्रदेश १ का उद्योगी–व्यवसायीले नेपाली उत्पादन निकासीमा अवरोध नहुने वातावरण बनाउन माग गरेका छन् । निकासीमा पटकपटक भारतीय पक्षबाट अवरोध हुने गरेको भन्दै उनीहरूले यसलाई सहज बनाउन आग्रह गरे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग वाणिज्य संघ प्रदेश समितिले विराटनगरमा आयोजना गरेको नेपाल–भारत वाणिज्य तथा पारवहन सन्धिसम्बन्धी अन्तरक्रियाका सहभागीले यस्तो बताएका हुन् । पाँचथरका अदुवा […]
ओखलढुंगा । प्रदेश नम्बर १ र २ का सात जिल्लामा आप्रवासन सूचना कक्ष स्थापना गरिने भएको छ । नेपाल सरकार र कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफ्याड)को सहकार्यमा संचालित ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगार सम्बन्धी सूचना दिने कक्ष स्थापना गर्न लागेको हो । समृद्धिले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार आप्रवसन […]
मोरङ। प्रदेश १ सरकारले खेतीलाई व्यवस्थित र प्रवद्र्धन गर्न ‘अलैंची र अदुवा विकास बोर्ड गठन गर्ने भएको छ । ‘बोर्ड गठन ऐन संसदबाट पास गराएर वा मन्त्रिपरिषदको निर्णयले बोर्ड गठन आदेश गराएर गर्ने बारे छलफल भएको हो,’ उनले भने । बोर्ड गठनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि महाशाखा प्रमुख मनोज यादवले मुख्यमन्त्री, अर्थमन्त्री र […]
धनकुटा । धनकुटा नगरपालिका–७ रमाइलो घुम्तीमा आज बिहान माइक्रोबस दुर्घटना हुदाँ १७ जना घाइते भएका छन् । यात्रु लिएर धनकुटाको हिलेबाट धरानतर्फ जादै गरेको को.१ ख. २८४७ नम्बरको माइक्रोबस ओरालोमा बे्रक फेल भई सडकमा दुर्घटना भएको थियो । दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन् भने १५ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी […]
विराटनगर । पूर्वी पहाडी जिल्लामा भएको वर्षासँगै सप्तकोशीको सहायक नदीहरुमा आएको बाढीका कारण सप्तकोसी नदीको जलस्तर बढेको छ । यो सिजनको सबैभन्दा बढी एक लाख ५४ हजार ३ सय ९३ क्यूसेक पुगेको छ। ब्यारेजका ५२ मध्ये २४ ढोका खोलिएका छन्। दुई बजे पानीको सतह एक लाख ५० हजार पाँच सय क्यूसेक थियो। बिहीबार बिहानबाट कोशीको जलस्तर लगातार […]
विराटनगर । प्रदेशसभाले गठन गरेका सात समितिमध्ये न्याय, प्रशासन तथा विधायन समितिको बैठक बुधबार पहिलोपटक बसेको छ । प्रदेशसभा सञ्चालन नियमावलीअनुसार यो प्रदेशमा ७ वटा संसदीय समिति गठन भएका थिए । जिल्ला समन्वय समितिलाई धेरै अधिकार दिँदा ‘चौथो सरकार’ बन्ने खतरा भएको भन्दै असार ११ गतेको प्रदेशसभा बैठकले जिल्लासभाको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकलाई दफावार छलफलका लागि न्याय […]
रोल्पा । लगातारको वर्षाका कारण घर माथिको पर्खाल भत्किँदा आज रोल्पामा सुत्केरीसहित तीन जनाको ज्यान गएको छ । रुन्टिगढी गाउँपालिका–५ सैबाङकी २२ वर्षीया कमला विकको घरमाथिको पर्खाल भत्किँदा आगो तापीरहेका सुत्केरी कमला विक, उनका १८ दिनकी छोरी आयुसा विक र छिमेकी १५ वर्षीया चित्रा विकको च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक […]
दाङ । लगातार परिरहेको पानीका कारण दाङ, बाँके र बर्दियाका विभिन्न ठाउँ डुबानमा परेका छन् । वीरगंज लगायतका अरु केही ठाउँ पनि जलमग्न भएका छन् । बिहान आएको बाढीमा डुबेर एक जना हराएका छन् । बाँके बैजनाथ गाउँपालिका ३ का ६५ वर्षिय तुलाबहादुर बुढा जेठी नालामा डुबेर हराएका प्रहरीले जनाएको छ । बुढाको खोजी भइरहेको […]
कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव […]
काठमाडौं । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराकासाथ ‘सगरमाथा म्युजिक अवार्ड २०७५’ हुने भएको छ । रेस्पोन्सिभ मिडिया प्रालिको आयोजनामा हुने उक्त अवार्डको आवेदन फारम असार १ गतेबाट खुल्ला भएको आयोजक समितिका अध्यक्ष मनोज थापाद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ । पहिलो पटक हुने लागेको यस […]