बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा एक सातादेखि सञ्चालित छात्र तथा छात्राहरुको कक्षागत छुट्टाछुट्टै भलिबल प्रतियोगिता अन्तरगत आज छात्रातर्फको फाइनल खेल गराइएको छ । कक्षा ११ र १२ मानविकी, व्यवस्थापन, शिक्षा संकाय एवम् स्नातक तहका तीनवटै संकायका छात्राहरुको अलग अलग टिमबीच सम्पन्न प्रतियोगितामा कक्षा १२ ले उपाधि उचालेको छ । आजको फाइनल खेल कक्षा ११ को […]
काठमाडौं । तेस्रो नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल आजदेखि सुरु हुँदैछ । आयोजक सुदूरपश्चिम एघार स्पोर्टस् क्बल धनगढीले आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम एघारले मेची नेत्रलय काँकडभिट्टा फुटबल ट्रेनिङ एसोसिएसनसँग प्रतिस्पर्धा गर्न लागेको हो । प्रतियोगिता धनगढी रंगशालामा हुँदैछ । दोस्रो खेलमा पुस २५ गते मोरङ एघारलेे नेपाल पुलिस क्लबसँग […]
बाहुनडाँगी । प्रथम बौद्धमोड नकआउट फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । मेचीनगर– २ स्थित मेची जनसाधारण माविको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गर्ने भएका छन् । सो प्रतियोगितामा इलामको एउटा क्लवसहित झापाका ८ वटा क्लवले भाग लिने आयोजक बौद्धमोड खेलकुद समितिका संयोजक कृष्णप्रसाद रिजालले बताए ।आयोजक समितिका सचिव पूर्णबहादुर खड्काका […]
शनिबारदेखि यूएईमा सुरु भएको महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् । आज समूह ए का एक खेल र समूह बी का दुई खेल हुनेछन् । नेपाली समयअनुसार अपराह्न पौने ५ बजेदेखि सुरु हुने पहिलो खेलमा समूह बीमा रहेको साविक विजेता अष्ट्रेलियाले जोेर्डनसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल हज्जा बिन […]
नेपालका १६ औं विभुती महागुरु फाल्गुनन्द लिङदेनको स्मृतिमा आयोजना हुँदै आएको फाल्गुनन्द गोल्डकपको १० औं संस्करण आज शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ झापा र कर्णसिंह सोनाम स्मृति क्लव ताप्लेजुङबीच प्रतिस्पर्धा हुँदैछ । फिदिम मावी फिदिमको खेल मैदानमा शुरु हुने प्रतियोगिताको व्यवस्थापकीय सहित खेल मैदानमा संरचना निर्माण गर्ने काम सबै पुरा भएको आयोजक […]
काठमाडौं । धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको खेलाडी खरिद बिक्री अक्सन आज हुँदैछ । अक्सनका लागि २ सय ५ खेलाडीले नाम दर्ता गराएका छन् । खेलाडीले न्यूनतम ३० हजारदेखि २ लाख ५० हजारसम्म मूल्य राखेर नाम दर्ता गराएका छन् । जस अनुसार टिमले खेलाडी किन्नेछन् । ६ टिम सहभागी हुने डीपीएलमा हरेक टिमले एक ट्यालेन्ट […]
भद्रपुर । विभिन्न विधाका राष्ट्रियस्तरका खेलाडी उत्पादनमा झापाको सदरमुकाम भद्रपुरको योगदान उल्लेख्य रहेको छ । फुटबल, क्रिकेट, एथलेटिक्स, कबड्डी, मार्सलआर्टजस्ता जिल्ला, क्षेत्र तथा राष्ट्रियस्तरका खेलकुद प्रतियोगितामा भद्रपुरका थुप्रै खेलाडीले सहभागिता जनाउँदै उत्कृष्टता हासिल गरिसकेका छन् । अहिलेको युवापुस्तामाझ क्रिकेट खेल निकै लोकप्रिय खेल बनेको छ । युवावर्ग क्रिकेट प्रतियोगिता हेर्न मात्र होइन आफैं खेल्न पनि […]
काठमाडौं । नेपालले आगामी महिना संयुक्त अरब इमिरेट्स युएई सँग खेल्ने तीनवटा वान डे र तीनैवटा टी–२० क्रिकेट खेलका लागि २० सदस्यीय प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ । प्रारम्भिक टोलीमा केही नयाँ खेलाडीलाई मौका दिइएको छ । पछिल्ला फ्रेन्चाइज लिगमा राम्रो प्रदर्शन गरिरहेका युवा खेलाडी भीम सार्की, सन्दिप जोरा र पवन सर्राफ प्रारम्भिक छनोटमा […]
मेचीनगर । एनएमसी झापा जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगिताको मेन्स डबलतर्फको उपाधि विर्तामोड ब्याडमिन्टन क्लबका विवेक कन्दङ्वा र नविन सिलवालको जोडीले जितेका छन् । मेची ब्याडमिन्टन क्लबको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि झापा मुख्यः प्रायोजक रहेको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा राष्ट्रिय खेलाडी प्रनिससिहं ठकुरी र दीपक घिमिरेको जोडीलाई कन्दङ्वा र सिलवालको जोडीले २१—१८, […]
दूधे ।झापाको शिवसताक्षीमा आयोजित अन्तर विद्यालय रनिङ सिल्ड प्रतियोगितामा माध्यमिक तहतर्फ श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय प्रथम भएको छ । त्यसैगरी बालनिकुञ्ज माध्यमिक विद्यालय दोस्रो स्थान हात पारेकोे हो । त्यसैगरी आधारभूत तहतर्फ भगवती मा.वि प्रथम र रेडरोज मा.वि.ले द्वितीय स्थान हासिल गरेको छ । रनिङ सिल्डको प्राथमिक तहतर्फ सूर्योदय आधारभूत विद्यालयले प्रथम स्थान […]