Sajhamanch Archive

जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जापानले केयर गिभरमा माग्यो एक हजार नेपाली, जनवरी र मार्चमा परीक्षा.

काठमाडौं । जापानले जनवरी र मार्चमा जापानी भाषा परीक्षा सञ्चालन गरेर नेपालबाट १ हजार युवालाई रोजगारीका लागि लैजाने भएको छ । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना सार्वजनिक गर्दै नर्सिङ केयर गिभरका लागि सो संख्यामा नेपाली युवालाई रोजगारका लागि लैजान लागेको जनाएको हो । यसअघि पनि एक चरणमा परीक्षा सञ्चालन गरे पनि थोरै संख्यामा मात्र नेपाली […]

डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा २ लाख सहयोग

Published: (Updated: ) in अर्थतन्त्र, परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on डा. पुनको आविष्कार केन्द्र निर्माणका निम्ति अष्ट्रेलियाका नेपालीद्वारा २ लाख सहयोग.

समृद्ध नेपाल र सुखी नेपालीको लागि एक मात्र आधार स्वदेशी उत्पादन हो । यस्ता उत्पादनहरुको निम्ति खोज तथा अनुसन्धान गर्ने केन्द्र अत्यावश्यक छ । यो आवश्यकतालाई मध्यनजर गर्दै राष्ट्रिय आविष्कार केन्द्र निर्माण गर्न अभियान चलाई रहेका डा. महाविर पुनको साथलाई अष्ट्रेलियामा बसोबास गर्दै आएका नेपाली समुदायले आर्थिक रुपमा समर्थन गरेका छन् । यस अभियानमा साथ […]

रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरका एक युवक सुतेकै ठाउँमा मृत फेला

Published: (Updated: ) in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरका एक युवक सुतेकै ठाउँमा मृत फेला.

पाँचथर । वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला परेका छन् । परिवारका अनुसार तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका छन् । यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया गएका थिए । […]

महाबिर माग्छन् ब्याज तिर्ने शर्तमा ऋण, सामाजिक मनहरु जुटाउँछन् सहयोग

Published: in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महाबिर माग्छन् ब्याज तिर्ने शर्तमा ऋण, सामाजिक मनहरु जुटाउँछन् सहयोग.

झापा । वैज्ञानिक महाविर पुनले दुईवटा परियोजना सञ्चालन गर्न तीन करोड रुपैयाँ आवश्यक भएको बताउँदै विभिन्न बैंकसँग ऋण मागे । तर कुनै बैंकले उनलाई पत्याएनन् । सरकारले पनि उनको प्रस्तावमा चासो नदिए पछि पुनले वार्षिक ४ प्रतिशत ब्याज तिर्ने गरी स्वदेश वा विदेशमा रहेका नेपालीसँग फेसबुक स्टाटसमार्फत ऋण दिन आग्रह गरे । राष्ट्रिय आविस्कार केन्द्र […]

विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विदेश जाने युवासँग पैसा असुल्ने गिरोह सक्रिय, भिसा लागेको पासपोर्ट देखाएर बार्गेनिङ.

काठमाडौं। वैदेशिक रोजगारीको भर्ना प्रक्रियामा सरकारले शून्य लगात र एजेन्ट खारेजीको व्यवस्था लागू गरेपछि केही म्यानपावर कम्पनीले गिरोह नै बनाएर युवासँग पैसा असुल्ने गरेको पाइएको छ । सरकारले पछिल्लो समय केही रोजगार गन्तव्य मुलुकसँग गरेको शून्य लगातको सम्झौता कार्यान्वयन गर्न नसक्दा म्यानपावरले अवैध एजेन्ट खडा गरी श्रमिकसँग लाखौं रुपैयाँ असुल्ने गिरोह नै खडा गर्न थालेका […]

वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक.

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका लागि जानेमा सबैभन्दा बढी अदक्ष श्रमिक रहेका छन् । सो अवधिमा श्रम स्वीकृति लिएर विदेशिएका मध्ये झन्डै ७० प्रतिशत अदक्ष श्रमिक विदेशिएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा दुई लाख १०७ जनाले श्रम स्वीकृति लिएकोमा एक लाख २४ हजार बढी अदक्ष […]

झापाको विकासमा अन्तर्राष्ट्रिय झापाली समाजको योगदान गर्न नयाँ नेतृत्व चयन

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on झापाको विकासमा अन्तर्राष्ट्रिय झापाली समाजको योगदान गर्न नयाँ नेतृत्व चयन.

झापा । समृद्ध झापाका लागि अन्तर्राष्ट्रिय झापाली समाज भन्ने नाराका साथ स्थापित अन्तर्राष्ट्रिय झापाली समाजको केन्द्रीय कार्यसमितिमा विभिन्न देशहरुबाट पदाधिकारी तथा सल्लाहकारहरु मनोनयन गरिएको छ । विश्वभर रहेका झापालीहरुको सामाजिक संस्था अन्तर्राष्ट्रिय झापाली समाज दोश्रो कार्यसमितिको डिसेम्वर १४, २०१९ मा बसेको बैठकले विभिन्न देशमा रहेका राष्ट्रिय समितिहरुबाट प्राप्त सिफारिस र केन्द्रीय समितिको छलफलबाट २०१९–२०२१ कार्यकालका […]

कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कृषि क्षेत्रमा पनि कामदार लैजान जापान इच्छुक.

काठमाडौं। नेपालबाट विशिष्टीकृत शीप भएका कामदार लैजान शुरु गरेको जापानले अब कृषि क्षेत्रमा पनि नेपाली कामदार लैजाने भएको छ । जापानको कृषि, वन तथा मत्स्यपालन मन्त्रालयका उपमहानिर्देशक ताकामी नाकाडा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग गरेको भेटमा त्यस्तो प्रस्ताव गरेको हो । जापानी पक्षले कृषि क्षेत्रमा पनि कामदारको आवश्यकता रहेकाले नेपाली […]

तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती:बहाना कार्यक्रम, उद्देश्य घुमघाम

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तालिमको नाममा उच्च कर्मचारीको विदेशमा मस्ती:बहाना कार्यक्रम, उद्देश्य घुमघाम.

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ । मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो । लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा […]

नि: शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणमा प्रदेश २

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नि: शुल्क प्राथमिक उपचार तालिम अभियानको पाँचौ चरणमा प्रदेश २.

युएई l युएईका सामाजिक अभियन्ता ओम उप्रेती नि: शुल्क प्राथमिक उपचार तालिम अभियान लिएर पुनः नेपालका ८ जिल्लाहरुमा पुग्ने भएका छन् । हालसम्म नेपालका ३८ जिल्लामा सम्पन्न भैसकेको यो तालिम आगामी पुस १६ देखि प्रदेश नम्बर २ का सात जिल्ला सहित मकवानपुर जिल्लामा पनि आयोजना गरिने घोषणा गरिएको छ । नेपाली चलचित्रकी सदाबहार नायिका करिस्मा […]