काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्वर्टो एनेसले ३ नयाँ खेलाडीलाई समेट्दै दक्षिण एसियाली फुटबल फेडेरेसन साफ च्याम्पियनसिपको आसन्न १४औं संस्करणका लागि २३ सदस्यीय नेपाल टिमको घोषणा गरेका छन् । प्रतियोगिता सुरु हुनु २ साताअघि घोषणा गरिएको टिममा डिफेण्डरहरु विमल पाण्डे र सीमान्ता थापा तथा मिडफिल्डर लाकेन लिम्बु नयाँ अनुहार हुन् । […]
काठमाडौं। नेपालले एसीसी वुमन्स टी-२० इमर्जिङ टिम्स एसिया कप खेल्न पाउने भएको छ । थाइल्याण्ड उक्त प्रतियोगितामा सहभागी हुन नपाउँदा नेपालले यो अवसर पाएको हो । जुन १२ अर्थात जेठ २९ गतेबाट सुरु हुने प्रतियोगिताका लागि निकै थोरै समय बाँकी भएको र भिसाको समस्या नभएको खण्डमा नेपालले पूर्ण सदस्यीय राष्ट्रहरुसँग खेल्ने मौका पाउनेछ। उक्त प्रतियोगितामा […]
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ए डिभिजन लिग सकिने बेलामा मुख्य प्रायोजक पाएको छ । ९ फागुनदेखि सुरु भएको लिगमा अहिले २५औं चरणको खेल चलिरहेको छ । चर्च ब्वाइज क्लब च्याम्पियन भइसकेको खेलमा अब जम्मा १० खेल मात्र बाँकी छ । लिग अन्तिम चरणमा पुगिसकेको अवस्थामा एन्फाको आपतकालीन बैठकले मुख्य प्रयोजकका रुपमा कतार […]
काठमाडौं । राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतालाई दीर्घकालीन असर पार्नेगरी नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै नेपाल खेलकुद महासंघसहितका २३ वटा जनवर्गीय संगठठनले आज काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । मन्त्रिपरिषद्ले संसदको मर्यादाको धज्जी उडाउँदै पुरानो नागरिकता विधेयक राष्ट्रपतिलाई पठाएर प्रमाणीकरण गराएको घटना राष्टको हितमा नरहेको भन्दै महासंघसहितका घटकले आन्दोलन चर्काएका हुन् । खेलकुद महासंघका […]
काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप फुटबल छनोटको दोस्रो चरण खेल्न म्यान्मा पुगेका नेपाली टोलीले आज साँझ घरेलु टोली म्यान्मासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र म्यान्माबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजे सुरु हुनेछ। नेपाल छनोटको समूह ‘बी’ मा रहेको छ। नेपालको समूहमा चीन, म्यान्मा र चाइनिज ताइपेइ छन्। नेपालले प्यालेस्टाइनमा भएको पहिलो चरणमा घरेलु […]
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामीछाने आज राति साढे २ बजे दक्षिण अफ्रिका उड्ने भएका छन् । सन्दीप कतार एयरवेजको विमानबाट त्यसतर्फ प्रस्थान गर्न लागेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंमा परेको मुद्दाको पेसी भएका कारण उनी यसअघि टिमका अन्य सदस्यसँग दक्षिण अफ्रिका जान पाएका […]
काठमाडौ । नेपालले निर्णायक खेलमा आइतबार रोमाञ्चक जित निकाल्दै मलेसियासँगको ट्वान्टी-२० शृंखला ३-२ ले जितेको छ। मलेसियाको बांगी सहरमा पाँचौं तथा निर्णायक खेलमा नेपालले तीन विकेटको जित निकाल्दै घरेलु टोलीविरुद्धको शृंखला आफ्नो पक्षमा पारेको हो। युएसडी युकेएम ओभलमा १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले सात विकेटको क्षतिमा चार बलअगावै लक्ष्य पूरा गर्यो। नेपालको जितमा […]
काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू-२० महिला पुटबल टिमलाई बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गरे । नेपाली टोली सोमबार म्यानमार प्रस्थान गर्दैछ । दोस्रो चरणको छनोटमा नेपाल समूह बी मा छ । यस […]
काठमाडौं । मलेसियाविरुद्धको महिला टी-२० शृखंला जित्न नेपालले ११० रनको लक्ष्य पाएको छ । शृखंलाको पाँचौ तथा निर्णायक खेलमा युकेएम-वाईएसडी ओभलमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै पाँच विकेट गुमाएर १०९ रन बनाएको हो । यसअघिको चार खेलमा नेपाल र मलेसियाले २-२ खेल जितेकोले आजको खेल जित्ने टिमले शृखंला जित्नेछ । मलेसियाको लागि ओपनर वान […]
काठमाडौँ । चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले आज एक कार्यक्रमबीच उद्घाटन गरे। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालय स्थापना पछि तयारीले थप तीव्रता पाउने बताउदै सम्बन्धित सबैले नेपालको […]