Sajhamanch Archive

शिवसताक्षीमा जारी फुटबल प्रतियोगिताः दुवै खेलमा वडा नं. ८ विजयी

Published: in खेलकुद by . Leave a Comment on शिवसताक्षीमा जारी फुटबल प्रतियोगिताः दुवै खेलमा वडा नं. ८ विजयी.

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित, माइधारमा जारी वडा स्तरीय फुटबल प्रतियोगितामा सोमबार भएको खेलमा दुवै खेलमा वडा नं ८ विजयी भएको छ । भेट्रान प्रतियोगितामा वडा नं. १० लाई ०–५ गोलअन्तरले हराउँदै वडा नं. ८ विजयी भएको हो । वडा नं. ८ ले वडा नं. १० लाई दवाबमा राखेर खेल्दा वडा नं. […]

सन्दीप विरुद्धको मुद्दा पेशी आज

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on सन्दीप विरुद्धको मुद्दा पेशी आज.

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दाको पेशी आज आईतबारलाई तोकिएको छ। तीन पटकको पेशी बिना सुनवाई स्थगित भएको थियो भने एउटा पेशीमा बहस भएर सकिएको थियो । आजको पेशीमा पनि सुनवाइ हुने कुरामा सन्दीपका कानून व्यवसायीहरू आशावादी छैनन्। यस अघि सन्दीप लामिछाने विरुद्धको मुद्धाफास्ट ट्र्याकमा लगेर छिटो फैसला गर्न सर्वोच्च अदालतले गत १५ फागुनमा […]

भेट्रान प्रतियोगितमा वडा नं. १० र अन्डर १५ फुटबल प्रतियोगितमा वडा ११ विजयी

Published: in खेलकुद by . Leave a Comment on भेट्रान प्रतियोगितमा वडा नं. १० र अन्डर १५ फुटबल प्रतियोगितमा वडा ११ विजयी.

शिवसताक्षी । झापाको शिवसताक्षीमा केएनक स्पोर्टिङ्ग क्लबद्वारा आयोजित नगर स्तरीय अन्तर वडा फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ । शिवसताक्षी वडा नं. १० माइधर स्थित केनके स्पोर्टिङ्ग क्लबको खेल मैदानमा भएको उद्घाटन खेलमा आयोजक शिवसताक्षी १० विजयी भएको हो । वडा नं. ११ लाई ४–० गोल अन्तरले हराउँदै वडा नं. १० विजयी भएको आयोजकले जनाएको […]

कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने

Published: in खेलकुद, मुख्य समाचार, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा मन्त्र थकाली टिम लञ्च हुने.

बिर्तामोड । प्रथम कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगितामा बिर्तामोडको एउटा होटलले आफ्नो टिम बनाएर खेल्ने भएको छ । बिर्तामोड नगरपालिका नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा बिटिएम मन्त्र थकाली टिम लञ्च हुने भएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी बिटिएम मन्त्र थकालीले आफ्नो टिम पनि घोषणा गरेको छ । होटल सञ्चालक उमेश खरेलले […]

प्रदेशको नाम ब्यानरमा नलेख्ने खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, राजनीति, लोकप्रिय by . Leave a Comment on प्रदेशको नाम ब्यानरमा नलेख्ने खेलकुद बोर्डका सदस्य सचिव वाग्ले बर्खास्त.

झापा । कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो। गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापाको दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश नलेखेको आरोपमा उनी बर्खास्त भएका हुन् । सदस्य सचिव […]

साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल कुवेतसँग

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on साफ च्याम्पियनसिप : नेपालको पहिलो खेल कुवेतसँग.

काठमाडौं । १४औं संस्करणको साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेल नेपालले कुवेतसँग खेल्ने भएको छ । दक्षिण एसियाली फुटबल फेडेरेसन (साफ)ले बुधबार खेलतालिका सार्वजनिक गरेको हो । बुधबार नै भएको समूह विभाजनमा नेपाल समूह ए मा परेको छ । यो समूहमा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तान छन् । नेपालले प्रतियोगिताकै पहिलो खेलका रुपमा ६ […]

चर्च व्वाईज ए डिभिजन लिगको अग्रस्थानमा

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on चर्च व्वाईज ए डिभिजन लिगको अग्रस्थानमा.

काठमाडौँ । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च व्वाईज युथ क्लव तालिकाको अग्रस्थानमा उक्लीएको छ। दशरथ रंगशालामा आज साँझ भएको खेलमा चर्च व्वाईज युथ क्लवले सातदोवाटो युथ क्लवलाई १(० हराउँदै तालिकाको पहिलो स्थानमा उक्लीन सफल भएको हो। चर्च व्वाईजलाई जिताउन सुभाष गुरुङले ६३ औ मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो । चर्च व्वाईज […]

आईपीएलमा कोलकाताले चेन्नाईलाई हरायो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएलमा कोलकाताले चेन्नाईलाई हरायो.

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा कोलकाता नाइट राइडर्सले आइतबार चेन्नाइ सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको छ । यस जितपछि कोलकाताले प्लेअफ पुग्ने सम्भावना बाँकी नै राख्दा चेन्ननाइले भने प्लेअफ पुग्न अन्तिम खेल कुर्नुपर्ने भएको छ । जितले चेन्नाइले प्लेअफ पुग्ने पहिलो टिम बन्ने थियो भने हारले कोलकाता बाहिरिने थियो । तर कोलकाताले चेन्नाइलाई […]

कोरियामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो हुने

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on कोरियामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो हुने.

काठमाडौँ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को १४औं संस्करण कोरियाको सोलमा हुने भएको छ। आइओएफटिसीले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको १४औं संस्करण कोरियाको सोलमा आयोजना हुने जनाएको हो। संयोजक राजु क्षेत्रीले प्रतियोगिता आगामी वर्ष आयोजना हुने जानकारी दिएका हुन्। प्रतियोगिताको मिति भने तोकिएको छैन। अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले […]

आईपीएलमा चेन्नाईले दिल्लीलाई हरायो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on आईपीएलमा चेन्नाईले दिल्लीलाई हरायो.

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा बुधबार भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ । १२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि […]