काठमाडौं। संघीयताको मर्मविपरीत सरकारले प्रत्येक निर्वाचन क्षेत्रका लागि ६ करोड रुपियाँ दिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संघीय संसदमा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ६ करोड दिने उल्लेख छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री खतिवडाले स्थानीय विकास साझेदार कार्यक्रमअन्तर्गत हरेक निर्वाचन क्षेत्र ६ करोड रुपियाँका दरले […]
दैलेख । दैलेखमा करेन्ट लागेर सात वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा नारायण नगरपालिका १० भवानीका ७ वर्षीय समीर रावत रहेका छन्। उनलाई बुधबार बिहान दश बजेतिर करेन्ट लागेको र उपचार गर्न जिल्ला अस्पताल दैलेखतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ। करेन्ट लाग्नुको कारण खुल्न नसकेको जिल्ला विद्युत् […]
दिक्तेल । नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ । बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोकापोका परेको छ । आर्थिक वर्ष २०७१र०७२ मा आएको १ सय […]
काठमाडौं । पुर्व प्रधनमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् । अध्यक्ष प्रचयण्डले सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको १२ वर्ष पूरा भएको बताउँदै गणतन्त्र दिवसको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र निरन्तर […]
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै रहन नसक्ने बताएका छन् । बुधबार गणतन्त्र दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताएका हुन् । उनले भने गरिवी र लोकतान्त्रिक गणतन्त्र सँगसँगै अघि बढ्न पनि सक्दैनन् । त्यसैले सुशासन र विकास आज हाम्रो प्राथमिकता हुन । हाम्रा सम्पूर्ण पाइला […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गणतन्त्र दिवसका अवसरमा टुँडीखेलमा आयोजित विशेष कार्याक्रममा सम्वोधन गरे । उक्त क्रममा ओलीले विभिन्न ऐतिहासिक सन्दर्भको चर्चा गर्दै गणतन्त्रको परिभाषा दिँदै व्याख्या गर्ने प्रयास गरे । प्रधानमन्त्री ओलीको सम्वोधनमा गणतन्त्र भनेको जनताले आफ्नो शासक आफैं चुन्न पाउने र राम्रो काम नगर्नेलाई चुनावमा पराजित गर्न पाउने व्यवस्थाका रुपमा चित्रण […]
सल्यान । सल्यानमा सात महिनाकी छोरीको हत्या गरेको आरोपमा आमालाई प्रहरीले पक्राउ गरेको छ। छत्रेश्वरी–६ रानागाउँकी २८ वर्षीया सपना भण्डारीलाई इलाका प्रहरी कार्यालय लुहामले मंगलबार बेलुका पक्राउ गरेको हो। सात महिने छोरी जानकी भण्डारीलाई कुटपिट गरी हत्या गरेको परिवारले किटानी जाहेरी दिएपछि आमालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल सल्यानमा […]
डोटी ।दिपालय सिलगढी नगरपालिका– ४ कुल्पातेमा जन्ती बोकेको ट्याक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । दिपायलको तिखाबाट डडेल्धुराको कोरालखोला भन्नेठाउँमा जन्ती बोकेर जाँदै गरेको से २ त ३३२ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दिपायलका प्रमुख मोहनसिंह धामीले बताए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको ट्राफिक प्रहरीले जनाएको छ । गम्भीर […]
काठमाडौं । मुलुक संघिय संरचनामा गएपछि लोकसेवा आयोगले पहिलाे पटक ठूलो संख्यामा कर्मचारी माग गरेको छ । स्थानीय तहका लागि आयोगले बुधबार नौ हजार एक सय भन्दाबढी कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो । रिक्त रहेका दरबन्दीमा पदपूर्ती गर्न प्राविधिक तथा अप्राविधिक गरी जम्मा ९ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको […]
काठमाडौं। मेलम्ची खानेपानी आयोजनाको पाँच महिनादेखि ठप्प आयोजनाको बाँकी काम दुईवटा छुट्टाछुट्टै टेन्डर (ठेक्का)आह्वान गरेर अघि बढाउने भएको छ । गत जेठ ६ को मन्त्रिपरिषद् बैठकले आयोजनाको सुरुङ तथा हेडवक्र्स निर्माणको बाँकी काम छुट्टाछुट्टै टेन्डर आह्वान गरेर बनाउने निर्णय गरेको थियो । आयोजनाले मन्त्रिपरिषद्को निर्णयमा टेक्दै बाँकी काम दुई खण्डमा छुट्याएर टेन्डर आह्वान गर्न लागको […]