Sajhamanch Archive

चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन इच्छुक

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन इच्छुक.

काठमाडौं। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा पुगेका चार लाखभन्दा बढी नेपाली श्रमिक स्वदेश फर्किन चाहेको बताएका छन् । प्रतिनिधि सभाको श्रम, तथा उद्योग र उपभोक्ता तथा आपूर्ति समितिको बुधबारको बैठकमा उहाँले सो जानकारी दिनुभएको हो । मन्त्रालयका अनुसार विदेशमा झन्डै चार लाख नागरिक तत्काल स्वदेश फर्किन चाहेका […]

कतारमा जेल जीवन बिताइरहेका १७ नेपालीलाई आममाफी

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on कतारमा जेल जीवन बिताइरहेका १७ नेपालीलाई आममाफी.

काठमाडौं । कतारमा जेल जीवन बिताइरहेका १७ जना नेपालीहरुले आममाफी पाएका छन् । कोरोना भाइरसको महामारी फैलिएकाले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखेर कतारका राजाले विभिन्न जेलमा रहेका १७ नेपाली कैदीहरुलाई आममाफी दिने निर्णय गरेका हुन् । सोही निर्णयअनुसार १७ जना नेपालीले पनि आममाफी पाएका दोहास्थित नेपाली दूतावासले जानाकरी गराएको छ । दूतावासका अनुसार […]

सोसल समिडियामा अमेरिका युरोपमा बस्नेहरुलाई लेखिएका स्टाटसहरुले हाम्रो चहराइरहेको घाउमा नूनचुक छर्किए झैं भइरहेको छ

Published: in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, by . Leave a Comment on सोसल समिडियामा अमेरिका युरोपमा बस्नेहरुलाई लेखिएका स्टाटसहरुले हाम्रो चहराइरहेको घाउमा नूनचुक छर्किए झैं भइरहेको छ.

प्रिय मित्रहरु, हामी सम्पूर्ण न्यूयोर्कबासी नेपालीहरु कोरोना भाइरसको इपिसेन्टरमा बसेर यो अत्यासलाग्दो क्रुर समयसँग लडिरहेका छौं । अहिलेसम्म यहाँ धेरैजना नेपालीको मृत्‍यु भइसक्यो । अरु कति संक्रमित हुनुहुन्छ कुनै आंकडा छैन। सकारात्मक सोच राख्दै आत्माबल जति नै बलियो बनाउन कोसिस गरे पनि आफ्नै आँखा अगाडि मृत्‍यु नाचेको देख्दा, आफ्ना मान्छेहरु भकाभक मृत्‍युको गाँस बनेको देख्दा […]

यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by . Leave a Comment on यस्तो विपदमा परिवारसँगै बस्ने इच्छा हुने रहेछ.

म अहिले दुबईमा छु । वैदेशिक रोजगारीको सिलसिलामा म यहाँ आएको हुँ । चीनको वुहान शहरबाट शुरु भएको कोरोनालाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को संज्ञा दिएको छ । अहिलेको समय जटिल बन्दै गएको छ दिनानुदिन । म पनि भिसा अवधि सकिएरर घर फर्किने योजनामा छु । तर फर्किन पाइरहेको छैन । अहिले विश्व नै लकडाउन […]

कोभिड–१९ प्रभावित अष्ट्रेलियाका विद्यार्थीहरुका लागि एक्सपर्टको दुई लाख डलरको कोष

Published: in अर्थतन्त्र, परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कोभिड–१९ प्रभावित अष्ट्रेलियाका विद्यार्थीहरुका लागि एक्सपर्टको दुई लाख डलरको कोष.

झापा । अष्ट्रेलियामा अध्ययनका लागि विदेशी विद्यार्थी पठाउने चर्चित परामर्शदातृ संस्था एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले दुई लाख अष्ट्रेलिय डलर (करिब डेढ करोड रुपैयाँ)को कोभिड–१९ एक्सपर्ट सहयोग कोष स्थापना गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अध्ययनका लागि अष्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पर्नसक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले उक्त कोष स्थापना गरिएको हो […]

नातिको बिहेमा लण्डन पुगेका अमलाचौर गाविसका पूर्व उपाध्यक्ष केसीको कोरोनाबाट मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नातिको बिहेमा लण्डन पुगेका अमलाचौर गाविसका पूर्व उपाध्यक्ष केसीको कोरोनाबाट मृत्यु.

