Sajhamanch Archive

खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सांसद मैनालीको आग्रह

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on खेलकुदको क्षेत्रमा लगानी बढाउन प्रदेश सांसद मैनालीको आग्रह.

मेचीनगर । एक नम्बर प्रदेशसभाका सदस्य श्रीप्रसाद मैनालीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा राज्यले जसरी लगानी गरेको छ सोही अनुपातमा अब खेलकुदमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याएका छन् । युवा तथा खेलकुद मन्त्रालयले बुधबार काँकरभिट्मा आयोजना गरेको १ नम्बर प्रदेश स्तरीय अन्तर्राष्ट्रिय पदक प्राप्त फुटबल खेलका जुनियर खेलाडीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मैनालीले उक्त कुरा बताएका हुन् । […]

जितको लक्ष्यसहित मैदान उत्रिँदै नेपाल

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on जितको लक्ष्यसहित मैदान उत्रिँदै नेपाल.

काठमाडौं । ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली राष्ट्रिय महिला फुटबल टोली बंगलादेशविरुद्ध मैदान उत्रिँदैछ । समूह सी अन्तर्गत यसअघि म्यानमार र भारतलाई बराबरीमा रोकेको नेपाल समूहको अन्तिम खेलमा बंगलादेशबिरुद्ध मैदान उत्रिन लागेको हो । थुवुना रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । दोस्रो चरण नजिक रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै […]

क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण खेलाडी घाइते

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on क्रिकेटमा पराजित भएको आक्रोशमा विजेता टोलीमाथि आक्रमण खेलाडी घाइते.

धनुषा । दिपावली तथा छट पर्वको अवसरमा बर्दिवासमा आयोजना गरिएको क्रिकेट खेलमा पराजित भएको आक्रोशमा विजेता टिममाथि आक्रमण भएको छ । आक्रमणमा परि विजेत टिमका सातजना घाइते भएका छन् । घाइते हुनेहरुमा धनुषाको बटेश्वर गाउँपालिका १ चित्रपुरका जनकल्याण युवा क्लबका खेलाडी २९ वर्षका चन्दन महतो, वर्ष २० का जयप्रकाश महतो, वर्ष २४ का राजेश महतो, वर्ष […]

मेसीको पेनाल्टीले पनि बचाएन बार्सालाई, रियल बेटिससँग पराजित

Published: in खेलकुद by . Leave a Comment on मेसीको पेनाल्टीले पनि बचाएन बार्सालाई, रियल बेटिससँग पराजित.

स्पेनिस लालिगा फुटबलमा बार्सिलोनाको उतरचढावपूर्ण प्रदर्शन जारी छ। आइतबार बार्सिलोना लिगमा तुलनात्मक रुपमा कमजोर मानिएको रियल बेटिसविरुद्ध अप्रत्यासित पराजय ब्यहोर्न बाध्य भयो। चोटका कारण तीन साता मैदानबाहिर रहेका कप्तान लिओनेल मेसीले राम्रो पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग घरेलु दर्शक सामु ४–३ ले पराजित भयो। पाहुना टोली बेटिसले पहिलो हाफमै बार्सिलानाविरुद्ध निरन्तर आक्रमण गर्दा दुई […]

लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित

Published: in खेलकुद by . Leave a Comment on लिग लिडर बोरुसिया डर्टमन्डको रोमाञ्चक जित.

काठमाडौं । बुन्डेस लिगा फुटबलमा लिग लिडर बोरुसिया डर्टमन्डले बायर्न म्युनिखलाई ३–२ गोलअन्तरले पराजित गरेको छ । डर्टमन्डको आफ्नै घरेलु मैदानमा भएको खेलमा बायर्न २ पटक अग्रता लिएर पनि पराजित हुन पुगेको हो । शनिबार राति भएको खेलमा डर्टमन्डको जितमा मार्को रेउसले २ गोल गर्दा पाको अल्कासरले १ गोल गरे । यता, बायर्नका लागि रोर्बेट […]

एभर्टनलाई प्रतिबन्धसहित जरिवाना

Published: (Updated: ) in खेलकुद by . Leave a Comment on एभर्टनलाई प्रतिबन्धसहित जरिवाना.

