Sajhamanch Archive

पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पर्यटक वृद्धिदरमा नेपाल एसियामै पहिलो.

काठमाडौं । पर्यटक आगमन वृद्धिदरको हिसाबले नेपाल एसिया प्रशान्त क्षेत्रमा पहिलो स्थानमा परेको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)ले सार्वजनिक गरेको यस क्षेत्रको अन्तर्रा्ष्ट्रिय पर्यटक आगमनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०१८ मा यस्तो वृद्धिदरमा नेपाल सबैभन्दा अगाडि रहेको हो । पाटाका अनुसार उक्त वर्ष नेपालको पर्यटक आगमन वृद्धिदर २४.८ प्रतिशत पुगेको छ । नेपालपछि रहेको टर्कीमा […]

बेलायतमा नयाँ शक्ति र संघीय समाजवादी समायोजनमा सहमति

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेलायतमा नयाँ शक्ति र संघीय समाजवादी समायोजनमा सहमति.

लण्डन । नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकता भएसँगै प्रवासमा रहेका भ्रातृ संगठनहरूबीच एकता पहल अघि बढेको छ । बेलायतमा क्रियाशील नेपाली संघीय समाज यूके र नयाँ शक्ति पार्टीको अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको समायोजन यही अक्टोबर २६ मा हुने भएको हो । बेलायतको अल्डरसटमा अक्टोबर ५ तारिखमा बसेको समायोजन समितिको […]

जापान रोजगारीः चिट्ठा परे भाषा परीक्षा

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जापान रोजगारीः चिट्ठा परे भाषा परीक्षा.

काठमाडौं। जापान रोजगारीमा जान ठूलो संख्यामा आवेदन पर्ने अनुमान गर्दै जापान फाउन्डेसनले पहिले चिट्ठा अनि परीक्षाको उपाय अपनाएको छ । एकैचोटि ठूलो संख्यामा आकांक्षीले परीक्षा दिँदा त्यसको व्यवस्थापन गर्न कठिन हुने अनुमान गर्दै फाउन्डेसनले चिट्ठा पर्नेले मात्र भाषा परीक्षा दिन पाउने सूचना जारी गरेको हो । अब भाषा परीक्षामा सहभागी हुन भाग्यले साथ दिनुपर्नेछ । […]

नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नेपाललाई जलमार्ग प्रयोगको बाटो खुल्यो, भारतसँग भयो यस्तो सहमती.

काठमाडौं ।  नेपाल–भारत वाणिज्य (व्यापार) सन्धि पुनरावलोकन समितिको वैठकमा जनमार्गको एलओईमा भारत सहमत भएको छ । बैठकमा पारवहन व्यापारका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा भारतीय पक्षले गंगा जलमार्गमा नेपाली पानी जहाज चलाउनेसम्बन्धी लेटर आफ एक्सचेन्जमा (एलओई)मा पनि सहमति जनाएको स्रोतले जनाएको छ । नेपाल–भारतबीचको पारवाहन सन्धिमा जलमार्गसम्बन्धी व्यवस्था समावेश नगरिएसम्म नेपाल नेपालले भारतले […]

अमेरिकको सुझाव :नेपाल कतै नढल्कियोस्

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अमेरिकको सुझाव :नेपाल कतै नढल्कियोस्.

काठमाडौं ।अमेरिकाले नेपाललाई कुनै मुलुकका पक्षमा नलागी ‘नेपालकै पक्षमा रहेको’ हेर्न चाहेको स्पष्ट पारेको छ । ‘नेपाल आफ्नो नीतिमा अडिग हुनुपर्छ, कसैको पक्ष विपक्षमा लाग्नु हुँदैन भन्ने हाम्रो सुझाव छ,’ अमेरिकी राजदूत ¥यान्डीले भने,‘यो भन्दा बढी हामीले सार्वभौम मुलुकलाई केही भन्न सक्दैनौं ।’ बेरीले शुक्रबार राजधानीमा कूटनीतिज्ञ, विज्ञ, संवाद, उद्यमी र सञ्चारकर्ममाझ भने,‘हामी नेपालको पुरानो […]

मलेसियामा १ लाखलाई रोजगारी

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on मलेसियामा १ लाखलाई रोजगारी.