काठमाडौ‌ । नातिको विवाहका लागि बेलायत पुगेका बागलुङका कर्णबहादुर क्षेत्री (केसी)को कोरोना संक्रमणका कारण निधन भएको छ। मार्चको २ तारिखमा लण्डनमा भएको नातिको विवाहमा भाग लिन उनी श्रीमतीसहित बेलायत पुगेका थिए। बेलायत बस्दा पखाला चल्न थालेपछि उनलाई उत्तरी लण्डनमा रहेको नर्थविक पार्क हस्पिटलमा भर्ना गरिएको थियो। १० दिनसम्म आइसियुमा राख्दा पनि उनको स्वास्थ्यमा कुनै सुधार […]

म दुबईमा सुरक्षित छु, नेपालमा संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्नुहोला

Published: in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, , by . Leave a Comment on म दुबईमा सुरक्षित छु, नेपालमा संक्रमण फैलिन नदिन लकडाउनको पालना गर्नुहोला.

हाल म दुबई (युएई)को इन्टरनेशनल सिटी भन्ने ठाउँमा सेक्युरिटी गार्डको काम गर्दै आइरहेको छु। विश्वब्यापीरूपमा फैलिएको अति नै प्राणघातक कोरोना भाइरस (केभिड–१९) को संक्रमण दुबईमा पनि देखा परिसकेको छ । यहाँ सेक्युरिटी गार्डको डिउटी निरन्तर चलिरहेको छ । म एउटा गार्ड भएको नाताले डिउटी समयमा आफू पनि सुरक्षित रहेर अनिवार्य रूपमा मापसे (मा– मास्क, प– […]

म घरभित्रै काम गर्छु, तपाईंहरु पनि लकडाउनको पालना गर्नुस् है

Published: in परदेश (प्रवास), विचार/ब्लग, , by . Leave a Comment on म घरभित्रै काम गर्छु, तपाईंहरु पनि लकडाउनको पालना गर्नुस् है.

म घरमा काम गर्ने भएकाले मलाई शुक्रबार बाहेक कुनै दिन फुर्सद हुँदैन । मेरो प्रत्येक दिन बिहान ५ बजेदेखि साँझ ८ बजे सम्म बीचबीचमा आराम गर्दै सानोतिनो काम गर्दै दिन बित्छ । त्यसैले मलाई बोर हुने चान्स नै छैन । हिजोआज कोरोना भाइरसले गर्दा सबैको निन्द्रा हराएको छ । जीवनशैली बदलिएको छ । खानपिनमा ध्यान […]

‘अहिलेसम्म नेपाली समुदाय महामारीबाट बच्न सफल नै छौं’

Published: in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, समाज, , , by . Leave a Comment on ‘अहिलेसम्म नेपाली समुदाय महामारीबाट बच्न सफल नै छौं’.

म अमेरिकाको आर्लिंटन, भर्जिनियाँमा करिव ७ वर्षदेखि निरन्तर बसिरहेको छु । भर्जिनियाको नजिकै रहेको राज्य वासिंटन डिसी हो । वासिंटन डिसीमा रहेको अमेरिकी राष्ट्रपति भवन पुग्न यहाँबाट करिब १०–१२ मिनेटको ड्राइभिंग दूरीमा छ । यहाँबाट मेट्रो ट्रेन, मेट्रो बसबाट अधिकांश मानिस वासिंटन डिसी जानसक्ने भएकोले भर्जिनियाँमा आवासीय क्षेत्र बढी छन् । डिसीभन्दा भर्जिनियाँ बस्न र […]

अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, विचार/ब्लग, विश्व समाचार, by . Leave a Comment on अमेरिकाको बाल्टिमोरमा कोरोना प्रभाव अलि कम छ.

म अमेरिका आएको चार वर्ष भयो । म्यारिल्यान्ड राज्यको बाल्टिमोरमा श्रीमती र एक छोरीका साथ बस्छु । म्यारिल्यान्ड धेरै नेपालीहरुको बसोबास भएको ठाउँँ हो । अन्यत्रजस्तै यहाँँ पनि कोरोनाको त्रास छ । लकडाउन भने छैन । हामी घर भित्रै बसेको एक हप्ता भयो । एक महिना चल्ने रासन पानी राखेर बसेका छौं । स्कूलहरु बन्द […]