काठमाडौं । इंग्लिस फुटबल क्लब एभर्टनले आगामी दुई वर्षसम्म क्लबको एकेडेमीका लागि नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने भएको छ । प्रिमियर लिगले खेलाडी अनुबन्धको नियम उल्लंघन गरेको भन्दै एभर्टनलाई २ बर्षको प्रतिबन्ध लगाएको हो । प्रतिबन्धसँगै एभर्टनले आफ्नो एकेडमीका लागि १० देखि १८ बर्षका खेलाडी २ बर्षसम्म किनबेच गर्न पाउने छैन । यस्तै एभर्टनलाई ५ […]

प्रथम संस्करणको पीपीएल उपाधि पोखरालाई

Published: in खेलकुद, मुख्य समाचार by . Leave a Comment on प्रथम संस्करणको पीपीएल उपाधि पोखरालाई.

पोखरा । पोखरामा चलिरहेको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । आज दिउँसो भएको फाइनल खेलको अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १६१ रनको लक्ष्य पोखराले १९ दशमलव २ ओभरमा ७ विकेटको क्षतिमा भेट्टाएको थियो । पोखराका […]

पीपीएल फाइनल : चितवनले दियाे पाेखरालाई १६१ रनकाे लक्ष्य

Published: in खेलकुद by . Leave a Comment on पीपीएल फाइनल : चितवनले दियाे पाेखरालाई १६१ रनकाे लक्ष्य.

पोखरा प्रिमियर लिगको फाइनलमा पोखरा पल्टनले चितवन राइनोजबाट एक सय ६१ रनको लक्ष्य पाएको छ । दर्शकले खचाखच भएको फाइनलमा पोखराले टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६० रन बनायो । चितवनले नौ रनमा पहिलो विकेट गुमायो । हरिशंकर शाह आठ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका […]

एएफसीबाट नेपालले १२ लाख डलर पाउने

Published: in खेलकुद by . Leave a Comment on एएफसीबाट नेपालले १२ लाख डलर पाउने.

काठमाडौं  । नेपाललाई एसियाली फुटबल महासंघ (एएफसी) ले सन् २०१९÷२० का लागि १२ लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरस्थित एएफसी मुख्यालयमा अघिल्लो साता सम्पन्न एएफसीको २८औं कंग्रेसले आफ्नो मातहतमा रहेका अन्य सदस्य राष्ट्रलाई प्रदान गर्दै आएको सहयोगमा समेत भारी वृद्धि गरेको हो । यसअघि एएफसीले आफ्ना सदस्य राष्ट्रको फुटबल विकासका लागि वार्षिक […]

तेस्रो पटक पारस र शरद फाइनलमा प्रतिस्पर्धा गर्दै 

Published: in खेलकुद by . Leave a Comment on तेस्रो पटक पारस र शरद फाइनलमा प्रतिस्पर्धा गर्दै .

पोखरा । चितवन राइनोजका कप्तान पारस खड्काले पोखरा प्रिमियर लिग(पीपीएल) को फाइनल रोमाञ्चक हुने विश्वास लिएका छन् ।  प्रतियोगिताका दुई राम्रा टोलीले फाइनलमा स्थान बनाएकाले मंगलबार पोखरा रंगशालामा हुने फाइनल रोमाञ्चक हुने पारसको विश्वास छ । “पीपीएलका दुुई राम्रो टिम फाइनलमा पुुगेका छन् । पहिलो संस्करणको फाइनल खेल हेर्न दर्शकहरु मैदानसम्म आउने विश्वास लिएका छौं,” […]