काठमाडौं । मलेसिया रोजगारी खुलेसँगै करिब १ लाख युवाले राजगारी पाउने सम्भावना देखिएको छ । सरकारले मलेसिया रोजगारी खुलाउने तयारी सुरु गरेसँगै मानपावर र अन्य निकायमा विभिन्न प्रक्रियाका लागि आवेदन दिएर प्रतिक्षामा रहेकाको संख्या १ लाखभन्दा बढी रहेको पाइएको छ । मलेसियाको रोजगारी लामो समयसम्म रोकिएपछि त्यहाँ जाने पुराना नेपालीको संख्या त्रमशः बढ्दै गएर १ […]

एनआरएनएको अध्यक्षमा आचार्य र उपाध्यक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा

Published: (Updated: ) in परदेश (प्रवास), मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एनआरएनएको अध्यक्षमा आचार्य र उपाध्यक्षमा अर्जुन श्रेष्ठको उम्मेदवारी घोषणा.

झापा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष कुल आचार्यले र उपाध्यक्ष पदमा वर्तमान सचिव अर्जुनकुमार श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । एनआरएनएको नवौं विश्व सम्मेलन तथा राष्ट्रिय महाधिवेशन आगामी अक्टुबर १५–१७ मा काठमाडौंमा हुँदैछ । एनआरएन अभियानमा विश्वका ८० भन्दा बढी मुलुकबाट ६० लाखभन्दा बढी नेपाली सहभागी छन् । अध्यक्ष पदका […]

अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on अस्ट्रेलियाको सपना, इन्डोनेसियामा अलपत्र.

काठमाडौं। थोरै पैसामा सुरक्षित र छोटो समयमै समुन्द्री तथा स्थलमार्ग हुँदै अस्ट्रेलिया पुगिने सपना देखाएर सात महिनादेखि इन्डोनेसिया लगिएकी बेनी नगरपालिका–९ तोरीपानीकी मुना खत्री इन्डोनेसियामा नारकीय जीवन बिनाउन बाध्य भइन् । ऋण काढेर अघिल्लो कात्तिकमा मानव तस्करमार्फत नेपालबाट भारत हुँदै इन्डोनेसिया पुगेका खत्रीसँगै ६ जनलाई अस्ट्रेलिया पुर्याउनुको साटो एक अपार्टमेन्टमा बन्धक बनाइयो । इन्डोनेसियामा बन्दक […]

जापान उडानः रित्तै जाने, रित्तै आउने

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जापान उडानः रित्तै जाने, रित्तै आउने.

काठमाडौं । सुन्दा गर्वै लाग्छ–नेपाल एयसलाइन्स सीधै जापान उड्न थालेको छ । यसको व्यापारिक हालत भने पीडादायी छ । अर्थात्, वाइडबडी विमान रित्तैजस्तै जान्छ, रित्तैजस्तो आउँछ । अगस्ट २९ यता काठमाडौं–ओसाका–काठमाडौं १५ उडान भए । औसत यात्रु संख्या भने सिट क्षमताको १९ प्रतिशत मात्र छ । २७६ सिट क्षमताको वाइडबडी अगष्ट ३१ मा त काठमाडौँबाट […]

बुर्ज खलिफामा नेपालको झण्डा

Published: in परदेश (प्रवास), राष्ट्रिय समाचार by . Leave a Comment on बुर्ज खलिफामा नेपालको झण्डा.

यूएईमा रहेको विश्वकै सबै भन्दा अग्लो भवन बुर्ज खलिफामा नेपालको झण्डा फहराइएको छ । नेपालको संविधान दिवसको अवसरमा बुर्ज खलिफामा झण्डा शुक्रबार राती ९ बजेर १० मिनेटमा नेपालको झण्डा फहराएको हो । विश्वका विभिन्न देशहरुको राष्ट्रिय दिवस तथा स्वतन्त्रता दिवसको अवसरका विश्वकै अग्लो भवन बुर्ज खलिफामा सम्बन्धित देशको झण्डा फहराउने चलन अनुसार यस्तो गरिएको हो […]