Sajhamanch Archive

आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश.

बिर्तामोड । आयोजक ‘अल इन वान’ क्लब प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा मिक्लाजुङ गाउँपालिका मोरङलाई ५–१ गोल अन्तरले पराजित गर्दै आयोजक ‘अल इन वान’ फाइनलमा प्रवेश गरेको हो । बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्रज्योति माविको मैदानमा भएको खेलमा आयोजकलाई जित दिलाउन २१औं मिनेटमा लक्ष्मी श्रेष्ठ पहिलो गोल […]

गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय by . Leave a Comment on गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश.

झापा । कोशी प्रदेश स्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज भएको खेलबाट गाईघाट फुटबल क्लब उदयपुर सेमिफाइनलमा प्रवेश गरेको छ । झापाको बिर्तामोड–१० सैनिकबजारस्थित महेन्द्र ज्योति माविको मैदानमा भइरहेको प्रतियोगिताको आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा धनकुटा फुटबल संघलाई १–० गोल अन्तरले पराजित गदै उदयपुर प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा एक मात्रै गोल […]

प्रदेश स्तरीय महिला गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on प्रदेश स्तरीय महिला गोल्डकपः ताप्लेजुङ सेमिफाइनलमा.

बिर्तामोड । ताप्लेजुङ महिला फुटबल क्लबलाई ५–३ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध युवा क्लब सप्तरी झापामा जारी प्रथम प्रदेश स्तरीय महिला गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको खेल मैदानमा भएको खेलको पहिलो हाफमा सप्तरीले २–० को अग्रता कायम गरेको थियो । उसका लागि खेल सुरु भएको ७औं मिनेटमा […]

एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on एसीसी प्रिमियर कप क्रिकेट : नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण अवरुद्ध.

काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज सोमबार हुने नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाका कारण रद्द हुने सम्भावना बढेर गएको छ । हिजो साँझ वर्षाका कारण मैदान भिजेले आज दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको भए पनि अघि ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको जनाइएको […]

एसीसी प्रिमियर कप : आज नेपालको खेल साउदीसँग

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on एसीसी प्रिमियर कप : आज नेपालको खेल साउदीसँग.

काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरबसँग खेल्दा नेपालको नजर सेमिफाइनलमा हुनेछ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको मूलपानी मैदान (माथिल्लो) मा […]

प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता : मिक्लाजुङ सेमिफाइनलमा

Published: in खेलकुद, प्रदेश तह, लोकप्रिय, स्थानीय तह by . Leave a Comment on प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता : मिक्लाजुङ सेमिफाइनलमा.

बिर्तामोड । झापाको बिर्तामोडमा जारी प्रथम प्रदेशस्तरीय महिला गोल्डकप फुटबल प्रतियोगिता अन्तरगत आज सम्पन्न खेलबाट मोरङको मिक्लाजुङ गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड–१० स्थित महेन्द्रज्योति माविको खेल मैदानमा भएको खेलमा महमाई एकता क्लब इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मोरङको मिक्लाजुङ गापाको टिम सेमिफाइनलमा प्रवेश गरेको हो । बिर्तामोड–१० स्थित सैनिकमोडको ‘अल इन वान’ […]

यूएईले सिंगापुरलाई २०१ रनले हरायो

Published: in खेलकुद, मिडियाबाट साभार by . Leave a Comment on यूएईले सिंगापुरलाई २०१ रनले हरायो.

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स (युएई)ले सिङ्गापुरलाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई दुई सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो। यस जितसँगै युएईले चार अङ्क जोडेको छ। युएईले दिएको चार सय ७२ रनको विजयी […]

झापामा दोस्रोपटक बडी बिल्डिङ च्याम्पियनसिप गरिँदै

Published: in खेलकुद, प्रदेश तह, मुख्य समाचार, लोकप्रिय, स्वास्थ्य by . Leave a Comment on झापामा दोस्रोपटक बडी बिल्डिङ च्याम्पियनसिप गरिँदै.

बिर्तामोड। झापाको बिर्तामोडमा यही जेठ १२ र १३ गते कोशी प्रदेशस्तरीय दोस्रो बडी बिल्डिङ च्याम्पियनसिप गरिने भएको छ । अघिल्लो वर्षको सफलताबाट उत्साहित मि. कन्चनजंघा बडी बिल्डिङ च्याम्पियनसिपले दोस्रो संस्करण गर्न लागेको शनिबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ। कोशी प्रदेशमा स्थायी बसोबास रहेका खेलाडीहरु प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था छ। योसँगै विभिन्न टाइटल विजयीहरुले पनि […]

ओमानमाथि नेपालको फराकिलो जित

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on ओमानमाथि नेपालको फराकिलो जित.

काठमाडौँ । नेपालले एसीसी मेन्स प्रिमियर कपमा शुक्रबार ओमानलाई ८४ रनले पराजित गरेको छ । प्रतियोगितामा यो नेपालको लगातार दोस्रो जित हो । यो नेपालको ५०औं ऐतिहासिक वान डे पनि रह्यो । यससँगै नेपाल प्रतियोगिताको समूह ‘ए’ मा दुई खेलबाट चार अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ । जितका लागि ३११ रनको लक्ष्य पाएको ओमानले […]

ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य

Published: in खेलकुद, मिडियाबाट साभार, मुख्य समाचार, लोकप्रिय, विश्व समाचार by . Leave a Comment on ओमानलाई नेपालले दियो ३११ रनको लक्ष्य.

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए । दुवै टोलीले आफ्नो पहिलो खेल जितेका […]